Headlines News :
Home » » देउसी भैलो खेल्दै नेपाली कलाकार…(भिडियो)

देउसी भैलो खेल्दै नेपाली कलाकार…(भिडियो)

Written By Unknown on Sunday, November 11, 2012 | 1:43 AM


वीपी वाग्लेको ‘मधुर बचन’ नामक एल्बम बजारमा आएको छ । ७ वटा गीत समावेशे यो एल्बममा चिरञ्जिबी शर्मा, जनपि्रय खना, डाक्टर भोला रिजाल, बीपी वाग्ले, स्वर्गीय चन्द्र नारायण भट्ट र रेशम विरहीको शब्द समावेश छ ।
यसैबिच नेपालीहरुको महान चाड शुभ दिपावली पर्वको अवसर पारेर एल्बममा समावेश ‘आज तिहारको’ बोलको गीतको भिडियो तयार पारिएको छ । यो गीतलाई अनलाइनखबर मार्फत पि्रमियर गरिएको छ ।
चेतन चुडालको संगीतमा रेशम विरहीले कोरेको यो गीतमा गायक वीपी वाग्लेलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन्। भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा रविन्द्र खड्काको सम्पादन, अमृत सुनवारको छ । भिडियोमा नेपाली सिनेमाका नायक तथा नायिकाले अभिनय गरेका छन् ।
नायिका अनु शाह, रिमा विश्वकर्मा, मोडल शिल्पा पोखरेल, नायक यश राज, मोडल रञ्जन रिजाल लगायतले अभिनय गरेको यो भिडियोलाई रेष्क्यू क्रियशनको व्यानरमा तयार पारिएको हो ।

तिहारको माहोललाई मुख्य आधार बनाएर तयार पारिएको भिडियो यस्तो छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved