Headlines News :
Home » » गाडीको ठक्करवाट एक जनाको मृत्यु

गाडीको ठक्करवाट एक जनाको मृत्यु

Written By Unknown on Saturday, November 10, 2012 | 12:04 AM


२५ कात्तिक, काठमाण्डौ । काठमाण्डौको सुन्धरामा शनिवार विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा बाँकेको नेपालगन्ज नगरपालिका वडा नं १३ स्थायी घर भएका २० वर्षीय सौर्य शमसेर जवरा रहेको प्रहरीले जनाएको छ ।
बा ४ ३प ५०७५ नम्बरको मोटरसाइकलमा सवार जवरालाई बा ५ च ७२५५ नम्बरको दूध बोक्ने टाटामोवाइल गाडीले सुन्धराको नागथान नजिक ठक्कर दिएको थियो । ठक्कर दिएपछि गम्भीर घाइते भएका जवरालाई उपचारका लागि वीर अस्पताल लाने क्रममा निधन भएको थियो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved