Headlines News :
Home » » दीपालाई टिउसन पढाउने सरले लभलेटर दिए पछि...

दीपालाई टिउसन पढाउने सरले लभलेटर दिए पछि...

Written By Unknown on Thursday, November 1, 2012 | 4:13 AM

स्कुल पढ्दा मलाई प्रेम प्रस्ताव राख्ने धेरै हुन्थे र मलाई पनि धेरैलाई प्रेम प्रस्ताव राखूँ-राखूँ लाग्थ्यो। कसैले कक्षामा राम्रो नम्बर ल्यायो भने उससँगै प्रेम गरूँ-गरूँ जस्तो हुन्थ्यो। कुनै केटा खेलकुदमा राम्रो छ र सधैँ पहिलामात्र हुन्थ्यो भने मलाई त्यही केटासँग प्रेम गरूँ-गरूँ हुन्थ्यो। कक्षामा मलाई यति धेरै प्रेमपत्र आउँथे कि छक्कै पर्थें।कोही मेरो किताबभित्र गुलाफको फूल राखिदिन्थे भने कोही मलाई प्रपोज नै गर्न आउँथे तर आफूलाई भने खासै त्यस्तो केटा कोही पनि मन परेन। म सानैदेखि एकदमै चञ्चले स्वभावकी थिएँ। 

दश कक्षामा पुगेपछि पढाइ अलि गाह्रो हुन थाल्यो। मेरो आमाले मलाई धरानमा ट्युसन राखिदिनुभयो। अंगे्रजी र गणितमा म कमजोर थिएँ। त्यसैले मैले अंग्रेजी र हिसाबको ट्युसन लिन थाले। मेरो दाइले चिन्नुभएको एकजना मास्टर हुनुहन्थ्यो। उहाँ धरानमा बस्नुहुन्थ्यो। म उहाँकोमा नै ट्युसन पढ्न जाने गर्थें। हामी पाँचसात जना जति हुन्थ्यौं ट्युसनमा। हाम्रो पढाइ राम्ररी चलिरहेको थियो तर एक दिन अचानक म चकित भएँ, एउटा कुराले गर्दा।  
  
ट्युसन पढाउने सरले त मलाई भित्रभित्रै मन पराउनु पो हुँदो रहेछ। मलाई यसबारेमा खासै केही थाहा थिएन तर उहाँले अचानक आएर मलाई लभलेटर दिनुभयो। म नर्भस भएँ र लभलेटर लिएँ। घर गएर चिठी पढेँ। मैले सरको प्रपोजललाई सिधै स्वीकार गरेँ। यो कुरा मेरो आमाले पनि थाहा पाउनुभएछ। उहाँले मलाई एकदुई पटक गाली पनि गर्नुभयो र मैले 'माया बस्यो त बस्यो, अब के गर्ने' भनिदिएँ। यसपछि हाम्रो प्रेमको सिलसिला सुरु भयो। हामीले कहिल्यै नछुट्टिने कसम खाएका थियौं। हामी रिक्सामा बजार घुम्न जान्यौं। फिल्म हेर्न जान्थ्यौं। हामीले हिन्दी फिल्म 'थानेदार' हेरेको म अहिले पनि सम्झन्छु। 
कलेज पढ्दापढ्दै मलाई फिल्मका अफर पनि आउन थाले। हाम्रो मायाप्रीति म कलेज पढ्दा पनि चलि नै रहेको थियो। ऊ मलाई सधैं अब विवाह गर्नुपर्छ भनेर दबाब दिइरहन्थ्यो तर म उसलाई अहिले बेला भएको छैन भनेर टारिरहेकी थिएँ। घरपरिवारले दबाब दिएर उसको विवाह अन्तै गरिदिए। मैले भन्ने कुरा पनि खासै केही थिएन। म पहिला करिअर बनाउन चाहन्थेँ। 

यसपछि मेरो खासै कसैसँग साँठगाँठ भएन। विवाह त अब भगवान्ले जुराएपछि मात्र गरिन्छ होला। के भो र मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved