Headlines News :
Home » » प्रहरीको सईले एअरपोर्टमा घुस लिदालिदै भेट्यो राम धुलाई

प्रहरीको सईले एअरपोर्टमा घुस लिदालिदै भेट्यो राम धुलाई

Written By Unknown on Wednesday, November 7, 2012 | 4:06 AM


मधु लम्साल काठमाडौं । सुन र विदेशी मुद्रा तस्करीमा स्वयम् प्रहरी नै संलग्न रहेको तथ्य बाहिर आएपछि तस्करीको जालो तोड्न खटिएका डीआईजी विज्ञानराज शर्माले विमानस्थलमै कार्यरत एक सईमाथि रामधुलाई गर्नुका साथै घुस लिएको रकम खल्तीबाट पर्समा नहाल्दै फिर्ता गराएका छन् । हवलदार र असईलाई प्रयोग गर्दै विदेशी मुद्रा पास गर्ने गरेको अभियोगमा एसएसपी रविराज श्रेष्ठ नै निलम्वनमा परेको काण्डपछि विमानस्थलका इमानदार सिपाही÷हवलदारको बल्ल मनोबल बढ्न थालेको छ । इमानदारीताका साथ ड्यूटी निर्वाह गर्दा हाकीमले नै बद्मासी गरेको पत्तो पाएपछि विमानस्थलमा कार्यरत एक हवलदारको सूचनाका आधारमा डीआईजीले ती सईमाथि रामधुलाई गरेका हुन् ।
डीआईजीको रामधुलाईमा पर्ने सई हुन्, प्रकाश सिंखडा । लामो समय विमानस्थलको भन्सार क्षेत्रको घुमुवाको जिम्मेवारी निभाइरहेका सई सिंखडाको शंकास्पद गतिविधि बुझेपछि डीआईजी शर्माले नै केही दिन अघि मात्र ड्यूटी क्षेत्र परिवर्तन गर्दै उसलाई पोशाकमा ड्यूटी गराएका थिए । आइतबार राती सवा ८ बजे इन्टरनेशनल टर्मीनलको एराइभल क्षेत्रको ड्यूटीमा रहेका हवलदार ज्ञानेन्द्र श्रेष्ठले राजस्व नतिरीकनै सेटीङ मिलाएर बाहिर लैजाँदै गरिएको २३ इन्चको एलसीडीका सन्दर्भमा आफ्ना हाकिम सई सिंखडालाई जाहेर गरेका थिए । तर, आफ्ना सहयोगीले राजस्व छलेर लगिँदै गरेको एलसीडीका बारे जानकारी दिएपछि त्यो रोक्नु पर्नेमा सई सिंखडाले उल्टै हवलदारलाई चुप रहन निर्देशन गरे । तर, सात हजारमा कुरो मिलाएर भित्रैबाट सई सिंखडाकै निर्देशनमा बाहिर लगिँदै गरेको त्यो एलसीडीका सन्दर्भ हवलदार श्रेष्ठले तत्काल डीआईजी शर्मालाई जानकारी गराएपछि सई सिंखडालाई डीआईजी शर्माले आफ्नै कार्यकक्षमा डाकेर रामधुलाई गर्नुका साथै घुस बापत लिएको सात हजार पनि फिर्ता लिएको स्रोतले बतायो । हाकिमको निर्देशनमा अनियमित काम गर्दा कारवाही भोगी रहेका असई र फरार रहेका हवलदारको हैसियत हुने सम्भावनापछि यतीबेला विमानस्थलमा कार्यरत इमानदार सिपाही हवलदारको मनोबल निकै बढेको र त्यस्तो कुनै अनियमितता कोही कसैले कहीँ पनि गरेको देखे बुझेको खण्डमा तत्काल सिधैं आफूलाई खबर गर्न विमानस्थलको तस्करी जालो तोड्ने जिम्मेवारी पाएका डीआईजी शर्माले व्रिफिङकै क्रममा निर्देशन गरेको बताइएको छ । स्मरणीय छ डीआईजी विज्ञानले विमानस्थलको सुरक्षा जिम्मेवारीको कमाण्ड सम्हालेपछि त्यहाँ निकै कडाई गरिएको र विगतमा भन्दा काउन्टरमा राजस्व पनि बढी उठेको बताइएको छ । भन्सार स्रोतका अनुसार आइतबार राजस्व नतिरीकनै पास गर्न खोजीएको २३ इन्ची एलसीडीको राजस्व पन्ध्र हजारको हाराहारी लाग्थ्यो । व्यक्तिले साथमा लिएर आएका यस्ता भन्सार राजस्व धेरै लाग्ने उपकरणहरु सुरक्षाकर्मी तथा विभिन्न निकायका त्यहाँ कार्यरत कर्मचारीको इशारामै पास गर्ने र प्राप्त रकम भागवण्डा गर्ने गरिन्थ्यो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved