Headlines News :
Home » » भोलीसम्म सहमति जुटाउन प्रचण्डलार्इ राष्ट्रपतिको आग्रह

भोलीसम्म सहमति जुटाउन प्रचण्डलार्इ राष्ट्रपतिको आग्रह

Written By Unknown on Thursday, November 8, 2012 | 11:12 PM


२४ कात्तिक, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादबले भोलीसम्ममा राजनीतिक सहमति जुटाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ ।
आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले प्रचण्डलाई प्रतिपक्षि १९ दलले सहमति कायम नभएसम्म बजेट अध्यादेश जारी नगर्न गरेको लिखित पत्रका बारेमा पनि जानकारी गराउनुभएको थियो ।
बिना सहमति राजनीतिक निकास नसिक्ने भन्दै राष्ट्रपतिले गम्भिर भएर निकास निकाल्न आग्रह गर्नुभएको राष्ट्रपति निकट स्रोतले जनाएको छ ।
राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिले ठूलो दलको हैसियतले आफुलाई सहमतिका लागि अधिकतम पहल गर्न आग्रह गरेको जानकारी दिनुभयो । प्रचण्डले भन्नुभयो-’सहमति कायम गर्न राष्ट्रपतिले आग्रह गर्नुभयो, भोली सम्ममा निकास निस्कने गरी छलफल थाल्नुहोस भन्नुभएको छ । म त्यही अनुसार चल्ने छु ।’
साथै सहमति बिना बजेट नआउने भएकाले गम्भिर बन्न उहाँले आग्रह गरेको पनि प्रचण्डले जानकारी दिनुभयो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved