Headlines News :
Home » » आखिर किन रोए ओबामा ? (भिडियोसहित)

आखिर किन रोए ओबामा ? (भिडियोसहित)

Written By Unknown on Saturday, November 10, 2012 | 1:39 AM


विश्वको महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि बाराक ओबामा आफ्ना कार्यकर्ता र समर्थक समक्ष रोएका छन् ।
चुनाव जितेपछि आफ्ना समर्थकलाई धन्यवाद दिन डेमोक्रेटिक पार्टीको मुख्यालय शिकागोमा आयोजित कार्यक्रममा ओबामा रोएका हुन् । ओबामा कार्यकर्तामाझ रोएको भिडियो उनको प्रचार दलले यूट्यूबमा राखेका छन् ।
भिडियोमा ओबामाको आँखामा आँसु छ र उहाँले आफूलाई दोस्रो कार्यकालका लागि निर्वाचित गराउन कडा मेहनत गरेका समर्तकप्रति आभार व्यक्त गर्नु भएको छ । ओबामा सर्मथकमाझ रोएपछि एक शीर्ष सल्लाहकारले भनेका छन्-’बाराब शान्त होऊ ।’ तर, पनि ओबामालाई सम्हालिन केही समय लाग्यो ।
उहाँले भन्नु भएको छ-’मलाई तपाईहरुप्रति गर्व छ ।’ दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ओबामाले अमेरिकीको सर्वश्रेष्ठ दिन आउन बाँकी रहेको बताउनु भएको छ ।
 भिडियो हेर्नुस्
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved