Headlines News :
Home » » यश चोपडालाई संझदै साहरुखले जन्मदिनमा कुनै कार्यक्रम नगर्ने

यश चोपडालाई संझदै साहरुखले जन्मदिनमा कुनै कार्यक्रम नगर्ने

Written By Unknown on Thursday, November 1, 2012 | 11:47 PM


वलिउड बादशाह नायक शाहरुख खानले शुक्रबार आफ्नो ४७ औं जन्मदिन मनाउदैंछन् । वलिउड सिनेमा नगरीमा २२ बर्ष बिताइसकेका साहरुख ले जन्मदिनको अवसरमा कुनै कार्यक्रम र पार्टिको आयोजना नगर्ने भएका छन् । यश चोपडासँग निक्कै नजिक भएकाले पनि साहरुखले आफ्नो जन्मदिनमा कुनै कार्यक्रम नगर्ने भएका हुन् ।
यश चोपडाको केही हप्ता अघि मुम्बइमा निधन भएको थियो । जन्मदिनको अवसरमा साहरुखलाई वधाई तथा शुभकामना दिनका लागि शुभचिन्तक तथा फ्यानहरु उनको निवास ‘मन्नत’ मा जम्मा भैरहेका छन् । शाहरुखलाइ जन्मदिनको शुभकामना दिन वलिउडका चर्चित हस्तिहरु उनको निवास पुगिरहेका छन् ।
२२ बर्ष अघि दिल्लीबाट वलिउडको हिरो बन्ने सपना बोकेर साहरुख मुम्बई छिरेका थिए । जतिवेला उनीसँग न त पैसा थियो न त कुनै नाम नै थियो । तर आज साहरुख वलिउडकै एउटा नाम बनेका छन् । जन्मदिनको अवसरमा नायक साहरुख खानलाइ हाम्रो तर्फबाट पनि शुभकामना ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved