Headlines News :
Home » » मेरो जीवन साथी’ को पोष्टरमा लुके राजेश हमाल

मेरो जीवन साथी’ को पोष्टरमा लुके राजेश हमाल

Written By Unknown on Thursday, November 1, 2012 | 2:21 AM


नायक राजेश हमाल चलचित्र ‘मेरो जीवन साथी’ को पोष्टरमा अटाएका छैनन् । नायिका सुष्मा कार्कीसँग चलचित्रमा रोमान्स गरेका हमाललाइ चलचित्रको युनिटले तिरस्कार गर्दै पोष्टरमा नराखेको भने होइन । चलचित्रका निर्देशक दिवाकर भट्टराइका अनुसार हमाललाइ अहिले सस्पेन्स राख्न खोजिएको मात्र हो । चलचित्रको अफिसियल पोष्टर विहिबारबाट सार्वजनिक गरिएको हो ।
हमाललाई चलचित्रको प्रदर्शन मितिको केही दिन अघि मात्र सार्वजनिक गर्ने भट्टराइको सोचाई छ । मंसिर १५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रमा हमालका अलवा रेखा थापा, रागिनी खड्गी, रेश महरठ्ठा, सुष्मा कार्की लगायतका मल्टिस्टार कलाकारको अभिनय छ । चलचित्रको शिर्ष गीत अहिले चर्चामा छ । अर्जुन पोखरेलको संगीतमा तयार भएका चलचित्रका गीतसंगीतले दर्शकलाइ हलसम्म तान्ने निर्माणपक्षको विश्वास छ ।



Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved