Headlines News :
Home » » राष्ट्रपतिले शीर्ष नेतालाई फेरि भन्नुभयो-’चाँडो सहमति गनुस्’

राष्ट्रपतिले शीर्ष नेतालाई फेरि भन्नुभयो-’चाँडो सहमति गनुस्’

Written By Unknown on Thursday, November 1, 2012 | 11:04 PM


१७ कात्तिक, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादबले फेरि पनि प्रमुख दलका शीर्ष नेताहरुलाई चाँडै सहमति गर्न आग्रह गर्नुभएको छ ।
आज राष्ट्रपति भवन शीतल निवासमा भएको प्रमुख दलका शीर्ष नेताहरु र राष्ट्रपतिबीचको छलफलमा डा. यादबले देशले निकास चाहेको भन्दै चाँडो भन्दा चाँडो सहमति गर्न आग्रह गर्नुभएको हो । सहमति बिना मुलुक चल्न नसक्ने भएकाले गम्भिर हुन उहाँले नेताहरुको ध्यानाकर्षण समेत गराउनुभयो ।
सरकारले त्याएको एक तृतीयांश बजेटले कात्तिक महिना पनि धान्न नसक्ने अवस्था प्रति सचेत गराउँदै सहमतिबिना आएको बजेट अध्यादेश आफुलाई मान्य नहुने बताउनुभयो ।
दलका नेताहरुले भने आफुहरु गम्भिर छलफलमा जुटेको भन्दै चाँडै सहमति गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।
पछिल्लो सयम दलहरु राजनीतिक गतिरोध अन्त्य गर्न गम्भिर नभएको भन्दै पटक पटक शीतल निवास बोलाएर ध्यानाकर्षण गर्दै आउनुभएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved