Headlines News :
Home » » ‘यो पल फेरि आउला नआउला अर्को जुनी होला नहोला आजै अंगाल मलाई, आजै सम्हाल मलाई खोइ किन हतार भो मलाई…

‘यो पल फेरि आउला नआउला अर्को जुनी होला नहोला आजै अंगाल मलाई, आजै सम्हाल मलाई खोइ किन हतार भो मलाई…

Written By Unknown on Wednesday, October 31, 2012 | 12:40 PM

काठमाडौंको दशरथ रंगाशालामा पुग्दा नायिका रेखा थापा र नायक किशोर खतिवडा एक अर्काको अंगालोमा बाँधिएर प्रस्तुत गीत मा नाच्दै थिए ।  कात्तिक २४ गतेबाट मोफसलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘लंका’को गीतको छायांकनमा रेखा र किशोरको रोमान्स देखिएको हो । रेखा र किशोरलाई नृत्य निर्देशक कविराज गहतराज नृत्य गर्न सिकाउँदै थिए । मदनकाश्यप घिमिरेले छायांकन गरेको गीतमा दिपक लिम्बु र प्रविशा अधिकारीले आवाज भरेका छन् ।
यो गीतको छायांकन ढिला गर्नुको कारण बताउदै निर्देशक श्याम भट्टराइले भने-’गीतमा फूलैफूल चाहिने भएकाले फूलको मौसम पर्खिएका हौं ।’ चलचित्रमा नायिका रेखा थापा दुई भिन्न भूमिकामा देखिादैछिन् । विधुवा नारी र प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिएकी रेखा नै आफ्नो चलचित्रको नायक भएको दाबी निर्देशक भट्टराइको छ ।
चलचित्र लंकाको यो पल फेरी होला नहोला…. बोलको गीतको छायांकनको क्रममा देखिएका केही दृश्यहरु :

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved