Headlines News :
Home » » लण्डनमा नेपाली चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ प्रदर्शन

लण्डनमा नेपाली चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ प्रदर्शन

Written By Unknown on Friday, November 2, 2012 | 12:35 AM


दिपिका श्रेष्ठ, लण्डन – पछिल्लो समयमा नेपाली दर्शकहरु माझ बहु प्रतिक्षित मानिएको तथा सबिर श्रेष्ठद्वारा निर्देशित चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ यही साता अल्डरसट स्थित Princes Hall मा दोस्रो प्रदर्शन गरिएको छ ।
नेपाली चलचित्र भन्ने बित्तिकै नाकखुम्चाउने हामी नेपालीको बानीलाई यस चलचित्रको प्रदर्शन पश्चात केही कमी आएको छ । केही साता अघि लण्डनस्थित The Grand Theater WoolWich मा गरिएको विशेष प्रर्दशनबाट निकै प्रशंसा बटुलेको यस चलचित्रले अल्डरसटबाट पनि राम्रो प्रशंसा पाएको छ ।
चलचित्र हेर्न तमु धिं यूकेका अध्यक्ष मुक्षेत्र गुरुङ, एनआर एन कोषाध्यक्ष दिलरास गुरुङ, मिस युके नेपाल २०१२ दुर्गा गुरुङ, शान्ति थापा, नन्दकुमारी गुरुङ लगायतको उपस्तिथि रहेको थियो । प्रविधिको विकाससंगै अहिलेको समयमा नेपालमा पनि निकै राम्रा राम्रा एवं विभिन्नवर्ग लक्षित चलचित्र बनिरहेका छन् तर पछिल्लो समय वेलायतमा प्रर्दशन गरिएको प्राय सबै चलचित्र युवा वर्गलाई लक्षित गरी प्रदर्शन गरिएको अवस्थामा भने यो चलचित्र पूर्णतया पारिवारिक, सांगितिक प्रेम कथामाआधारित परिवारका साथ हेर्न मिल्ने र प्राविधिक हिसाबले पनि निकै राम्रो लागेको दर्शकहरुले प्रतिक्रिया दिए साथै धेरै पछि राम्रो नेपाली चलचित्र हेर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए ।
अन्य थुपै देशमा प्रदर्शन भईसकेको यस चलचित्र कात्र्तिक ३ देखि अल नेपाल रिलिज भइरहेको छ । अन्य तीन चलचित्र ‘सो सिम्पल’, ‘लुट कम्पनी’ र ‘धुवा यो नशा’ सँगै एक साथ प्रदर्शनमा आएता पनि आजको दिनसम्म ‘के म तिम्रो साथी बन्न सक्छु’ ले सबैभन्दा राम्रो व्यापार गरेको यस चल्चित्रका बितरक हरि बरालले बतए ।
नेपाली रजतपटमा निकै नै महंगा एवं युवापुस्तामा लोकप्रिय मानिएका आर्यन सिग्देल नायकको भुमिकामा देखिएका छन् र थुप्रै चलचित्रमा बालकलाकारका रुपमा अभिनय गरिसकेकी १७ वर्षे दिप्तीगिरीले यस चलचित्रबाट डेब्यू गरेकी छिन् । यसचलचित्रलाई वृmषा चौलागाइंले निर्माण गरेकी हुन् ।
नेपालस्थित “आमाको घर” समाजसेवी दिलशोभा श्रेष्ठको सहयोगार्थ गरिएको सो चलचित्र अल्डरसट प्रर्दशनका लागि दिपक गुरुङ, प्रशान्त थापा, राजभाइ, आमा समुह (अल्डरसट) ले विशेष सहयोग गरेकाथिए साथै ए.एम. रेष्टुरेण्ट र सुर्य गुरुङ ज्यूले चलचित्रलाई प्रायोजन गर्नुभएको थियो ।
चलचित्र ‘के म तिम्रो साथीबन्न सक्छु’ वेलायत प्रर्दशनको जिम्मा के.के. मुभिज प्रोडक्सनले लिएको छ भने मनिष श्रेष्ठ, विनोद ज्ञवाली, दिनेश कार्की, सागर खरेल लगायतले साथ दिएका छन् । साथै वेलायतस्थित विभिन्न व्यवसायीहरुले प्रायोजन गरेका छन् । नेपाली टिभी, नेपालीपत्र, नेपाली समाज डट कम, नेपाल ब्रिटेन डट कम यस चलचित्रको मिडिया पार्टनर रहेको छ । चलचित्र छिटै नै रिडिङ र ह्यारोमा छिटै प्रदर्शन हुँदै छ ।
- भिडियो हेर्नुहोस् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved