Headlines News :
Home » » सिप्रिङले तिहारपछि व्यवसायिक उत्पादन गर्ने

सिप्रिङले तिहारपछि व्यवसायिक उत्पादन गर्ने

Written By Unknown on Tuesday, October 30, 2012 | 2:31 AM


१४ कात्तिक, दोलखा । सिप्रिङ खोला जलविद्युत आयोजनाले तिहारपछि व्यवसायिक उत्पादन गर्ने भएको छ । १० मेगावाट क्षमताको सो आयोजनाको दसैंअघि हेडवक्स संरचना, सुरुङ र पेनस्टक पाइपमा पानी हालेर परीक्षण गरिसकेको छ भने केही दिनमै पावर हाउसको परीक्षण सुरु हुनेछ ।
“सिभिल संरचनामा पानी हालेर परीक्षण गर्‍यौं” आयोजना प्रमुख प्रहृलाद चौधरीले भने “हाम्रो परीक्षण सफल भयो ।” आयोजनाको परीक्षण सफल भएर विद्युत संकल व्यहोरेको देशमा १० मेगावाट थप्न पाउँदा हामी खुशी भएको चौधरीले बताए । अब विद्युत गृहको मेसिन परीक्षण गर्ने छौं । पावसर हाउस परीक्षणको तयारी पूरा भएको उनले बताए ।
सिप्रिङ खोलाबाट उत्पादन भएको विद्युत माथिल्लो तामाकोसी आयोजनामा प्रयोग हुने छ । सिप्रिङको विद्युत माथिल्लो तामाकोसीमा आवश्यक ऊर्जाका लागि खपत गर्ने गरी प्रयोग गर्न लागेको हो । सिपि्रङ खोला आयोजना सकिए तापनि सिंगटीमा नेपाल विद्युत प्राधिकरणले सब स्टेशन पूरा नहुँदा सिप्रिङ विद्युत माथिल्लो तामाकोसी लाने सम्झौता गरेको हो । सिप्रिङको विद्युत माथिल्लो तामाकोसीमा पनि पूरै प्रयोग हुन सक्दैन । माथिल्लो माथिल्लो तामाकोसीमा अधिकतम् ७ मेगावाट विद्युत आवश्यक पर्छ ।
सिप्रिङको विद्युत खपत गर्ने विषयमा नेपाल विद्युत प्राधिकरण र सिप्रिङको प्रबर्द्धक सिनर्जी हाइड्रोपावर कम्पनी बीच सम्झौता भएको छ । सम्झौता अनुसार सिप्रिङको विद्युत लामाबगर स्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजना र मकैबारी स्थित नेपाल विद्युत प्राधिकरणको सब स्टेशनमा जोड्ने छ ।
आयोजना दोलखाको गौरीशंकर र खारे गाविस बीचमा पर्ने सिपि्रङ खोलामा पर्छ । १० मेगावाटको सो आयोजनाको १ हजार ४ सय ५० मिटर लामो सुरुङ र ६ सय ६५ मिटर पेनस्टक पाइप रहेको छ । कन्सल्टेन्टको रुपमा काम गर्दा पेनस्टक पाइपको डिजाइन पनि चौधरी आफैंले गरेका थिए ।
खोलाको वहावमा आधारित सो आयोजनाको असारदेखि कार्तिकसम्म १० मेगावाट र सुख्खायाममा ३ मेगावाट मात्र विद्युत उत्पादन हुने प्राविधिकहरुको भनाई छ । विद्युत गृहमा दुई वटा टर्वाइन रहने छन् । आयोजनाले सिप्रिङ खोलादेखि सिंगटी स्थित नेपाल विद्युत प्राधिकरणको सव स्टेशनसम्म १२ किलोमिटर ३२ केभी प्रसारण लाइनको काम समेत पूरा भएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved