Headlines News :
Home » » पुरुषको महिलासँगको मित्रताको मुख्य ध्येय यौन चाहना पूर्ति

पुरुषको महिलासँगको मित्रताको मुख्य ध्येय यौन चाहना पूर्ति

Written By Unknown on Saturday, November 10, 2012 | 2:12 AM


यो सुन्दा सायद पुरुषहरुलाई चित्त नबुझ्न सक्छ । तर अध्ययन अनुसार चाहे पुरुष विवाहित किन नहोस् अरु महिलासँगको उसको मित्रताको मुख्य ध्येय भनेको यौनिक चाहना पूर्तिमा लक्षित हुन्छ ।
तर महिलाको हकमा भने यस्तो यौनिक स्वार्थ लागु हुँदैन । उनीहरु पुरुषसँगको सम्बन्धको विषयमा बढि आदर्शवादी हुन्छन् र जबसम्म सम्बन्धमा समस्या आउँदैन त्यो बेलासम्म उनीहरुले त्यसभन्दा बढि अपेक्षा पनि गरेका हुँदैनन् ।
अध्ययनको क्रममा ८८ जोडी महिला तथा पुरुषलाई उनीहरुको विपरित लिंगीप्रतिको यौनाकर्षणका बारेमा प्रश्न सोधिएको थियो । त्यसक्रममा अधिकांस पुरुषहरुले आफ्ना महिला पार्टनरसँग बढि आकषिर्त हुने गरेको र डेटिङमा गएर मस्ती गर्ने चाहना बढि हुने गरेको बताए । पुरुषहरुले आफ्ना महिला मित्रहरु आफुले सोँचेभन्दा बढि रोमान्टिक हुने गरेको पनि दाबी गरे तर महिला पार्टनरहरु भने यो कुरामा अनभिज्ञ थिए ।
महिलाहरुको हकमा उनीहरु आफ्ना पुरुष मित्रहरु प्रति आकषिर्त त हुने गर्छन् र जबसम्म सम्बन्ध नै टुट्ने स्थितिमा पुग्दैन तबसम्म सेक्सको विषयमा सोँच्न सम्म भ्याएका हुँदैनन् । साथै महिलाहरु विवाहित पुरुष भन्दा अविवाहितसँग बढि आकषिर्त हुने गरेका छन् । अर्को रोचक कुरा के भने विवाहित महिलाहरु पुरुष र महिला मित्रसँग उत्तिकै मात्रामा आकषिर्त हुँदा रहेछन् । उमेर बढ्दै जाँदा विपरित लिंगीप्रतिको आकर्षण पनि घट्दो रहेछ ।
विस्कन्सिन विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनले के निष्कर्ष निकालेको छ भने एउटा वफादार पुरुष साथी महिलाको निम्ति जुनसुकै समयमा पनि स्वार्थी तथा मतलबी व्यक्तिको रुपमा देखा पर्नसक्छ । त्यसकारण महिलाहरु पुरुष साथीको उक्त व्यवहारप्रति सचेत बन्नुपर्छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved