Headlines News :
Home » » निशाले धन्नै भगाएकी दियालाई

निशाले धन्नै भगाएकी दियालाई

Written By Unknown on Sunday, November 11, 2012 | 1:39 AM


उसो त नायिका दिया मास्के र निशा अधिकारी दुबै महिला हुन् । तर नायिका अधिकारीले दियालाई धन्नै बिहे गरेर भगाएकी भन्ने कुरा सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । महिला समलिङ्गीहरुको कथामा आधारित रहेर तयार भएको चलचित्र सुनगाभाःडान्स अफ द अर्किड्समा काम गरिसकेपछि नायिका अधिकारीलाई दिया भगाउने सोच पलाएको हो ।
चलचित्रमा काम गरिसकेपछि कति दिनसम्म आफुमा समलिङ्गी भएको अनुभुती भयो भन्ने प्रश्नमा निशाले दियालाई धन्नै भगाएको बताईन् । सुवर्ण थापाको निर्देशनमा तयार भएको यो चलचित्र पौष २० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउनेछ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रको युनिटले सिनेमाको बारेमा जानकारी गराएको हो ।
दुई समलिङ्गी युवतीहरुको भावनात्मक सम्बन्धलाई मूल बिषय बनाएर निर्माण गरिएको यो सिनेमालाई आमी फिल्मस् र सिते फिल्मस्ले निर्माण गरेका हुन् । चलचित्रमा अधिकांश प्राविधिक टोली फ्रान्सका छन् । चलचित्रमा सारा कोर्नूको छायांकन, सिल्भाँ मोरिजे र कुटुम्बको संगीत, सिल्भी गाद्मेरको सम्पादन छ ।
चलचित्रमा निशा र दिया अलवा सौगात मल्लको समेत मुख्य भुमिका छ । दुई समलिङ्गी महिलाहरुको कथालाई मुख्य बिषय बनाएर तयार पारिएको यो चलचित्रलाई नेपाली दर्शकले रुचाउने विश्वास निर्माणपक्षको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved