Headlines News :
Home » , » ओलीको स्वास्थ्य अवस्था सामान्य

ओलीको स्वास्थ्य अवस्था सामान्य

Written By Unknown on Friday, October 26, 2012 | 5:28 AM

काठमाडौं, कार्तिक १० - स्वास्थ्यमा समस्या आएपछि अमेरिकाको न्युयोर्कस्थित एक अस्पतालमा भर्ना भएका एमाले नेता केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बनेको छ । मेक्सीकोमा भएको कार्यक्रममा सहभागी भई फर्कने क्रममा बिरामी परेपछि नेता ओलीलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको थियो ।
केही दिन अघि अस्पतालबाट डिस्चार्ज भएका नेता ओली हाल न्युयोर्कस्थित साथीको घरमा आराम गरिरहेको एमाले उपाध्यक्ष विद्या भण्डारीले जानकारी दिइन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपाध्यक्ष भण्डारीले बताइन् ।
अमेरिका बसाएका क्रममा ओलीले त्यहाँ रहेका एमाले कार्यकर्ता र नेपालीहरूसँग भेटघाट गरेको ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए । नेता ओली आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved