Headlines News :

Latest Post

रसिलो चुम्बनमा पुरुषहरुभन्दा महिलाहरु नै अगाडी

Written By Unknown on Sunday, November 11, 2012 | 5:20 AM

चुम्बन, यसको परिचयमा भनिए जस्तो मौखिक रुपमा सूचना संकलन गर्ने एक मध्यम पनि हो । यसरी मौखिक रुपमा सूचना संकलन गर्ने कार्यमा पुरुषहरु भन्दा महिलाहरुनै अगाडी हुने कुरा अनुसन्धानहरुले पुष्टि गरेका छन् । तेसैले, चुम्बनलाई महिलाहरूले पुरुषहरुले भन्दा बढी महत्व दिन्छन । धेरै जसो पुरुषहरुले चुम्बनलाई सेक्सको शुरुवात (फोर प्ले) को रुपमा मात्र लिने गरेको पाइएको छ भने महिलाहरुले भने किसलाई पुरुषको जांच गर्ने मध्यमको रुपमा लिने गर्दछन । यो कुरालाई ठिक भए नभएको जांच गर्न गरिएको सर्भेक्षणमा ६६ प्रतिशत महिलाले पहिलो किस खराब भएको कारण केटा परिवर्तन गरेको बताए । पहिलो किस खराब हुनुका कारण सम्बन्धलाइ निरन्तरता नदिने पुरुष पनि अतिनै कम चाहिँ छैनन त्यसरी सम्बन्ध तोड्ने पुरुष महिला भन्दा ७ प्रतिशत मात्र कम, ५९ प्रतिशत रहेछन । महिला बिचारधाराबाट चुम्बनको परिचय

 सामान्यतया प्रेममा परिसके पछि कसैको नजिक बसिरहन मन लाग्ने, उसकै आँखामा डुब्न मन लाग्ने, उसलाई छुन अनि चुम्न मन लाग्ने हुन्छ रे आफुलाई असाध्यै मन परेको मान्छेलाई पाउने चाहना जो कोहीमा पनि हुन्छ अनि उसलाई पाइसके पछी जिन्दगीभर खुशी बनाइराख्ने अठोट पनि पनि गर्न मन लाग्छ । किनकि उसको मुहारमा झल्कने खुशीले नै आफुमा पनि खुसीको संचार भएको महसुश हुन पुग्छ । यसरी प्रेममा पर्दा प्रेमलाई ब्यक्त गर्ने शैली भने केटा र केटी दुवैमा भिन्न भिन्न हुने गर्छ । केटीहरु स्वभाभैले लजालु हुने भएकोले प्रेमको हरेक भूमिका पनि प्रेमीबाट नै पहल होस् भन्ने चाहन्छन । उनीहरु आफ्नो मनको कुरा सहजै ब्यक्त गर्न पनि सक्दैनन् तर पनि मन मनै यस्तो वा त्यस्तो भैदिए भन्ने कल्पनामा भने डुब्ने गर्छन । यो नियम स्वभाभिक रुपमा चुम्बन क्रियामा पनि लागु हुन्छ । चुम्बन भन्ने बित्तिकै हाम्रो आमधारणामा दुइ ओठ अनि जिब्रोको संयोजन हुनुलाई बुझिन्छ ।

 तर केटीहरु विभिन्न मानवीय भावसंगै आफ्नो प्रेमी र आफु बीच विभिन्न चरणका चुबन क्रियाहरु अगाडी बढाइएको मन पराउछन । केटीहरुको लागि आफ्नो पहिलो चुम्बन प्रतिको खुल्दुली पनि उत्तिकै मात्रामा रहेको हुन्छ । पहिलो चुम्बनलाई केटीहरु आफ्नो जीवनकै अविस्मरनिय र बिशेष होस् भन्ने कल्पना समेत गर्छन । अधिकतर केटीहरु आफ्नो प्रेमीबाट गरिने चुम्बनमा माया र आत्मियताका साथै सम्मान पनि मिसिएको होस् भन्ने चाहन्छन । उनीहरुलाइ निधारमा, हातमा , गालामा गरिएको चुम्बनमा त्यो सम्मानको आभास हुने गर्छ । पहिलो भेटमा नै ओठमा चुम्बन गर्न खोज्ने केटाहरु उनीहरुलाई जंगली लाग्छन । यधपी समय क्रम संगै बिस्तारै ओठमा ओठ स्पर्श गराई गरिने चुम्बन पनि उनीहरुलाई प्रिय लाग्दै जान्छ । बास्तबमा चुम्बन माया ब्यक्त गर्ने र फोरप्ले दुइ प्रयोजनको लागि प्रयोग गरिन्छ । अवस्था अनुसार आफुले कस्तो खालको चुम्बन गर्दा आफ्नो प्रेमिकालाई मन पर्छ भन्ने कुरा बिचार पुर्याई सोही अनुसार चुम्बन गर्नु नै कुनै पनि पुरुषको बुद्दिमानी हुन जान्छ । साधारण भेटघाटमा फोरप्लेमा जस्तो चुम्बन गरिदिदा पनि केटीमा नकारात्मक असर पर्न जान्छ| फोरप्ले जस्तो चुम्बन भन्नाले टंगकिसलाइ बुझ्नु पर्छ ।

 म तिमीलाई किस गरौ भनेर सोधेको केटीहरुलाई झन् पटक्कै मन पर्दैन किनकि यो प्रश्नको जवाफ उनीहरुले सहज रुपमा दिन सक्दैनन् । उनीहरुलाई स्विकारौ कि नकारौ भन्ने अफ्टेरो पर्नजान्छ । त्यसैले केटाले नै अवस्था बुझेर आकस्मिक रुपमा चुम्बन गरिदिदा उनीहरुमा आउने स्वाभाविक आश्चर्य अनि त्यस पश्चातको खुसीले उनिहरु त्यो चुम्बनलाई आबिस्मरनिय मान्न पुग्छन । यसलाई उनीहरु आफ्नो ड्रिम किसको रुपमा पनि लिने गर्छन यधपी कतिले मन नगर्दा नगर्दै वा असहमति जनाउदा जनाउदै पनि जबर्जस्ति चुम्बन गर्नुले पनि केटीमा आफ्नो असर नकारात्मक पर्न जान्छ । माथि उल्लिखित बिचारहरु महिलाहरुको स्वभाब कस्तो छ र उ कुन सांस्कृतिक पृष्ठभुमिबाट आएको हो भने कुरामा पनि निर्भर रहन्छ अनि उसलाई कस्तो खाले चुम्बन मन पर्छ भन्ने किटान गर्न सकिन्छ । तर पनि माथि उल्लिखित परिस्थितिहरु साधारण रुपमा आम केटीहरुले कल्पना गरेको पाइएको हुनाले त्यही कुरालाई आधार बनाएर यो लेख लेखिएको हो ।

यौन पेसामा विवाहित महिला धेरै

राजविराज । यौन कार्यलाई नै पेसा बनाउने महिला यौनकर्मीको सङ्ख्या सप्तरीमा बढ्दै गएको छ ।कमजोर आर्थिक अवस्थाका कारण परिवारको अवश्यकता पूरा गर्न महिलाहरू यौन कार्यलाई पेसाका रूपमा अपनाएको पाइएको हो ।

हालै गरिएको एक अध्ययनअनुसार सप्तरीमा १ सय ९९ जना महिला यौनकर्मी सक्रिय यौन पेसामा लागेका छन् । राजविराज, रूपनी, भारदह, फत्तेपुर, कञ्चनपुरलगायतका ठाउँमा अत्यधिक सङ्ख्यामा महिला यौनकर्मी रहेको सो अध्ययनले देखाएको छ । सबैभन्दा बढी राजविराज बजारमा मात्रै ६२ जना महिला यौनकर्मी छन् ।

यौन कार्यलाई पेसाका रूपमा अँगाल्ने महिलामध्ये सबैभन्दा बढी २० देखि ३५ वर्ष उमेर समूहका छन् । यौन पेसामा सबैभन्दा बढी विवाहित महिला नै संलग्न छन् ।

कतिपयले आफ्नो यौन इच्छा पूरा गर्न पहिलोपटक सम्पर्कमा आएपछि पैसा पनि पाएकाले बिना मिहिनेत नै बढी आम्दानी हुने देखेर यौन कार्यलाई पेसाकै रूपमा अपनाएको पाइएको अध्ययनले देखाएको छ ।
स्कुल कलेजमा पढ्दै गरेका युवतीसमेत यौन धन्धामा लागेको पाइएको छ । यौन पेसामा लागेकामध्ये साथीहरूको सङ्गतका कारणले कतिपय युवती यौन कार्यलाई पेसाकै रूपमा अपनाएको सो अध्ययनले देखाएको छ

ढेगनीकै गाउँमा महिलाको रहस्यमय मृत्यु


चितवन, कार्तिक २६ – जिल्लाको माडी बघौडा–२ मा आज एक महिलाको रहस्यमयरुपमा मृत्यु भएको छ । आज बिहान परालको टौवामा घोप्टो परेको अवस्थामा अन्दाजी ३८ वर्षीय महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय इन्द्रकुमारी महतो रहेको बताइएको छ । उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाइएको माडीका प्रहरी निरीक्षक गोविन्दसिंह ठकुरीले बताउनुभयो । उहाँका अनुसार आज बिहान शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको छ । स्थानीयले भने हत्या गरी फालिएको आरोप लगाउँदै छानबिनको माग गरेका छन् ।
उनको शरीरमा कुनै डाम नदेखिएको मुखबाट फिँज आएकाले विषादीका कारण मरेको हुनसक्ने प्रहरीले अनुमान गरे पनि पोष्टमार्टमको रिपोर्टपछि मात्रै घटनाको बारेमा यकिन हुने जनाएको छ । एक वर्षअघि बोक्सीको आरोपमा सोही गाउँकी ढेगनी महतोलाई आफ्नै परिवारले कुटीकुटी मारेका थिए । रासस

करिना अब नाइका बाट पत्रकार बनिन


बन्धनमा बाँधिएकी नायीका करिना कपुर अब पत्रकार बन्ने भएकी छिन् । करिना कपूर अभीनय छाडेर पत्रकार भने बन्न लागेकी होइनन् उनी प्रकाश झा को नयाँ चलचित्र ‘सत्याग्रह’मा उनले पत्रकारको भूमिका निभाउन लागेकी हुन् । उनले उक्त चलचित्रमा सिएनएनकी अनुभवी पत्रकारको भूमिका निर्वाह गर्ने भएकी छिन् ।
सैफ अलि खानसँग विवाह बन्धनमा बाँधीएपछि उनले गर्ने यो चलचित्र पहिलो चलचित्र हो भने उनले सलमान खानको दबंग-२ मा एक आइटम गितमा गरिसकेकी छिन् । स्रोतले दिएको जानकारी अनुसार आजकल करिना रिपोर्टिङको तरिका सिकिरहेकी छिन् ।

हलिउड स्टार अभिनेत्री क्यारी ले फ्यानसँग रातभर सेक्स

हलिउड स्टार अभिनेत्री क्यारी फिसरले आफूले एकजना फ्यानसँग रात बिताएको खुलासा गरेकी छन् । फिल्म ‘स्टार वार’ मा राजकुमारी लियाको भूमिकामा निकै चर्चित हुन पुगेकी क्यारीले उक्त भूमिकाको हदैसम्म प्रशंसा गर्ने एक युवकसँग रात बिताएकी हुन् ।‘म साइन्स फिक्सन मन पराउने फ्यानसँग समय बिताउन मन पराउँछु,’ उनले भनिन्, ‘र मैले एक युवक प्रशंसकसँग रात नै बिताएँ ।’ ‘द सन’ पत्रिकासँग उनले उक्त रात सेक्सभन्दा अरु बढी केही पनि आफूले प्राप्त नगरेको बताइन् । ‘ऊ विज्ञानबारे निकै जानकारी भएको व्यक्ति रहेछ’, क्यारीले भनिन्, ‘तर ऊबाट मैले सेक्सको मज्जा मात्र लिएँ ।’

म्युजिक नेपालको श्रष्टा सम्मान (फोटो फिचरसहित)


म्यूजिक नेपालले आफ्नो २९ औ बाषिर्कोत्सवको अवसर पारे विभिन्न श्रष्टाहरुलाई सम्मानीत तथा पुरस्कृत गरेको छ ।
म्युजिक नेपालको कार्यलय पिङ्गलास्थानमा आयोजीत एक कार्यक्रममा विभिन्न श्रष्टाहरुलाइ सम्मानीत गरिएको हो । ‘श्रष्टाको सम्मान गरौ, राष्ट्रलाई समृद्ध बनाउ’ भन्ने मूल मन्त्र बोकेर म्युजिक नेपालले सम्मान कार्यक्रम आयोजना गरेको हो ।
यसैबर्षदेखि सुरु गरिएको श्रष्टा सम्मानबाट गायक, संगीतकार तथा गीतकार सम्मानीत भएका छन् । यसबर्ष सिर्जनशिल संगीत सम्मानबाट गीतकार भावुक, गायक मणिकरत्न र संगीतकार अम्बर गुरुङलाई सम्मानीत गरिएको छ ।
सम्मानीत हुने श्रष्टालाई जनही ५० हजार नगद र ट्रफी प्रदान गरिएको छ । यस्तै लोकपि्रय संगीत पुरस्कारबाट संगीत तथा रचनातर्फ हेमन्त शिशिर पुरस्कृत भएका छन् । यस्तै गायनतर्फ गायिका अञ्जु पन्तलाई पुरस्कृत गरिएको हो । सम्मानीत हुने श्रष्टाहरुलाई २५ हजार नगद र ट्रफी प्रदान गरिएको छ ।
सम्मानीत श्रष्टाहरुलाई गीतकार किरण खरेल, कवि तथा गीतकार रत्नशमशेर थापा, गायक प्रेमध्वज प्रधान र गायिका ज्ञानु राणाले पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा गायिका अञ्जु पन्त, हेमन्त शिशिर, मदनगोपाल, कुन्ति मोक्तान लगायतले आफ्नो सांगीतीक प्रस्तुती प्रस्तुत गरेका थिए ।

कोरियामा दिपकले धमाका मच्चाउँदै

नोभेम्बर ९ तारिखमा दक्षिण कोरिया पुगेका गायक दिपक बज्रचार्यले आइतबार आयोजना हुने सांकृतिक कार्यक्रममा धमाका मच्चाउने तयारी गर्दैछन् । नेवाःपुचः दक्षिण कोरियाको आयोजनामा हुन लागेको दिपक बज्रचार्य लाईभ इन कन्सर्टमा भाग लिन दिपक त्यहाँ पुगेका हुन् ।
दिपकले कन्सर्टमा दर्शकको मनोरञ्जनका लागि विशेष रुपमा पृथक, रोमान्चक र मनोरञ्जनात्मक ढंगले आफ्ना नयाँ तथा पुराना गीतहरु पस्कने तयारी गरेका छन् । ओ अमिरा, पि्रय तिमी आउ, काली काली हिस्सी परेकी, जानी जानी, जुजुनाना लगायतका गितहरु दिपकले कार्यक्रममा पस्कने बताइएको छ ।

देउसी भैलो खेल्दै नेपाली कलाकार…(भिडियो)


वीपी वाग्लेको ‘मधुर बचन’ नामक एल्बम बजारमा आएको छ । ७ वटा गीत समावेशे यो एल्बममा चिरञ्जिबी शर्मा, जनपि्रय खना, डाक्टर भोला रिजाल, बीपी वाग्ले, स्वर्गीय चन्द्र नारायण भट्ट र रेशम विरहीको शब्द समावेश छ ।
यसैबिच नेपालीहरुको महान चाड शुभ दिपावली पर्वको अवसर पारेर एल्बममा समावेश ‘आज तिहारको’ बोलको गीतको भिडियो तयार पारिएको छ । यो गीतलाई अनलाइनखबर मार्फत पि्रमियर गरिएको छ ।
चेतन चुडालको संगीतमा रेशम विरहीले कोरेको यो गीतमा गायक वीपी वाग्लेलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन्। भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा रविन्द्र खड्काको सम्पादन, अमृत सुनवारको छ । भिडियोमा नेपाली सिनेमाका नायक तथा नायिकाले अभिनय गरेका छन् ।
नायिका अनु शाह, रिमा विश्वकर्मा, मोडल शिल्पा पोखरेल, नायक यश राज, मोडल रञ्जन रिजाल लगायतले अभिनय गरेको यो भिडियोलाई रेष्क्यू क्रियशनको व्यानरमा तयार पारिएको हो ।

तिहारको माहोललाई मुख्य आधार बनाएर तयार पारिएको भिडियो यस्तो छ ।

पोखरामा जीवनसाथी खोज्दै रेश


प्रदर्शन मिति नजिकिदै जाँदा चलचित्र ‘मेरो जीवन साथी’ को युनिट मोफसलका विभिन्न शहरको भ्रमणमा निस्किएको छ ।
भ्रमणमा निर्देशक दिवाकर भट्टराई, निर्माता सूर्य कार्की, नायक रेश महरठ्ठा र संगीतकार अर्जुन पोखरेल सहभागी छन् । टोलीले आफ्नो भ्रमणको सुरुवात पोखराबाट गरेको छ । पोखरा नेपाली सिनेमाले व्यापार गर्ने दोश्रो ठूलो शहरको रुपमा चिनिन्छ । पोखरामा पुगेको टोलीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि सिनेमाको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक भट्टराइले ‘मेरो जीवन साथी’ साधारण कथामा तयार भएको सुन्दर सिनेमा भएको दाबी गरे । पोखरा पुगेको टोलीलाई स्थानीय संचारमाध्यममा अन्र्तवार्ता दिन भ्याइनभ्याई भएको छ ।
टोलीमा सहभागी भएका संगीतकार अजुर्ृन पोखरेलले मोफसलमा गीतसंगीत चर्चित बनेकोमा खुशि लागेको बताए । आइतबार पोखरामा आफ्नो प्रचारप्रसार सकेर यो टोली बुटवलतर्फ लागेको छ । बुटवलका पत्रकारहरुलाई भेट गरेपछि चितवन र्फकने योजना रहेको निर्देशक भट्टराइले अनलाइनखबरलाई जानकारी दिएका छन् ।
चलचित्रमा राजेश हमाल, रेखा थापा, सुष्मा कार्की, रागिनी खड्गी लगायतका कलाकारको समेत अभिनय छ । मंसिर १५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो सिनेमाले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ । चलचित्रको शिर्ष गीत अहिले संचारमाध्यममा चर्चित बनेको छ ।

निशाले धन्नै भगाएकी दियालाई


उसो त नायिका दिया मास्के र निशा अधिकारी दुबै महिला हुन् । तर नायिका अधिकारीले दियालाई धन्नै बिहे गरेर भगाएकी भन्ने कुरा सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । महिला समलिङ्गीहरुको कथामा आधारित रहेर तयार भएको चलचित्र सुनगाभाःडान्स अफ द अर्किड्समा काम गरिसकेपछि नायिका अधिकारीलाई दिया भगाउने सोच पलाएको हो ।
चलचित्रमा काम गरिसकेपछि कति दिनसम्म आफुमा समलिङ्गी भएको अनुभुती भयो भन्ने प्रश्नमा निशाले दियालाई धन्नै भगाएको बताईन् । सुवर्ण थापाको निर्देशनमा तयार भएको यो चलचित्र पौष २० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउनेछ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रको युनिटले सिनेमाको बारेमा जानकारी गराएको हो ।
दुई समलिङ्गी युवतीहरुको भावनात्मक सम्बन्धलाई मूल बिषय बनाएर निर्माण गरिएको यो सिनेमालाई आमी फिल्मस् र सिते फिल्मस्ले निर्माण गरेका हुन् । चलचित्रमा अधिकांश प्राविधिक टोली फ्रान्सका छन् । चलचित्रमा सारा कोर्नूको छायांकन, सिल्भाँ मोरिजे र कुटुम्बको संगीत, सिल्भी गाद्मेरको सम्पादन छ ।
चलचित्रमा निशा र दिया अलवा सौगात मल्लको समेत मुख्य भुमिका छ । दुई समलिङ्गी महिलाहरुको कथालाई मुख्य बिषय बनाएर तयार पारिएको यो चलचित्रलाई नेपाली दर्शकले रुचाउने विश्वास निर्माणपक्षको छ ।

साउदीमा नेपालीले बाख्रा हराएपछि दुई बर्ष जेल


साउदी अरबको इराक र जोर्डनको सीमा नजिक रम्फा भन्ने ठाउँमा गोठालोका रुपमा काम गर्ने एक नेपालीले बाख्रा हराएकामा २ बर्ष जेल सजाय भोग्नु परेको छ । आरोपित जितबहादुर दमाईले ७५ हजार रियाल पनि जरिवाना तिर्नुपर्ने सजाय सुनाईएको छ ।
सयौं बाख्राका एक्ला रेखवाला दमाई दुई बर्षदेखि साउदी जेलमा छन् । ‘म बाख्रा चराईरहेको थिए । साहुले पठाएको भन्दै एउटा अरबी बाख्रा लिन आयो’ दमाईको भनाई उदृत गर्दै साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले भने, ‘मैले साहुले केही नबताएको भन्दा पनि तिमी हाम्रो कामदार हो । बढो ठूलो बन्ने होइन भन्दै आधा बाख्रा लिएर गयो ।’ उसले जर्बजस्ती आधा बाख्रा लिएर गएपछि दमाईले तुरुन्दै साहुलाई जानकारी दिए । ‘साहु तुरुन्तै प्रहरीलाई लिएर भेडीगोठ आईपुग्यो,’ दमाईको भनाई थियो । ‘साहुले मेरो मिलेमत्तोमा बाख्रा बेचेको आरोप लगाएर प्रहरीको जिम्मा लगायो, केही समयपछि बाख्रा लाने खरबी पनि पक्राउ पर्यो ।’
चोरी मुद्दामा जेल परेका उनको जेल समय भुत्तान भएपनि अदालतले सुनाएको जरिवाना तिर्न नसक्दा उनी जेलमै रहेको छ ।

यौनकर्मी महिलाको संख्या बढ्दै

सिरहा, जिल्लामा यौनकर्मी महिलाहरुको संख्या बढ्दै गएको एक तथ्याङले देखाएको छ । सोही कारण एच.आई.भी. संक्रमण समेत बढेको छ ।
आर्थिक अवस्था कमजोर भएका महिलाले यौन पेशा अपनाएको स्थानीय एक गैर सरकारी संस्थाले दाबी गरेको छ । सो संस्थाको अध्ययन अनुसार पूर्वाञ्चलमा ३२ हजार महिला यौन व्यवसायमा संलग्न छन् ।
संस्थाले शनिबार लहानमा पत्रकार सम्मेलन गरेर सिरहामा मात्रै २ सय ८ जना महिला यौनकर्मी रहेको तथ्यांक सार्वजनिक गरेको हो ।
लहान, गोलबजार, मिर्चैया, ठाडी, माडर, सिरहा सदरमुकामलगायतका बजारमा अत्याधिक संख्यामा यौनकर्मी महिला छन् । तीन जना यौनकर्मी महिलामा एच.आई.भी संक्रमण फेला परेको छ ।
यौन पेशामा संलग्न महिला १६ देखि ३५ बर्ष उमेर समूहका छन् । अधिकांश यौनकर्मी महिला चेतनाको अभावमा एच.आई.भी. संक्रमणबाट बच्न कण्डमको प्रयोग नगर्ने गरेको अध्ययनले देखाएको छ ।
सिरहामा महिला र पुरुष गरी करिव १ सय २० जनामा एच.आई.भी. संक्रमित फेला परेका छन् । यस्तै, ब्लु डायमण्ड सोसाईटी लहानका अनुसार सिरहामा ६ जना तेस्रोलिङ्गी पनि एचआईभी संक्रमित रहेका छन् ।

News Headlines

More Post »
Powered by Blogger.

National News

More Post »

Entertainment

More Post »

Health and Sex

More Post »

International News

More Post »

Amazing News

More Post »

Sports

More Post »
 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved