Headlines News :
Home » » राज्य जान्दैन, कसले राख्यो ? सगरमाथामा जासुसी क्यामेराहरु !

राज्य जान्दैन, कसले राख्यो ? सगरमाथामा जासुसी क्यामेराहरु !

Written By Unknown on Wednesday, October 31, 2012 | 2:20 AM


पशुपतिमा क्यामेरा होस् या मोबाइल केहि पनि भित्र लान पाइदैन । प्रयोग गरिएको भेटे जफत गर्ने अधिकार दिइएको छ त्यहाँका अधिकारीलाई । तर हाम्रो नियम कति प्रभावकारी छ र हामी गोपनियताका कुरामा कति संवेदनशिल छौं भन्ने कुरा तब प्रष्ट भयो, जब भारतमा पशुपतिनाथ मन्दिर भित्रका तस्विरहरु महंगो मुल्यमा बिक्रि भएको थाहा पायौं । हामी आफ्नै मुलुकभित्रका संवेदनशिलस्थानका बारेमा लटरपटर निर्णयहरु गर्छौ र ति स्थानमा केहि भइरहेछ भन्ने कुराको हेक्का राख्न चाहदैनौं । यसको पछिल्लो उदाहरण हो, सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लगाइएका क्यामेरा र अन्य शंकास्पद उपकरणहरु । कसले कुन उद्देष्यले कहिलेदेखि यस्ता क्यामेरा र अन्य उपकरणहरु लगाइरहेको छ ? राज्य बेखबर छ । (भिडियो हेर्न भित्र आउँनुहोस्) सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा यस्ता स्वचालित क्यामेरा र अन्य उपकरणहरु छ्याप्पछ्याप्ती भेटिन थालेको धेरै भएछ । नेपालको नास्टदेखि अमेरिकी विश्वविद्यालयको हिमनदि अध्ययन केन्द्रसम्मका परियोजना भनेर राखिएको बोर्डहरु पाइदा रहेछन् र छुन नहुने संकेत सहितका तिनका उपकरणहरु भेटिदा रहेछन् । सबैले कुनै न कुनै अध्ययन भइरहेको दाबी गरेर त्यहाँ उपकरणहरु राखेको बताएपनि सरकारी निकाय बेखबर छ त्यस्ता अध्ययनहरुसँग । नेपालभित्र विदेशी संस्था आएर सरकारी अनुमति नलिइ अध्ययनको लागि भन्दै स्वचालित क्यामेरा जोड्नु पक्कै पनि नियमसंगत हैन । यी क्यामेराहरुको वास्तविकता के हो ? नेपाल सरकारले खबर गर्न जरुरी छ । अध्ययन र सोधका लागि भन्दै जडान गरिएका क्यामेरा र उपकरणहरु के कस्ता छन् ? भिडियोमा हेर्न क्लिक गर्नुहोस् स्थानिय क्षेत्रमा सरकारी संयन्त्र नभएको हैन । तर तिनले माथिल्लोस्तरमा सो जानकारी पुर्र्याएको देखिदैन । यसबारे माथिल्लो निकायमा जानकारी माग्दा थाहा नभएको भन्ने जवाफ पाउँनु पक्कै पनि जिम्मेवार जवाफ होइन । जिम्मेवारीको कुरा अलग भयो बरु सम्बन्धित निकायहरु नै एकले अर्कोलाई देखाएर पन्छिने प्रवृति देखिन्छ । कारण के हो भनेर धेरै घोत्लिन जरुरी छैन । अध्ययन र विभिन्न बहानामा आउँने यस्ता कार्यक्रमहरुबाट पाइने कोशेली नै एकमात्र कारण हो । सबैले आफ्नो आफ्नो भाग पाएपछि र फेरि पनि पाउँने आशामा कसले हेक्का राख्ने गोपनियता र जिम्मेवारीको । सरकारी निकायका अधिकारीहरु के भन्छन् यसको बारेमा ? भिडियोमा हेर्न क्लिक गर्नुहोस् यसबारे तपाईको भन्नु के छ ? आफ्ना विचार तल कमेन्टमा लेख्नुहोस् । नोट : न्युज24 को पावरन्युजको सहयोगमा यो ब्लग तयार पारिएको हो । ब्लगमा प्रयोग भएका तस्विर तथा भिडियो पावरन्युजबाट साभार गरिएका हुन् । त्यहाँसम्म पुगेर वास्तविकता खोज्ने पत्रकारहरुलाई धन्यवाद ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved