Headlines News :
Home » » पोखरामा जीवनसाथी खोज्दै रेश

पोखरामा जीवनसाथी खोज्दै रेश

Written By Unknown on Sunday, November 11, 2012 | 1:41 AM


प्रदर्शन मिति नजिकिदै जाँदा चलचित्र ‘मेरो जीवन साथी’ को युनिट मोफसलका विभिन्न शहरको भ्रमणमा निस्किएको छ ।
भ्रमणमा निर्देशक दिवाकर भट्टराई, निर्माता सूर्य कार्की, नायक रेश महरठ्ठा र संगीतकार अर्जुन पोखरेल सहभागी छन् । टोलीले आफ्नो भ्रमणको सुरुवात पोखराबाट गरेको छ । पोखरा नेपाली सिनेमाले व्यापार गर्ने दोश्रो ठूलो शहरको रुपमा चिनिन्छ । पोखरामा पुगेको टोलीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि सिनेमाको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक भट्टराइले ‘मेरो जीवन साथी’ साधारण कथामा तयार भएको सुन्दर सिनेमा भएको दाबी गरे । पोखरा पुगेको टोलीलाई स्थानीय संचारमाध्यममा अन्र्तवार्ता दिन भ्याइनभ्याई भएको छ ।
टोलीमा सहभागी भएका संगीतकार अजुर्ृन पोखरेलले मोफसलमा गीतसंगीत चर्चित बनेकोमा खुशि लागेको बताए । आइतबार पोखरामा आफ्नो प्रचारप्रसार सकेर यो टोली बुटवलतर्फ लागेको छ । बुटवलका पत्रकारहरुलाई भेट गरेपछि चितवन र्फकने योजना रहेको निर्देशक भट्टराइले अनलाइनखबरलाई जानकारी दिएका छन् ।
चलचित्रमा राजेश हमाल, रेखा थापा, सुष्मा कार्की, रागिनी खड्गी लगायतका कलाकारको समेत अभिनय छ । मंसिर १५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो सिनेमाले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ । चलचित्रको शिर्ष गीत अहिले संचारमाध्यममा चर्चित बनेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved