Headlines News :
Home » » अमेरिकामा समुद्री आँधी थप तीव्र

अमेरिकामा समुद्री आँधी थप तीव्र

Written By Unknown on Wednesday, October 31, 2012 | 2:39 AM


न्युयोर्क, कार्तिक १५ - समुद्री आँधी 'स्यान्डी'ले अमेरिकाका विभिन्न राज्यमा गरी २१ जनाको मृत्यु भइसकेको छ । अधिकांश मानवीय क्षति हुरीबतासले रूख ढलेर भएको छ । आधा दर्जनभन्दा बढी राज्य प्रभावित छन् । स्यान्डी प्रभावित क्षेत्रका झन्डै ७५ लाख मानिसहरूको बिजुली सेवा विच्छेद भएको छ । आइतबार राति सुरु आँधीबाट दसदेखि बीस बिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको प्रारम्भिक समाचार छ । बाह्र हजारभन्दा बढी उडान स्थगित भएका छन् । न्युयोर्कका मुख्य तीनवटा विमानस्थलहरू बन्द गरिएका छन् । न्युयोर्कको क्विन्स क्षेत्रको रक वेअन्तर्गत बि्रज प्वाइन्टमा बिजुली सर्किट प्रभावित भएर आगजानी हुँदा ८० घरहरू जलेर नष्ट भएका छन् ।  
अमेरिकाकै सबैभन्दा ठूलो आर्थिक कारोबार क्षेत्र रहेको न्युयोर्क म्यानहाटनको तल्लो क्षेत्र आँधीबाट सबैभन्दा बढी प्रभावित छ । सोमबार राति पानीको मात्रा समुद्री सतहभन्दा १४ फुटमाथि पुगेपछि तल्लो म्यानहाटन क्षेत्र जलमग्न भएको छ । निर्माणाधीन वल्र्ड ट्रेड सेन्टरभित्र ठूलो मात्रामा पानी पसेको छ भने आइतबार रातिदेखि बन्द भएको 'न्युयोर्क मेट्रो सबवे' को अन्डरग्राउन्ड बाटोमा पानी पसेपछि केही दिनसम्म सार्वजनिक यातायात प्रभावित हुने भएको छ । दैनिक चालीसदेखि पचास लाख मानिस आवतजावत गर्ने 'न्युयोर्क मेट्रो सबवे' को एक सय आठ वर्षे इतिहासमै यो सबैभन्दा नराम्रो क्षति जनाइएको छ । संसारकै सबैभन्दा ठूलो न्युयोर्क स्टक एक्सचेन्ज लगातार दोस्रो दिन बन्द भएको छ । मौसमका कारण यसरी स्टक बजार बन्द भएको सय वर्षयताकै पहिलो घटना हो । तल्लो म्यानहाटन क्षेत्रमै रहेको न्युयोर्क युनिभर्सिटीको अस्पतालमा आँधीको प्रभावले जेनेरेटर अवरुद्ध भएपछि दुई सय बिरामी र बीस नवजात शिशुलाई आपतकालीन उद्धार गरिएको छ । 'स्यान्डी' बाट नेपाली आप्रवासीले मानवीय क्षति भने बेहोरेको खबर छैन ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved