Headlines News :
Home » » तासमा ६० हजार हारेपछि बेपत्ता

तासमा ६० हजार हारेपछि बेपत्ता

Written By Unknown on Monday, October 22, 2012 | 10:04 AM

नुवाकोट - जिल्लाको कल्याणपुरका एक व्यक्ति पाँच दिनदेखि बेपत्ता भएका छन् । कल्याणपुर गाविस वडा नं २ आमथाङका ५७ वर्षीय विष्णुबहादुर खड्का कात्तिक १ गतेदेखि बेपत्ता भएका हुन् । कात्तिक १ गते घरबाट गाउँतिर निस्केपछि उनको कुनै पत्तो लाग्न नसकेको खड्काका छिमेकी तथा शिक्षक नानीकाजी खड्काले बताउनुभयो ।

उहाँले लगाएको चप्पल, पाइन्ट र इस्टकोट भने त्रिशूली नदीको किनार सामरी दोभानमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तास खेलेर रु ६० हजार हारेपछि उनी सोही रन्कोमा हिँडेको खड्काका छिमेकीहरुले दाबी गरेका छन् । नदी किनारमा उनको लुगा भेटिएकाले नदीमा हाम फालेर आत्महत्या गरेको आशङ्कामा खोजविन थालिए पनि पत्तो लाग्न नसकेको प्रहरीले जनाएको छ ।

लभ्ली जानु, लभ्ली जिना, पिङ्कस्विटी८१ र उम्फा१२३ जस्ता विभिन्न छद्म नाममा याहु आइडी बनाएर यौन च्याटिङ्मा रमाउनेहरू बढ्न थालेका छन् । सधैं एकसाथ डुल्दा वा भेट्दा प्रेममा मजा अनुभव नगर्ने युवकयुवतीहरूले साइबरको माध्यमबाट प्रेम र यौन बढाउँदै लगेका छन् । प्रविधिको क्रान्तिसँगै युवापुस्ता उदार हुँदै गएको छ ।

 तीन वर्षअघि साइबर क्याफे खोलेका बत्तीसपुतलीका सनिज पौडेल साइबरका कारण यौन मा खुलापन आएको स्वीकार्छन् । विश्वमञ्चमा जनसम्पर्कको माध्यम बनेको साइबरमा युवकयुवतीको प्रेमालापदेखि विभिन्न यौन साइटसम्मको भ्रमण हुने गरेको छ । क्याफे डी पुतलीसडक साइबरमा रमाइरहेका ५० बर्षिय अधबैँसे आफ्नो नाम गोप्य राख्दै भन्छन्, "नेट खोल्यो कि आँखा सेक्सी साइटहरूमा जान्छ ।" '

साइबरले अधबैँसेहरूमा समेत जवानी भरिदिएको छ । आफ्नो नेटवर्किङ्को माध्यमबाट अधबैँसेले हेरेका साइटबारे जानकारी लिएका क्याफे डीका विनोद घिमिरे भन्छन्, "हो, म त्यस् ता साइट लक गर्न सक्छु तर मैले व्यवसाय पनि गर्नुपर्यो ।" सञ्चार क्रान्तिका कारण विश्वले ठूलो लाभ लिए पनि नेपालमा केही हानि पनि भइरहेको प्रा दुर्गाप्रसाद भण्डारीको ठम्याइ छ ।

"गुप्त र वर्जित यौन सम्बन्धको प्रसारणले प्राचीनपन्थी समाजहरूमा आश्चर्यका साथसाथै नकारात्मक छाप छाड्दै गइरहेको छ," उनी भन्छन्, "यसैको प्रभाव हो, साइबर यौन ।" बिराएर युवाजोडीहरू क्याबिन नै रोज्छन् । "क्याबिन रोज्नुको मतलब भनेको साइबर यौनको आनन्द लिनु हो," साइबर रुमका मान्छे भन्छन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved