Headlines News :
Home » » सुरुङ खनेर १२ कैदी भागेपछि जेलरसहित ४४ प्रहरी निलम्बित

सुरुङ खनेर १२ कैदी भागेपछि जेलरसहित ४४ प्रहरी निलम्बित

Written By Unknown on Friday, November 9, 2012 | 8:15 AM


अमर खड्का, इटहरी, कात्तिक २४ – पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीबाट १२ जना बन्दी गएराति भागेपछि जेलर रामुप्रसाद उपाध्यायसहित ४४ जना प्रहरीलाई निलम्बन गरिएको छ। कारागारको दक्षिण-पश्चिम क्षेत्रबाट सुरुङ खनेर उनीहरु भगेका हुन् । लगभग ४० फिट लामो सुरुङ खनेर भाग्ने कैदीमा बंगलादेश, भारत र नेपालका छन् ।
बन्दीले कारागार भित्रै सन्चालनमा रहेका विभिन्न कलकारखानामा प्रयोग हुने औजारको प्रयोग गरेर सुरुङ खनेका बताइएको छ ।
यसरी सुरुङ खनेर भाग्नेहरुमा नक्कली नेपाली नागरिकता बनाएर जेलमा परेका बंगलादेशी अलि असर्फ अन्सारी छन् । उनी कारागारको आन्तरिक प्रसाशनको चौकीदार रुपमा काम गर्थे ।
यसैगरी भाग्ने कैदीहरुमा रमेश यादव (अपहरण र कर्तव्य ज्यान), विनय यादव (कर्तव्य र चोरी), बमबम भनिने दिनश यादव (कार्तव्य ज्यान), मुखिया भनिने धीरेन्द्र यादव (कर्तव्य ज्यान), सुवास यादव (मानव अपहरण), सुवास झा (हातहतियार र मानव अपहरण), सर्पराज आलम (अपहरण), रमशे सर्दा (मावन बेचबेखिन), आरोप मियाँ (डकैती), ममता मियाँ (डकैती) र जाकिर मयाँ (खरखजना) छन् ।
यो कारागारमा ६ सय १८ जना छन् । २०६६ साउन ५ गते देखि सन्चालनमा आएको यो कारागारमा दुई वर्ष अघिसम्म केही समय कैदी बीच झडप हुने गरे पनि १ वर्ष यता शान्त कारागारको रुपमा चिनिएको थियो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved