Headlines News :
Home » » निर्वाचनमा कण्डोम

निर्वाचनमा कण्डोम

Written By Unknown on Wednesday, November 7, 2012 | 3:58 AM

अमेरिकाको लस एन्जल्स काउन्टीमा पोर्न कलाकारले कण्डोम प्रयोग गर्नुपर्ने या नपर्ने विषयमा आगामी नोभेम्बरमा हुने निर्वाचनमा सिधा जनताको राय लिइने भएको छ ।
निर्वाचन अधिकारीहरुका अनुसार यस विषयमा असंख्या हस्ताक्षर आएको थियो । त्यसैले यो विषयलाई निर्वाचनमा लैजान लागिएको हो । यो याचिकाको समर्थन गर्ने एड्स हेल्थ केयर फाउण्डेशनका अनुसार यो कदमबाट पोर्न कलाकारहरुलाई एचआइभी एड्सबाट बचाउन सकिनेछ ।
अहिलेसम्म लस एन्जल्स शहरमा कसैले पोर्न फिल्म बनाउने अनुमति मागेको खण्डमा कण्डोमको प्रयोग जरुरी थियो । यदि यो प्रस्ताव पारित भएको खण्डमा पुरै काउन्टीस्तरमा लागु हुनेछ । शहरका मेयर एन्टोनियो विलाराइगोसाले जनवरीमा एड्स हेल्थकेयर फाउण्डेशनको पहलमा यसलाई कानुनी मान्यता दिएका थिए । यद्यपि यसलाई कसरी लागु गर्ने भन्ने विषयमा बहस जारी छ । फेब्रुअरीमा लस एन्जल्स टाइम्ससँगको कुराकानीमा फ्री स्पीच कोएलिशनका एक प्रवक्ताले यो केही हदसम्म ‘सरकारीको अति’ बताएका थिए ।
प्रवक्ता डाएन ड्युकले टाइम्ससँगको कुराकानीमा यो निश्चित रुपमा सरकारको तर्फबाट गरिएको हस्तक्षेपको कोशिस भन्दै यसका सरकारको कुनै स्थान नरहेको बताएका थिए । यो नियम लागु भएपछि वयस्क फिल्म बनाउने कम्पनीहरु क्यालिफोर्नियाबाट बाहिर जाने धम्की दिइरहेका छन् । तर, उनीहरुअगाडि केही वैधानिक समस्या भने छन् ।
सन् १९८८ मा क्यालिफोर्नियामा एउटा आदेश आएको थियो । जसअनुसार फिल्म निर्मातामाथि वेश्यवृत्ति निरोधक कानुनअनुसार मुद्दा चलाउन सकिने थियो । र, यस्तो छुट उनीहरुलाई मात्र एउटा अर्को राज्य न्यु हैंपशरमा प्राप्त थियो । यस क्षेत्रमा वयस्क फिल्म निर्माण पहिला पनि एचआइभीको डरका कारण रोकिएको छ । अब यदि प्रस्तावमा मतदानको माध्यमबाट पारित भएको खण्डमा वयस्क फिल्म निर्माताहरुले काउन्टीको स्वास्थ्य विभागबाट परमिट लिनुपर्ने हुन्छ । जसअनुसार कलाकार यदि सेक्स गर्दै गरेको अवस्थामा देखाइएको छ भने उनीहले कण्डोम प्रयोग गरेकै हुनुपर्नेछ ।
एड्स हेल्थकेयर फाउण्डेशनका प्रवक्ता लोरी येघिआयानले बीबीसीलाई बताएअनुसार यसपछि परमिट ब्यूटी पार्लर, ट्याटु बनाउने पार्लरले जसरी नै लिनुपर्नेछ । जहाँ नियमित रुपमा जाँचसमेत हुनेछ । परमिटमा उल्लेखित सर्त उल्लंघन गरेको खण्डमा जरिवाना तिर्नुपर्नेछ ।
कण्डोम प्रयोगलाई अनिवार्य बनाउनुपर्छ भन्ने पक्षको विपक्षमा रहेकाहरुको भनाइअनुसार भने पोर्न कलाकारको नियमित जाँच हुने भएकाले यसप्रकारको व्यवस्थाले व्यवसायीमा हानी पुग्नेछ । लस एन्जलिसमा रहेकी एक बेलायती पोर्न कलाकारले बीबीसीलाई केही पहिला भनेकी थिइन्–हामीलाई थाहा छ, घरमा बसेका दर्शक कण्डोमका साथ पोर्न फिल्म हेर्न चाहँदैनन् । बीबीसी
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved