Headlines News :
Home » » फोनवार्ता ट्रान्सलेट गर्ने अनौठो एप्स

फोनवार्ता ट्रान्सलेट गर्ने अनौठो एप्स

Written By Unknown on Thursday, November 1, 2012 | 11:13 PM


हुन त भावना कुनै भाषामा सिमित हुँदैन तर, भाषा सम्वन्धको दुरीको कारक बनिरहेको छ भने तपाईका लागि खुसीको खबर छ । हालै सार्बजनिक भएको एप्स भाषाको अनेकताका कारण बढेको दुरी कम गर्न महत्वपूर्ण बन्न सक्छ ।
जापानको सबैभन्दा ठूलो मोबाइल नेटबर्क ‘एनटीटी डोकोमो’ले सुरु गरेको नयाँ एप्सको माध्यमबाट हाल अंग्रेजी, मैडेरिन (चाइनिज) र कोरियाली भाषाको अनुवाद हुन्छ ।
बीबीसीका अनुसार छिट्टै अन्य भाषामा पनि यो सेवा उपलब्ध हुने छ । ‘टेलिफोन ट्रान्सलेसन’ को यो प्रविधि पछिल्लो दिनमा लन्च भएको नयाँ प्रविधिको हिस्सा हो ।
यसले टेलिफोन कुराकानीका क्रममा बोलिने आबाजलाई सुनेर त्यसको अनुवाद गर्नेछ । जानकारहरुका अनुसार क्वाउड कम्प्यूटिङको प्रविधिमा आधारित यस एप्सका प्रयोग कुनै पनि एन्ड्रोएड फोनमा गर्न सकिन्छ ।
प्रविधिका जानकार र यसका प्रयोगकर्ताहरु भने अनुवाद सटिक नभएका कारण हरेक स्थानमा प्रयोग गर्न नसकिने बताउँछन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved