Headlines News :
Home » » भोजपुरी नायिकासँग मस्त आयुष

भोजपुरी नायिकासँग मस्त आयुष

Written By Unknown on Tuesday, November 6, 2012 | 12:04 AM


लगातार फ्लब सिनेमा दिएपछि नायक आयुष रिजालको नेपाली चलचित्र करिअर धरापमा परेको छ । रेखा फिल्मस्को व्यानरमा तयार भएको चलचित्र ‘हिफाजत’ पछि उनले अभिनय गरेका अधिकांश सिनेमा असफल छन् ।
नेपाली चलचित्रमा जम्न नसकेपछि आयुषले भोजपुरी सिनेमा तर्फ आफ्नो पाइला लम्काएका छन् । आयुष हाल ‘चण्डि’ नामक भोजपुरी सिनेमामा अभिनय गर्नमा व्यस्त छन् । भोजपुरी सिनेमा खेल्न थालेपछि आयुष नेपाली चलचित्रकर्मी र संचारमाध्यमको सम्वन्धबाट टाढिएका छन् । मोबाइल बन्द गरेर एकाएक नेपाली चलचित्रकर्मीसँग टाढिएपछि आयुषको क्रियाकलापप्रति धेरैले आपत्ति समेत जनाएका छन् । आयुषले अभिनय गरेका केही नेपाली सिनेमाका निर्माताहरु उनको व्यबहारबाट आक्रोशित छन् ।
सिनेमा छानेर भन्दा पनि पैसाका लागि खेल्न थालेपछि आयुष नेपाली दर्शकको रोजाइमा पर्न सकेका थिएनन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘लभ इज लाइफ’ सुपरफ्लब भएको थियो । निर्माता रोज राणाले आफ्नो सिनेमामा आयुषलाई वहिष्कार नै गरेको घोषणा गरेका थिए ।
नेपाली सिनेमाबाट हातमा लाग्यो शुन्य भएपछि आयुषले भोजपुरी सिनेमाको गन्तव्य तय गरेका हुन् । भोजपुरी चलचित्रमा द्धन्द बिक्ने भएकाले पनि आयुष जम्ने धेरैको विश्लेषण छ । नायक विराज भट्टले पनि नेपाली सिनेमा छोडेर भोजपुरीमा अभिनय गर्न थालेका थिए । भोजपुरी सिनेमामा विराजको माग अहिले निक्कै छ । आयुषले पनि विराजको बाटोलाई पछ्याएका छन् ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved