Headlines News :
Home » » म्युजिक नेपालले श्रष्टालाई सम्मान गर्ने

म्युजिक नेपालले श्रष्टालाई सम्मान गर्ने

Written By Unknown on Wednesday, November 7, 2012 | 3:06 AM


म्युजिक नेपालले कात्तिक २५ गते सांगीतीक क्षेत्रका विभिन्न श्रष्टाहरुलाइ सम्मान तथा पुरस्कृतग गर्ने भएको छ । म्युजिक नेपालले सिर्जनशिल संगीत सम्मान २०६८ र लोकपि्रय संगीत पुरस्कार २०६८ प्रदान गर्न लागेको हो ।
सिर्जनशील संगीत सम्मानबाट गीतकार, संगीतकार तथा गायन विधाका विभिन्न श्रष्टाहरुलाई सम्मानित गरिनेछ । सम्मानको पुरस्कार राशी जनही ५० हजार रहेको म्युजिक नेपालले जनाएको छ । यस्तै लोकपि्रय संगीत पुरस्कार राशी गीतकार, संगीतकार र गायक वा गायीकालाई प्रदान गरिने छ । यो पुरस्कारको राशी जनही २५ हजार रुपैया रहेको छ ।
म्युजिक नेपालले प्रदान गर्न लागेको सिर्जनशील संगीत सम्मानबाट गीतरचनातर्फ भावुक, गायनतर्फ माणिकरत्न र संगीततर्फ अम्बर गुरुङ सम्मानित हुदैछन् । यस्तै लोकपि्रय संगीत पुरस्कारबाट संगीत र गीतरचनातर्फ हेमन्त शिशिर, गायनतर्फ अन्जु पन्तलाई पुरस्कृत गर्न लागेको म्युजिक नेपालले जनाएको छ । म्युजिक नेपालले यसअघि नारायणगोपाल, कुन्ती मोक्तान, रामकृष्ण ढकाल, प्रेमराजा महत्त, खेमराजा गुरुङ लगायतका दर्जनौ कलाकारलाई सम्मानित गरिसकेको छ । कात्तिक २५ गते एक कार्यक्रमको आयोजना गरि श्रष्टाहरुलाई सम्मानित तथा पुरस्कृत गरिदैछ । यसै अवसरमा म्युजिक नेपालले कलाकार कल्याणकारी कोषको स्थापन भएको घोषणा गर्ने छ । कोषको सहयोगार्थ कात्तिक २५ गते एक विशेष सांगीतीक कार्यक्रमको आयोजना गर्ने म्युजिक नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved