Headlines News :
Home » » विश्वकै एक मात्र प्याराहाईकिङ्ग (फोटो फिचर)

विश्वकै एक मात्र प्याराहाईकिङ्ग (फोटो फिचर)

Written By Unknown on Saturday, November 10, 2012 | 12:30 AM


दामोदर पराजुली
निलो आकाश, लहरै देखिने अन्नपुर्ण हिमाल, अनि आकाशबाट देखिने पोखरा उपत्यकासहित बेगनास तालको मनोरम दृश्य । सुन्दा र पढ्दाको अनुभूतिले मात्र पुग्दैन, त्यो अनुभूति गर्नका लागि उड्नै पर्ने हुन्छ । हवाईजहाजको सिसाबाट हेरेको र खुल्ला आकासबाट देखिने दृश्यको फरक अनुभूति गर्न आकासमा उड्नै पर्ने हुन्छ । आकाशमा उड्नुको मज्जा नै अर्कै हुन्छ । खुल्ला आकाशमा हावाको वेगको मापन अनुसार गति । अनि चरा र चरासँगै उड्नुको मज्जा नै कस्तो हुन्छ त्यो चरासँग उड्नेलाई मात्र थाहा हुन सक्छ । सारङकोटबाट उडिसकेपछि तालिम प्राप्त चरालाई पाईलटले बोलाउँछन् । अनि चरा आएर हातमा बस्छ र हातमा राखेको मासु खाएर पुनः जाने गर्छ । यस्तो प्रकृया निरन्तर गर्न सकिन्छ । पाईलटको आवश्यक्ता र उडान भर्नेको रुची अनुसार पनि हुने गर्छ । विशेष गरी चरासँग उड्दा उचाई लिन तथा हावाको मापन गर्न निकै सजिलो हुने गर्छ ।
 सायद थोरैलाई मात्र जानकारी हुन सक्छ की नेपालको कास्की जिल्लाको पोखरामा विश्वकै एकमात्र प्याराहाईकिङ्ग गरिन्छ भनेर । स्वदेशी भन्दा विदेशी पर्यटकका लागि प्रख्यात रहेको प्याराहाईकिङ्ग बिस्तारै नेपालीका लागि प्रख्यात बन्दै गएको छ ।नेपाल साहसिक पदयात्रा, साहसिक पर्वताहोरण मात्र नभएर विश्वमा प्याराहाईकिङले पनि प्रख्यात रहेको छ । तर नेपालमा भने यस्को त्यति प्रचार प्रसार हुन सकेको छैन ।प्यारगलाईडिङका लागि नेपलको सबैभन्दा पहिलो स्थानमा पर्छ पोखराको सराङकोट । अन्यत्र भन्दा यहाँ प्यारगलाईडिङ गर्दा एकै साथ हिमाल, ताल, शहर देख्न पाईने भएका कारण पनि प्रख्यात रहेको छ
प्यारगलाईडिङ मात्र गर्नका लागि बर्षेनी हजारौं संख्यामा नेपालीहरु समेत पोखरा आउने गर्छन् । तर प्याराहाईकिड गर्नेको सख्या भने विदेशीको तुलनामा निकै कम रहेको छ ।पोखराको सारङकोट नै सबैभन्दा उपयुक्त स्थान हो प्याराहाईकिङका लागि । यसका अलवा स्याङजाको चिरकोट, तनहुँको बन्दिपुर पनि निकै प्रख्यात रहेको छ ।नेपालको सबैभन्दा बढी आन्तरीक तथा बाह्य पर्यटकहरु पोखरामा नै प्यारागलाइकिङ गर्ने गर्छन् । पोखरामा प्यारगलाईकिङ गर्दा हिमाल, ताल र घना बस्ती एकै समयमा देख्न सकिने भएका कारण पनि यो स्थान रोजाईमा पर्न गएको हो ।
 यकिन साथ कहिलेदेखि सुरु भएको भन्ने तिथि नरहे पनि करीब १५ बर्ष अघिदेखि नेपालमा प्यारगलाईडिङ सुरु भएको हो ।सराङकोटको उचाई १ हजार ५ सय मिटर रहेको छ भने प्यारगलाईकिङ गर्दा १८५० मिटर सम्म उड्ने गरिन्छ । यो सरकारले उड्यन प्राधिकरणसँग समन्वय गरी निर्धारण गरेको उचाई हो ।सामान्यतया बर्षभरी नै प्यारगलाईकिङ गरिने भएपनि भदौदेखि पुषसम्म राम्रो हुने गर्दछ । यो समयमा हिमालको मनोरम दृश्यका साथै मौसमले पनि साथ दिने गर्छ । आधा घण्टा प्यारगलाईकिङमा उडानका लागि नेपालीलाई दश हजार रुपैया लिने गरेका छन् भने विदेशीका लागि १६ हजार पाचसय रुपैया लिने गरेका छन् पोखराका प्यारगलाईडिङ ब्यबसायीहरुले ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved