Headlines News :
Home » » खतरनाक स्याण्डी आँधी न्यूजर्सी प्रवेश गर्‍यो

खतरनाक स्याण्डी आँधी न्यूजर्सी प्रवेश गर्‍यो

Written By Unknown on Tuesday, October 30, 2012 | 2:00 AM


१४ कात्तिक, काठमाण्डौ । क्यारेबियन क्षेत्रबाट अघि बढेको इतिहासको बिनासकारी हुने अनुमान गरिएको समुद्री आँधी स्याण्डी अमेरिकी क्षेत्रमा प्रवेश गरेको छ ।
स्थानीय समयअनुसार सोमबार राती १० बजे न्यू जर्सी राज्यको समुद्री तटमा प्रवेश गरेको छ । भारी बषर्ासँगै प्रति घण्टा एक सय ३० किलोमिटरको गतिमा अघि बढेको आँधीका कारण सो क्षेत्रमा बिजुली कटौती भएको तिब्र हुरीबतास चलिरहेको बीबीसीले जनाएको छ । न्यूयोर्कसहित पूर्वी तटीय क्षेत्रमा भारी बषर्ा भएको, सबवे र कार टनेलहरुमा पानी जमेको जनाइएको छ ।
स्याण्डीको त्रासका कारण पुरै अमेरिकामा सन्नाटा छाएको छ । एक सातापछि हुने राष्ट्रपतीय निर्वाचन प्रभावित भएको छ भने न्यूयोर्कसहित १२ वटा राज्यमा संकटकालीन आदेश जारी गरिएको छ । रेल, बिमान सेवा, बिद्यालय, किनमेल केन्द्र सवै बन्द गरिएका छन भने मानिसहरु आँधीबाट जोगिने तयारी अबस्थामा छन् ।
राष्ट्रपति बराक ओबामाले स्याण्डीलाई गम्भीरपतापूर्व लिई सुरक्षित रहन आफ्ना नागरिकलाई आह्वान गर्नुभएको छ । केन्द्रीय आपतकालिन उद्दार ब्युरोलाई सक्रिय पारिएको सरकारले जनाएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved