Headlines News :
Home » » ढेगनीकै गाउँमा महिलाको रहस्यमय मृत्यु

ढेगनीकै गाउँमा महिलाको रहस्यमय मृत्यु

Written By Unknown on Sunday, November 11, 2012 | 4:41 AM


चितवन, कार्तिक २६ – जिल्लाको माडी बघौडा–२ मा आज एक महिलाको रहस्यमयरुपमा मृत्यु भएको छ । आज बिहान परालको टौवामा घोप्टो परेको अवस्थामा अन्दाजी ३८ वर्षीय महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय इन्द्रकुमारी महतो रहेको बताइएको छ । उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाइएको माडीका प्रहरी निरीक्षक गोविन्दसिंह ठकुरीले बताउनुभयो । उहाँका अनुसार आज बिहान शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको छ । स्थानीयले भने हत्या गरी फालिएको आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।
उनको शरीरमा कुनै डाम नदेखिएको मुखबाट फिँज आएकाले विषादीका कारण मरेको हुनसक्ने प्रहरीले अनुमान गरे पनि पोष्टमार्टमको रिपोर्टपछि मात्रै घटनाको बारेमा यकिन हुने जनाएको छ । एक वर्षअघि बोक्सीको आरोपमा सोही गाउँकी ढेगनी महतोलाई आफ्नै परिवारले कुटीकुटी मारेका थिए । रासस
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved