Headlines News :
Home » » यौनकर्मी महिलाको संख्या बढ्दै

यौनकर्मी महिलाको संख्या बढ्दै

Written By Unknown on Sunday, November 11, 2012 | 1:33 AM

सिरहा, जिल्लामा यौनकर्मी महिलाहरुको संख्या बढ्दै गएको एक तथ्याङले देखाएको छ । सोही कारण एच.आई.भी. संक्रमण समेत बढेको छ ।
आर्थिक अवस्था कमजोर भएका महिलाले यौन पेशा अपनाएको स्थानीय एक गैर सरकारी संस्थाले दाबी गरेको छ । सो संस्थाको अध्ययन अनुसार पूर्वाञ्चलमा ३२ हजार महिला यौन व्यवसायमा संलग्न छन् ।
संस्थाले शनिबार लहानमा पत्रकार सम्मेलन गरेर सिरहामा मात्रै २ सय ८ जना महिला यौनकर्मी रहेको तथ्यांक सार्वजनिक गरेको हो ।
लहान, गोलबजार, मिर्चैया, ठाडी, माडर, सिरहा सदरमुकामलगायतका बजारमा अत्याधिक संख्यामा यौनकर्मी महिला छन् । तीन जना यौनकर्मी महिलामा एच.आई.भी संक्रमण फेला परेको छ ।
यौन पेशामा संलग्न महिला १६ देखि ३५ बर्ष उमेर समूहका छन् । अधिकांश यौनकर्मी महिला चेतनाको अभावमा एच.आई.भी. संक्रमणबाट बच्न कण्डमको प्रयोग नगर्ने गरेको अध्ययनले देखाएको छ ।
सिरहामा महिला र पुरुष गरी करिव १ सय २० जनामा एच.आई.भी. संक्रमित फेला परेका छन् । यस्तै, ब्लु डायमण्ड सोसाईटी लहानका अनुसार सिरहामा ६ जना तेस्रोलिङ्गी पनि एचआईभी संक्रमित रहेका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved