१३ कात्तिक, काठमाडौं । गोरखा भन्ने वित्तिकै ऐतिहासिरुपले चिनिन्छ । तर गोरखा ऐतिहासिक रुपले मात्र नभएर धार्मीक र पर्यटकीय हिसावले पनि निकै प्रख्यात रहेको छ । ऐतिसिक रुपले गोरखाको दरबार प्रख्यात रहेको छ भने धार्मिक हिसावले मनकामना मन्दिर ।
त्यसै गरी पर्यटकीय हिसावले विश्वको आठौं तथा नेपालको सातौ अग्लो हिमाल मनास्लु हिमालको अवलोकन तथा मनास्लु पदयात्रले प्रख्यात रहेको छ । हिमाल सस्कृती र ऐतिहाँसिक स्थलको संगम थलो हो गोरखा ।
नेपालको एक मात्र केबुलकार भएर जान मिल्ने भएकाले पनि मनकामना मन्दिरको झन रौनकता रहेको छ । नेपालको एकीकरणका नायक पृथ्वीनारायाण शाहको जन्म थलो तथा गोरखा दरबार पनि पर्यटकीय हिसावले निकै महत्तव रहेको छ ।
त्यस्तै नेपालको पहिलो शहिद लखन थापाको गाउँ पनि गोरखामा नै पर्छ । त्यसै गरी गोरखाको उत्तरी क्षेत्र हिमाली भेगका साथै चिनको सीमाना जोडिएको क्षेत्र हो । सरकारले गोरखाको सात वटा गावीस समेटर सन् १९९८ मा मनास्लु संरक्षण क्षेत्र आयोजना घोषण गरेपछि पर्यटनको ढोका खुलेको छ ।


No comments:
Post a Comment