Headlines News :
Home » » शशी खड्काको सेक्स सिनले १६ वर्ष मुनिका बालबालिका बेहोस हुने खतरा (भिडियो हेर्नुहोस्)

शशी खड्काको सेक्स सिनले १६ वर्ष मुनिका बालबालिका बेहोस हुने खतरा (भिडियो हेर्नुहोस्)

Written By yam gurung on Tuesday, November 6, 2012 | 8:17 AM


मंसिर ८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘चन्द्रावती’ १६ बर्ष भन्दा मुनिका बालबालीकाले हेर्न नपाउने भएका छन् । चलचित्रमा समावेश सेक्स र अन्य विभिन्न डरलाग्दा दृश्यका कारणे चलचित्रलाइ सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । नेपालमा एडल्ट सर्टिफिकेट पाएका सिनेमा हेर्न बालबालीका नै वढि हलसम्म पुग्ने गरेका छन् । तर चलचित्र ‘चन्द्रावती’ का निर्देशक राजु गिरीले सिनेमा हेर्न पुगेका बालबालीका बेहोस भएमा यसको जिम्मेवारी हलवालाले नै लिनुपर्ने बताएका छन् ।
उनले सिनेमाको बिषयबस्तु र केही दृश्यले बालबालीकालाइ बेहोस बनाउन सक्ने दाबी समेत गरे । ऐतिहासिक बिषयबस्तुलाइ मुख्य आधार बनाएर तयार पारिएको यो चलचित्रमा नायिका शशि खड्का र नायक आयुष रिजालको उत्तेजक सेक्सको दृश्य समेत समावेश गरिएको छ । नायिका खड्काले सेक्स दृश्य हटाउन भन्दै विभिन्न संघसंस्थामा उजुरी गरेपनि निर्माणपक्षले उक्त दृश्य हटाएको छैन ।
चलचित्रमा राजेश हमाल, युना उप्रेती, आयुष रिजाल, शशि खड्का, कुशल थापा लगायतका कलाकारको अभिनय छ । गोसाइकुण्ठ फिल्मस्को व्यानरमा तयार भएको यो चलचित्रलाइ संजय बुलुनले निर्माण गरेका हुन् । चलचित्रमा आयुष रिजाल र शशि खड्कालाइ फरक प्रस्तुतीमा देखाइएको छ । निर्देशक राजु गिरीले यसअघि निर्देशन गरेको चलचित्र बिन्दासले सफल व्यापार गरेको थियो । चन्द्रावतीले आफ्नो निर्देशकीय पाटोलाइ अझ उचाइमा लैजाने विश्वास निर्देशक गिरीको छ ।(भिडियो हेर्नुहोस्)
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved