Headlines News :
Home » » बेनिको बशमा यसरी नाँचे राजेश हमाल (भिडियो)

बेनिको बशमा यसरी नाँचे राजेश हमाल (भिडियो)

Written By Unknown on Thursday, November 8, 2012 | 3:09 AM


नृत्यमा कमजोर मानिएका नायक राजेश हमाल एक चलचित्रको गीतमा भने मझैले नाँचेका छन् । दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘मेरो जीवन साथी’ को ‘सररर..बेग मारी बेनिको वश आयो’ बोलको गीतमा राजेशले छमछमी नृत्य गरेका हुन् ।
राजेशसँगै चलचित्रको यो गीतमा नायक रेश महरठ्ठा, नायिका रागिनी खड्गी लगायतका कलाकारको नृत्य हेर्न सकिन्छ । मंसिर १५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई सूर्य कार्कीले निर्माण गरेका हुन् । अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतमा उदितनारायण झा र संजिवनीको आवाज छ । यो गीतमा रामेश्वर कार्कीको छायांकन, शंकर बीसीको नृत्य निर्देशन रहेको छ ।
चलचित्रमा रेखा थापा, सुष्मा कार्की लगायतका कलाकारले समेत अभिनय गरेका छन् । यसैबिच चलचित्र ‘मेरो जीवन साथी’ को प्रचारका लागि यसको निर्माणपक्ष मोफसलको भ्रमणमा निस्कने भएको छ । शुक्रबारबाट पोखरा, चितवन र बुटलव को भ्रमणमा निस्कन लागेको जानकारी यसको निर्माणपक्षले गराएको छ ।
७ लाख खर्च गरेर तयार पारिएको ‘सररर… बेग मारी बेनिको वश आयो’ बोलको गीतको भिडियोमा नायक राजेश हमाललाई खुबै खुलेर नृत्य गरेको देख्न सकिन्छ । गीतको भिडियो यस्तो बनेको छ ः
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved