Headlines News :
Home » » अमेरिकामा आँधीको विध्वंस, ११ को मृत्यु

अमेरिकामा आँधीको विध्वंस, ११ को मृत्यु

Written By Unknown on Tuesday, October 30, 2012 | 3:33 AM


न्यूर्योक, १४ कात्तिक । अमेरिका ‘स्यान्डी’ नामक आँधीले विध्वंस पैदा गरेको छ । १ सय ४४ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी हिजो न्यूर्योक प्रवेश गरेको थियो । आँधीको कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको न्यूर्योक प्रशासनले जनाएको छ । त्यस्तै आँधीबाट ६ करोड मानिस प्रभावित भएको आशंका गरिएको छ । आँधीका कारण अमेरिकाका १२ राज्य जोखिममा परेका छन् भने त्यसमध्ये न्यूर्योक उच्च जोखिममा परेको जनाइएको छ । आँधीकै कारण त्यहाँका पूर्वीय तटमा रहेका राज्यहरु न्यूर्योक, वासिङटनडिसी, मेरिल्याण्ड लगायतमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।
आँधीकै कारण १४ हजार हवाई उडान तालिका रद्द गरिएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । आँधीको उच्च जोखिममा रहेका सर्वसाधारणलाई अन्यन्त्र जान अमेरिकी सरकारले आब्हान गरेको छ भने सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई पनि तिव्रता दिइएको जनाइएको छ ।
आँधीका कारण न्यूर्योकका सर्वसाधारणलाई अन्यन्त्र सारेपछि सहर खाली भएको जनाइएको छ । आँधीकै कारण अमेरिकामा ९–११ को आतंककारी हमलापछि पहिलो पटक स्टक एक्सचेन्ज बन्द भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रका नाममा सम्बोधन गर्दै यो एक आपतकालीन अवस्था भएको भन्दै सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनको सुरक्षा गर्नुभएको बताएका छन् ।
त्यस्तै राष्ट्रपति पदका अर्का उम्मेद्वार मिट रोमनीले पनि आँधी प्रभावित राज्यहरुमा आफ्नो चुनाव प्रचार–प्रचारको कार्यक्रमलाई स्थागित गरेका छन् । अमेरिकामा आँधीका कारण राष्ट्रपतीय चुनावको कार्यक्रम समेत नराम्ररी प्रभावित बन्न पुगेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved