Headlines News :
Home » » मैले कम्मरमाथिको पहिरनमात्र खोलें–सुष्मा कार्की

मैले कम्मरमाथिको पहिरनमात्र खोलें–सुष्मा कार्की

Written By Unknown on Thursday, November 1, 2012 | 3:01 AM

नायिका सुष्मा कार्की अहिलेको सबैभन्दा हटेस्ट नायिका हुन् । जताततै उनकै उनकै चर्चापरिचर्चा मात्रै चल्छ । त्यसमा झन् सञ्चार क्षेत्रमा त उनको एकछत्र राज छ भन्दा फरक नपर्ला । उनी कहिले बेड सिनको विषयलाई लिएर चर्चामा हाउँछिन् त कहिले किस काण्डमा ।
सुष्मालाई सबैले सेक्सी आइटम गर्ल भन्छन् नि, किन ?
आइटम गर्ल भने पनि नायिका भने पनि म कलाकार हुँ। कलाकार भएपछि केही कामुक हाउभाउ देखाउनै पर्छ। नाच्दा र अभिनय गर्दा म जुन अदा देखाउँछु, सायद त्यसैलाई सेक्सी भनिएको होला।
मेरो जीवन साथी’ र बिन्दास’ मा त तात्तातो बेड सिन दिनुभएको चर्चा छ नि ?
कलाकार भएपछि हरेक प्रकारको भूमिका निर्वाह गर्नैपर्छ। मेरो जीवन साथीमा राजेश हमालसँगको बेडसिन र बिन्दासु मा सुसन कार्कीसँगको बेडसिन विशुद्ध कलाकारका रूपमा गरिएको अभिनय मात्र हो।
बिन्दासमा प्ले गर्लको भूमिकामा हुनुहुन्छ रे, त्यसैले बेड सिनका लागि तयार हुनुभएको हो ?
मैले भनेँ नि, म एउटी कलाकार मात्र हुँ। निर्देशकले दिएको दृश्यमा अभिनय गर्नु हाम्रो पेसागत धर्म हो। अहिले बजारमा चलेको बेड सिनलाई म सामान्य नै मान्छु, निर्माताहरूले त मलाई त्योभन्दा बढी गर्न भनेका थिए, तर मैले मानिनँ।
त्योभन्दा बढी भनेको कति ?
शरीरका सबै लुगा फुकालेर नायकको शरीरमाथि बसेर यौनसम्पर्क गरिरहेको भाव आउने दृश्य गर्न भनिएको थियो, तर मैले कम्मरमाथिको पहिरनमात्र खोलें, पूरै नांगिन मानिन। किस सिन त गर्दै गरिनँ, तर बेडसिन नै भनेपछि यौनसम्पर्क गरेको भाव त आउनुपर्यो नि, हैन र !
सुष्माको विचारमा चिन्दै नचिनेको मानिससँग त्यस्तो सम्बन्ध हुन्छ कि हुँदैन ?
सेक्स भनेको प्रेमको अन्तिम चरण हो। कसैलाई मन पराएपछि मात्र सेक्स गरिन्छ। चिन्दै नचिनेको मानिससँग त्यस्तो सम्बन्ध सम्भव होला जस्तो लाग्दैन ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved