Headlines News :
Home » » प्रहरीद्वारा साढे दुई लाख वरावरको पटका नष्ट

प्रहरीद्वारा साढे दुई लाख वरावरको पटका नष्ट

Written By Unknown on Thursday, November 1, 2012 | 2:16 AM


आरपी सुवेदी
१६ कात्तिक, बाँके । तिहारलाई लक्षित गरी सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज भित्र्याउदै गरेको पटका सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगरका सशस्त्र प्रहरी उपरिक्षक वीरेन्द्रराज श्रेष्ठका अनुसार गएराति नेपालगन्ज ल्याउदै गरेको पटका नेपालगन्ज-१३ को गढरियनपुर चौकबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी वरिष्ठ हवल्दार बलराम बुढाको कमाण्डमा खटेको गस्ती टोलीले बरामद गरेको उक्त पटाका करिव २ लाख ५० हजार मूल्य बराबरको भएको प्रहरीको अनुमान छ ।तिहारलाई लक्षित गरी भित्रयाईको सो पटाकामा सुतरी बम, रकेट, खुर्सानीबम लगागतका पटाकाहरु रहेका छन् । गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीसंग जम्का भेट भएपछि पटका ल्याउदै गरेका तस्कर भरियाहरु समान फलेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved