Headlines News :
Home » » फेरि रेखालाई अंगाले छविले

फेरि रेखालाई अंगाले छविले

Written By Unknown on Wednesday, November 7, 2012 | 3:25 AM


डिभोर्स गरेको हल्ला फिजाएर अलग अलग बस्दै आएका रेखा थापा र छविराज ओझा बिचको सम्वन्धलाई लिएर सिनेमा क्षेत्रमा चर्चा चल्न थालेको छ ।
छविसँग अलग बसेपनि यि दुइको क्रियालकलाप देखेर धेरै अचम्ममा परेका हुन् । चलचित्र ‘हमेशा’ को छायांकन स्थलमा रेखा र छविले देखाउने गतिविधिले पनि यि दुइबिच राम्रो सम्वन्ध रहेको पुष्टि हुन्छ । चलचित्र ‘लंका’ को एक गितको छायांकनमा नायक नायिकाको भन्दा रेखा र छविको रोमान्स हेर्न लायकको थियो । रेखा फिल्मस् र छविराज प्रोडक्शनको व्यानरमा तयार भइरहेको चलचित्र ‘हमेशा’ को छायांकनस्थलमा रेखा र छवि खुबै खुल्ने गरेका छन् ।
केही समय अघि डिभोर्स गरेको हल्ला फिजाएर यो जोडिले राम्रै चर्चा पाएको थियो । निर्माता ओझाले ‘हमेशा’ छविराज प्रोडक्शनको व्यानरमा निर्माण गर्ने बताएर रेखासँग अलग भएको छनक दिएका थिए । तर छवि ओझाले केही समय बित्न नपाउदै रेखासँग सहकार्य गरी ‘हमेशा’ निर्माणको घोषणा गरेका थिए ।
छवि र रेखाबिचको सम्वन्ध सिनेमा चलाउने राम्रो प्रचारको उपाय मात्र भएको टिप्पणी बजारमा चल्न थालेको छ । रेखा थापाको प्रस्तुतीमा तयार भएको चलचित्र ‘हमेशा’ लाई सविर श्रेष्ठले निर्देशन गरिरहेका छन् । चलचित्रमा रेखा थापा र सविन श्रेष्ठको मुख्य भुमिका छ । चलचित्र चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा ल्याउने तयारी निर्माणपक्षले गरेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved