Headlines News :
Home » » हाम्रो समलिंगी प्रेमकहानी

हाम्रो समलिंगी प्रेमकहानी

Written By Unknown on Thursday, November 1, 2012 | 2:58 AM

काभ्रेको धुमखर्कमा हो मेरो स्थायी घर । अहिले २५ वर्षकी भएँ । सानो छँदा मैले आफूमा समलिंगी यौनव्यवहार भएको कहिल्यै महसुस गरिनँ । पढाइमा कत्ति पनि रुचि थिएन । ८ कक्षा पढ्दापढ्दै पढाइ छाडेर काठमाडौं आएँ ।
दिदीहरू काठमाडौंमा बस्नुहुन्थ्यो । म उहाँहरूसित काठमाडौंको स्वयम्भूमा बस्न थालेँ । खासै काम थिएन । स्वयम्भूमै मेरो साथीको ब्युटिपार्लर थियो । दिउँसोको समय प्राय: म त्यहाँ गएर बिताउँथँे । रजनी शाही त्यही ब्युटिपार्लरमा आउने गर्थिन् । हाम्रो पहिलो भेट त्यही भएको हो । पहिलो भेटमा त हामीबीच खासै कुराकानी भएन र त्यति मतलब पनि भएन । उनी ब्युटिपार्लर नियमित आउने–जाने गर्न थालेपछि हामीबीच सामान्य मित्रता सुरु भयो । भेटघाट बाक्लिँदै गएपछि घनिष्ठता बढ्दै गयो । तर, त्यतिबेला हामी असल साथीको सम्बन्धमा मात्रै थियाँै ।
यत्तिकैमा मेरो दिदी विदेश जानुभयो । कोठामा म एक्लै भएँ । त्यसपछि रजनीकै घरमा दुईवटा कोठा खाली रहेछन् । म त्यहीँ सरेँ । रजनीले घरअगाडि टेलर र कस्मेटिक पसल चलाउन थालेकी थिइन् । म दिउँसोभरि उनकै पसलमा समय बिताउने गर्थें । दुवैजना महिला भएकाले कसैले शंका गर्ने अवस्था थिएन । त्यसमाथि रजनीको त श्रीमान् र १० वर्षकी छोरी थिइन् ।
कुराकानीका क्रममा रजनीले श्रीमान्बाट आफू कत्ति पनि खुसी नभएको कुरा खोलिन् । आफू श्रीमान्सँग अहिलेसम्म बाहिर कतै घुम्न पनि नगएको बताइन् । त्यसपछि विस्तारै हामी दुईबीच अर्कै आकर्षण बढ्न थालेको आभास भयो । हामी टेलिफोनमा पनि कुराकानी गर्न थाल्यौँ । एसएमएस चल्न थाल्यो । उनी पसल गएका बेला म गइनँ भने फोन गरेर बोलाउने गर्थिन् । एसएमएस गर्थिन् । म दौडिँदै जान्थेँ । एकदिन भेट भएन भने पनि बेचैनी बढ्न थाल्थ्यो । भेटघाट नभएका बेला हामीबीच चार घन्टासम्म फोनमा कुराकानी हुन्थ्यो । मोबाइलबाटै एकअर्काको फोटो पठाएर हेराहेर गथ्र्यौं । यो क्रम करिब डेढ वर्षसम्म चल्यो ।
त्यतिबेला हामी दुवैलाई आफूहरू सामान्य साथी मात्र नभएको महसुस भइसकेको थियो । समलिंगी व्यवहारबारे विभिन्न माध्यमबाट जानकारी लियौँ । हामी दुवैजना समलिंगी हौँ भन्ने पनि यकिन भयो । उनी मेरो कोठामा पनि आउने गर्थिन् । सुरु–सुरुमा त एकछिन बसेर जान्थिन् । पछि लामै समय बिताउन थालिन् । मलाई पनि उनी यहीँ बसिदिए हुन्थ्योजस्तो लाग्थ्यो । प्राय: दिउँसो उनी मेरो कोठामा आउँथिन् । यसै क्रममा एकदिन कोठामा कोही नभएको बेला उनी आइन् । हामी टाँसिएर बसेका थियौँ । एकाएक यौन आकर्षण बढेको महसुस भयो । कुत्कुती लागेजस्तो भयो । केही नबोलीकन उनले मलाई अँगालो हालिन् र चुम्न थालिन् । त्यसदिन हामी निकै अगाडि बढ्यौँ । उनी र मबीच सबै किसिमको शारीरिक सम्बन्ध रहन गयो ।
त्यसपछि त हामीबीच प्रत्येक दिनजसो नै शारीरिक सम्पर्क हुन थाल्यो । हामी प्राय: दिउँसै यौन क्रियाकलापमा रमाउँथ्यौँ । उनी केटा भूमिकामा हुन्थिन् भने मैले केटीको भूमिका निभाउँथेँ । यो सिलसिला करिब डेढ वर्षसम्म चल्यो । मसित सम्बन्ध गहिरिँदै जाँदा रजनी श्रीमान् र परिवारसित भने टाढिँदै आएकी थिइन् । अन्तत: श्रीमान् र परिवारले हाम्रो सम्बन्धमाथि शंका गर्न लागे । मानसिक रूपमा मलाई पनि विभिन्न धाक–धम्की तथा डर–त्रास देखाउन लागे । हामीबीच भेटघाट नहोस् भन्ने चाहन्थ्यो उनको परिवार । म पनि उनको परिवार बिग्रिएको हेर्न सक्दिनथँे । मैले उनीबाट छुट्टिने प्रयास गरँे । उनलाई पनि सम्झाएँ । उनीहरूको घरबाट डेरा सरेँ । तर, हामी एकअर्काबाट अलग्गिन सकेनौँ । उनी मेरै कोठामा आउन थालिन् । यो थाहा पाएर घरपरिवारले उनलाई घरमै बन्धक बनाएछ । तैपनि, उनले लुकिलुकी एसएमएस पठाउन लागिन् । मैले पनि रिप्लाई पठाएँ । एसएमएसमा हामीबीच निकै भावनात्मक कुराकानी हुन्थ्यो ।
परिवारका सदस्यले झन् यातना दिन थालेपछि उनले अदालतमा श्रीमान्सित डिभोर्सको मुद्दा दिइसकेकी रहिछन् । मुद्दा दर्ता हुनासाथ परिवारका सदस्यले उनलाई मैले धम्की दिएँ भनेर स्वयम्भू प्रहरीमा उजुरी हालेछन् । प्रहरीले हामी दुवैलाई प्रहरी कार्यालयमा बोलायो । हामी गयाँै । प्रहरीले हाम्रो मन्जुरीविपरीत कहिले पनि भेटघाट नगर्ने भनी लेखिएको कागजमा जबर्जस्ती हस्ताक्षर गरायो । तर, त्यो हस्ताक्षरले हामीबीचको सम्बन्धलाई रोक्न सकेन । हाम्रो भेट भइरह्यो । शारीरिक सम्बन्ध पनि चलिरह्यो ।
अदालतमा डिभोर्ससम्बन्धी मुद्दा चल्दै थियो । अदालतले उनलाई हाजिर हुन बोलायो । उनी काठमाडांै जिल्ला अदालत पुगिन् । तर, परिवार र माइती पक्षले उनलाई अपहरण शैलीमा उठाएर लगे । मानसिक सन्तुलन बिग्रिएको भन्दै उनलाई काउन्सिलिङ केन्द्र पनि लगे । झारफुक गर्नेदेखि उपत्यकाबाहिरका जिल्ला घुमाए । तर, हाम्रो सम्बन्धमा कुनै प्रभाव परेन । हामीबीच निरन्तर एसएमएस भइरहन्थ्यो ।
पछिल्लोपटक भने महिला आयोगको निर्देशनमा काउन्सिलिङ गर्ने बहानामा बेपत्ता बनाइएको छ । हामीबीच भेट नभएको झन्डै दुई महिना बितिसकेको छ । हामी सँगै बस्न चाहन्छौँ । तर, हाम्रो भावना कसैले बुझ्न सकेको छैन । यसैका लागि मैले बन्दी प्रत्यक्षीकरण गरिदिनुहुन भन्दै सर्वोच्चमा रिट हालेको हुुँ ।
म परिवारकी कान्छी छोरी हुँ  । मेरा दुई दिदी, एक दाजू र एक भाई छन् । रजनीसितको सम्वन्धका बारेमा थाहा पाएपछि परिवारले मलाई ‘रजनी र परिवारमध्ये एक रोज्न’ दवाव दियो । मैले रजनीलाई राजेँ र परिवारलाई त्यागेँ ।
(वार्तामा आधारित)

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved