Headlines News :
Home » » बर्मामा शक्तिशाली भूकम्प, ६ को मृत्यु

बर्मामा शक्तिशाली भूकम्प, ६ को मृत्यु

Written By Unknown on Sunday, November 11, 2012 | 12:54 AM


२६ कात्तिक, काठमाडौं । बर्मामा आइतबार ६ दशमलव ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समाचार एजेन्सीलाई उदृत गर्दै एपीले जनाए अनुसार कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
बर्माको मध्य भागतिर स्थानीय समयअनुसार बिहान पौने ८ बजे गएको भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डमा समेत महसुस गरिएको थियो ।
भूकम्पको केन्द्र बर्माको दोस्रो ठूलो शहर मन्डाले शहरबाट करिब १ स य १७ किलोमिटरको दूरीमा जमिनभन्दा १० किलोमिटर तल रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पका कारण भौतिक संरचनाहरुमा क्षति पुगेको छ भने थुप्रो बौद्ध गुम्बा र स्तुपाहरु समेत भत्किएको अधिकारीहरुले बताएका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved