Headlines News :
Home » » केही यस्ता तस्वीर, जसले इतिहास रच्यो !

केही यस्ता तस्वीर, जसले इतिहास रच्यो !

Written By Unknown on Sunday, November 11, 2012 | 12:56 AM


बल्र्ड प्रेस फाटो कन्टेस्ट २०१२ मा आएका तस्वीरहरुले हरेकलाई छोएको छ । प्रतियोगितामा हजारौं फोटोग्राफरले १ लाखभन्दा बढी तस्वीरहरु पठाएका थिए । युक्रेनका लागू औषध दुब्यसनीमा फसेकी सेक्स बर्कसदेखि जापानी सुनामीपछि हातमा आफ्नो छोरीको सर्टिफिकेट आमाको तस्वीरले जन्दगीको अनेक रुपलाई देखाएको छ । लण्डनको साउथ बैँक सेन्टरमा लाखौंबाट छानिएर अबार्ड जितेका तस्वीरहरुको प्रर्दशनी भएको छ ।
सबै तस्वीर सन् २०११ मा क्यामरामा कैद भएका हुन् । सर्वश्रेष्ठ फोटो ग्राफरका अवार्ड स्पेनिस स्यामुअल अरान्डाले हात पारे । उनले यमन सरकारविरोधी प्रदर्शनका क्रममा हानिएको असुर ग्यासमा रुमल्लिएका आफ्ना छोरालाई आँगालेकी एक आमाको तस्वीरका लागि पुरस्कार आएका हुन् । आउनुस् हामी पनि हेरौं सन् २०११ का उत्कृष्ट तस्वीरहरु ।
१. युक्रेनका लागू औषध दुब्यसनीमा फसेकी सेक्स बर्कस त्यसबेला मानिसहरुको आकर्षणको केन्द्र बनिन्, जब चुरोट तान्दै गरेको उनको तस्वीर फोटो ग्राफर ब्रेन्ट स्टिन्टर्नले आफ्नो क्यामारामा कैद गरे ।
२. सानै उमेरका बच्ची बाबुको उमेरका मानिसहरुसँग विवाह गर्ने गलत परम्परालाई देखाउँछ यो तस्वीरले । स्टेफेनले खिचेको यो यमनको तस्वीरले कन्टेम्प्रोरी इस्युमा पहिलो पुरस्कार पाएको छ ।
३. सेनेगलमा आयोजित फेसन शोका क्रममा लुगा सिलाउने ‘दर्जी’ का अगाडी एक मोडलले दिएको पोज । विन्सेन्टको यो तस्वीरले आर्ट एण्ड इन्टरटेन्टमेन्ट क्याटागोरीमा दोस्रो पुरस्कार हात पारेको छ ।
४. सीबड्सको अण्डा खोज्न खतरनाक पहाडमा चढेको पोलर बीयरको तस्वीर फोटो ग्राफर जेन्नी ए रोजले आफ्नो क्यामरामा कैद गरेका हुन् । यो तस्वीरले न्याचुरल सिंगल्स क्याटगोरीको पहिलो पुरस्कार पाएको छ ।
५. रुसको एक रेष्टुरेन्टमा गीत गाउँदै गरेकी गायिकाको यो तस्वीरले आर्ट र एन्टरटेन्टमेन्ट क्याटगोरीमा पुरस्कार पाएको छ । तस्वीर रोब होर्नसट्राको खिचेका हुन् ।
६. उत्तर कोरियाको राजधानी प्याङयाङस्थित एक भवनमा राखिएको संस्थापक नेता किम द्धितिय सुङ्गको तस्वीर । डमिर सागोल्जीको यो तस्वीरले डेली लाइफ विधामा पहिलो पुरस्कार हात पारेको छ ।
७.  लिबियाको बिद्रोहीविरुद्ध सेनाले बल प्रयोग गर्दाको तस्वीर ।
८. वर्षाका बीच भएको रग्बी खेलको भिडन्त ।
९.जुलाई २०११ मा चीनको शांघाईमा भएको बल्र्ड एक्युटिक्स याम्पियनसिपको क्रममा ड्राइभ अभ्यासको क्रममा खिचिएको तस्वीर । एडम पि्रटीको तस्वीरले स्पोटर्स स्टोरीमा दोस्रो पुरस्कार पाएको छ ।
१०.केन्यामा गैंडाको संख्यामा कमी आएको छ । यसको कारण बढ्दो चोरी शिकार । शिकारीहरुबाट बचाउन अब त्यहाँ गैडालाई सशस्त्र सुरक्षा गाडी राख्न थालिएको छ ।
११.जापानमा आएको सुनामी आँधीपछिको तस्वीर । तस्वीरमा एक आमा आफ्नो छोरीको ग्राजुएसन सर्टिफिकेट देखाएरहेका छिन् ।
१२. यमन सरकारविरोधी प्रदर्शनका क्रममा हानिएको असुर ग्यासमा रुमल्लिएका आफ्ना छोरालाई आँगालेकी एक आमाको तस्वीर । स्यामुअल अरान्डाले यही तस्वीरका लागि सर्बश्रेष्ठ फोटोग्राफरको पुरस्कार पाएका हुन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved