Headlines News :

Latest Post

Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

करिना अब नाइका बाट पत्रकार बनिन

Written By Unknown on Sunday, November 11, 2012 | 4:40 AM


बन्धनमा बाँधिएकी नायीका करिना कपुर अब पत्रकार बन्ने भएकी छिन् । करिना कपूर अभीनय छाडेर पत्रकार भने बन्न लागेकी होइनन् उनी प्रकाश झा को नयाँ चलचित्र ‘सत्याग्रह’मा उनले पत्रकारको भूमिका निभाउन लागेकी हुन् । उनले उक्त चलचित्रमा सिएनएनकी अनुभवी पत्रकारको भूमिका निर्वाह गर्ने भएकी छिन् ।
सैफ अलि खानसँग विवाह बन्धनमा बाँधीएपछि उनले गर्ने यो चलचित्र पहिलो चलचित्र हो भने उनले सलमान खानको दबंग-२ मा एक आइटम गितमा गरिसकेकी छिन् । स्रोतले दिएको जानकारी अनुसार आजकल करिना रिपोर्टिङको तरिका सिकिरहेकी छिन् ।

कोरियामा दिपकले धमाका मच्चाउँदै

नोभेम्बर ९ तारिखमा दक्षिण कोरिया पुगेका गायक दिपक बज्रचार्यले आइतबार आयोजना हुने सांकृतिक कार्यक्रममा धमाका मच्चाउने तयारी गर्दैछन् । नेवाःपुचः दक्षिण कोरियाको आयोजनामा हुन लागेको दिपक बज्रचार्य लाईभ इन कन्सर्टमा भाग लिन दिपक त्यहाँ पुगेका हुन् ।
दिपकले कन्सर्टमा दर्शकको मनोरञ्जनका लागि विशेष रुपमा पृथक, रोमान्चक र मनोरञ्जनात्मक ढंगले आफ्ना नयाँ तथा पुराना गीतहरु पस्कने तयारी गरेका छन् । ओ अमिरा, पि्रय तिमी आउ, काली काली हिस्सी परेकी, जानी जानी, जुजुनाना लगायतका गितहरु दिपकले कार्यक्रममा पस्कने बताइएको छ ।

पोखरामा जीवनसाथी खोज्दै रेश


प्रदर्शन मिति नजिकिदै जाँदा चलचित्र ‘मेरो जीवन साथी’ को युनिट मोफसलका विभिन्न शहरको भ्रमणमा निस्किएको छ ।
भ्रमणमा निर्देशक दिवाकर भट्टराई, निर्माता सूर्य कार्की, नायक रेश महरठ्ठा र संगीतकार अर्जुन पोखरेल सहभागी छन् । टोलीले आफ्नो भ्रमणको सुरुवात पोखराबाट गरेको छ । पोखरा नेपाली सिनेमाले व्यापार गर्ने दोश्रो ठूलो शहरको रुपमा चिनिन्छ । पोखरामा पुगेको टोलीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि सिनेमाको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक भट्टराइले ‘मेरो जीवन साथी’ साधारण कथामा तयार भएको सुन्दर सिनेमा भएको दाबी गरे । पोखरा पुगेको टोलीलाई स्थानीय संचारमाध्यममा अन्र्तवार्ता दिन भ्याइनभ्याई भएको छ ।
टोलीमा सहभागी भएका संगीतकार अजुर्ृन पोखरेलले मोफसलमा गीतसंगीत चर्चित बनेकोमा खुशि लागेको बताए । आइतबार पोखरामा आफ्नो प्रचारप्रसार सकेर यो टोली बुटवलतर्फ लागेको छ । बुटवलका पत्रकारहरुलाई भेट गरेपछि चितवन र्फकने योजना रहेको निर्देशक भट्टराइले अनलाइनखबरलाई जानकारी दिएका छन् ।
चलचित्रमा राजेश हमाल, रेखा थापा, सुष्मा कार्की, रागिनी खड्गी लगायतका कलाकारको समेत अभिनय छ । मंसिर १५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो सिनेमाले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ । चलचित्रको शिर्ष गीत अहिले संचारमाध्यममा चर्चित बनेको छ ।

निशाले धन्नै भगाएकी दियालाई


उसो त नायिका दिया मास्के र निशा अधिकारी दुबै महिला हुन् । तर नायिका अधिकारीले दियालाई धन्नै बिहे गरेर भगाएकी भन्ने कुरा सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । महिला समलिङ्गीहरुको कथामा आधारित रहेर तयार भएको चलचित्र सुनगाभाःडान्स अफ द अर्किड्समा काम गरिसकेपछि नायिका अधिकारीलाई दिया भगाउने सोच पलाएको हो ।
चलचित्रमा काम गरिसकेपछि कति दिनसम्म आफुमा समलिङ्गी भएको अनुभुती भयो भन्ने प्रश्नमा निशाले दियालाई धन्नै भगाएको बताईन् । सुवर्ण थापाको निर्देशनमा तयार भएको यो चलचित्र पौष २० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउनेछ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रको युनिटले सिनेमाको बारेमा जानकारी गराएको हो ।
दुई समलिङ्गी युवतीहरुको भावनात्मक सम्बन्धलाई मूल बिषय बनाएर निर्माण गरिएको यो सिनेमालाई आमी फिल्मस् र सिते फिल्मस्ले निर्माण गरेका हुन् । चलचित्रमा अधिकांश प्राविधिक टोली फ्रान्सका छन् । चलचित्रमा सारा कोर्नूको छायांकन, सिल्भाँ मोरिजे र कुटुम्बको संगीत, सिल्भी गाद्मेरको सम्पादन छ ।
चलचित्रमा निशा र दिया अलवा सौगात मल्लको समेत मुख्य भुमिका छ । दुई समलिङ्गी महिलाहरुको कथालाई मुख्य बिषय बनाएर तयार पारिएको यो चलचित्रलाई नेपाली दर्शकले रुचाउने विश्वास निर्माणपक्षको छ ।

छरितो ज्यान बनाउँदै ज्याक्वेलिन


क्यानाडाका प्रशिक्षकबाट उनले तालिम लिइरहेकी छन्, उनको शरीर केही पातलो र बलियो हुनेछ,’ एक स्रोतले बताए।
उनले शरीरको मिहीन व्यायाम, नृत्य र स्टन्टको अलगअलग प्रशिक्षण लिइरहेकी छन्। शारीरिक लचकताका लागि उनले विक्रम योगा अभ्यास गरिरहेकी छन्। उनीद्वारा यसअघि अभिनित फिल्म ‘अलादिन’, ‘जाने कहाँ से आयी है’, ‘हाउसफुल’, ‘मर्डर २’ र ‘हाउसफुल २’ हुन्।
सन् २००८ मा बनेको ‘रेस’को दोस्रो भाग यस फिल्मको निर्देशन अब्बास मस्तानले गर्दैछन्। फिल्ममा सैफ अलि खान, जोहन अब्रहाम, दीपिका पादुकोण र अनिल कपुरको पनि अभिनय रहनेछ।

फेसबुकमा १९ लाख नेपाली


फेसबुकमा नेपाली प्रयोगकर्ताहरुको संख्या १९ लाख १९ हजार नाघेको छ । सामाजिक सञ्चालबारे अध्ययन गर्ने संस्था सोशल बेकर्सका अनुसार यदि हरेक प्रोफाइललाई एक जीवित व्यक्तिका रुपमा गणना गर्ने हो भने नेपालको कुल जनसंख्याको ६ दशमलव ६३ प्रतिशत मानिसले फेसबुक प्रयोग गर्ने गरेका छन् ।
फेसबुक प्रयोगकर्ताहरुमा सबैभन्दा बढी १८ देखि २४ वर्ष उमेर समूहका छन् । फेसबुक प्रयोयकर्तामा यो उमेर समूहका नेपाली ९ लाख २ हजार छन् । त्यसपछि २५ देखि ३४ वर्ष उमेर समूहका छन् । फेसबुकमा महिलाको तुलनामा पुरुषको संख्या बढी छ ।

लोप हुँदै

पोखराको वैदामस्थित एक घरमा दही मोथ्दै एक महिला । परम्परागतरुप यसरी दही मोथिने क्रम आधुनिक मेसिनका कारण लोप हुँदै गएको छ । 

सर्लिन चोपडाको फिल्म ‘कामसुत्र’को सुटिङ हलिउडमा

Written By Unknown on Saturday, November 10, 2012 | 9:48 AM


नयाँ दिल्ली, कात्तिक २५ (एजेन्सी) – मोडलिङबाट सिनेमातिर लाग्दै गरेकी सर्लिन चोपडा फिल्म कामसुत्रमा निक्कै बोल्ड भएर उत्रने भएकी छिन्। प्लेव्वाई म्यागेजिनका लागि नाङ्गो फोटो खिचाएकी सर्लिन चोपडाका बोल्ड सिनहरु भारतमा सुटिङ गर्दा विवादमा पर्नसक्ने भएकाले हलिउडमा गर्ने तयारी भएको हो।
फिल्मका निर्देशक रुपेश पाउलले कुनै समस्या चाहेका छैनन्। यस्तो फिल्म निर्माण गर्दा सामाजिक संगठनहरु सक्रिय भएर समस्या ल्याउन सक्ने भएकाले लस एन्जल्समा सुटिङ गर्ने उनको तयारी छ। त्यसका लागि उनले स्टुडियोको बैनासमेत गरेका छन्।
सर्लिनको नाङ्गा तस्बिरले यसअघि चर्चा र विवाद दुबै जन्माएका छन्। निर्देशक पाउलले पनि फिल्म थाल्नुअघि नै नाङ्गा दृष्य नराख्नर दवावहरु खेप्न थालिसके। यसले समस्या ल्याउनसक्ने उनको बुझाइ छ।
भारतका गुजराज, राजस्थान, मध्यप्रदेश र मुम्बईमा सुटिङ हुने फिल्मका यौनक्रिडाका दृय्य भने हलिउडमा सुटिङ हुने भएका हुन्।
कामसुत्र थ्रीडी फिल्म हुने उनले जानकारी दिए।

आखिर के काट्यो त सेन्सरबोर्डले एटीएमको दृश्य ? (फोटो र भिडियो सहित)


विभिन्न विवादका बिच चलचित्र ‘एटीएम’ मंसिर ८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भएको छ । बिषयबस्तुका बारेमा खासै केही नखुलाइएको यो चलचित्रमा समावेश दृश्यले धेरै नै चर्चा पाएको छ ।
दिनेश थापाले निर्माण गरेको चलचित्रलाई यादव सिलवालले निर्देशन गरेका हुन् । चलचित्रमा दिनेशका अलवा जिया के.सी, सोनीया शर्मा र सविना कार्कीको मुख्य भुमिका छ । चलचित्र भित्र समावेश अधिकांश दृश्यहरुमा तिन नायिका र एक नायकको उत्तेजक प्रस्तुती हेर्न सकिन्छ ।
चलचित्रमा समावेश धेरैजसो दृश्य चलचित्र सेन्सर बोर्डले काटेको भनिएको थियो । तर एटीएमल युनिटले प्रचारका लागि तयार पारेको प्रोमोमा भने सिनेमाका सबैजसो दृश्यहरु देख्न सकिन्छ ।

घोषणा गरेको डेढ बर्षपछि सुरु भयो रक्षा


नायक राजेश हमालले चलचित्र ‘रक्षा’ मा काम गर्नका लागि संझौता गरेका एक बर्ष भैसकेको छ । छायांकार रामेश्वर कार्कीले पनि सिनेमा खिच्नका लागि संझौता गरेको डेढ बर्ष भैसकेको छ ।
तर चलचित्रका अधिकांश कलाकारले एग्रिमेन्ट गरेको डेढ बर्षपछि चलचित्र ‘रक्षा’ को छायांकन सुरु भएको छ । बस्नेत फिल्मस्को व्यानरमा तयार हुन लागेको यो चलचित्रलाई पबन बस्नेतले निर्माण गर्न लागेका हुन् । चलचित्रमा राजु गिरीको निर्देशन रहनेछ । चलचित्र रक्षामा राजेश हमाल, सुशान्त कार्की, आयुष फुयाँल, सुशिल पोखरेल, सारिका घिमिरे, एलिजा रिजाल लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द, रामेश्वर कार्कीको छायांकन रहनेछ । चलचित्रको सोमबारसम्म छायांकन गरी तिहारसम्मका लागि प्याकअप गरिने निर्देशक गिरीले बताए । चलचित्रको शनिबार ललितपुरको एक मन्दिरमा शुभमुहुर्त गरिएको छ । चलचित्रको शुभमुहुर्त सटको निर्देशन बसन्त निरौलाले गरेका थिए । पत्रकार संघका महासचिव लक्ष्मण सुबेदीले नरिबल फोडेको कार्यक्रममा चलचित्रका अधिकांश कलाकारको उपस्थिती थियो ।

न्युयोर्कमा भिक्टोरियास् सिक्रेट फेसन सोमा मोडल। तस्बिर:रोयटर्स

विश्वकै एक मात्र प्याराहाईकिङ्ग (फोटो फिचर)


दामोदर पराजुली
निलो आकाश, लहरै देखिने अन्नपुर्ण हिमाल, अनि आकाशबाट देखिने पोखरा उपत्यकासहित बेगनास तालको मनोरम दृश्य । सुन्दा र पढ्दाको अनुभूतिले मात्र पुग्दैन, त्यो अनुभूति गर्नका लागि उड्नै पर्ने हुन्छ । हवाईजहाजको सिसाबाट हेरेको र खुल्ला आकासबाट देखिने दृश्यको फरक अनुभूति गर्न आकासमा उड्नै पर्ने हुन्छ । आकाशमा उड्नुको मज्जा नै अर्कै हुन्छ । खुल्ला आकाशमा हावाको वेगको मापन अनुसार गति । अनि चरा र चरासँगै उड्नुको मज्जा नै कस्तो हुन्छ त्यो चरासँग उड्नेलाई मात्र थाहा हुन सक्छ । सारङकोटबाट उडिसकेपछि तालिम प्राप्त चरालाई पाईलटले बोलाउँछन् । अनि चरा आएर हातमा बस्छ र हातमा राखेको मासु खाएर पुनः जाने गर्छ । यस्तो प्रकृया निरन्तर गर्न सकिन्छ । पाईलटको आवश्यक्ता र उडान भर्नेको रुची अनुसार पनि हुने गर्छ । विशेष गरी चरासँग उड्दा उचाई लिन तथा हावाको मापन गर्न निकै सजिलो हुने गर्छ ।
 सायद थोरैलाई मात्र जानकारी हुन सक्छ की नेपालको कास्की जिल्लाको पोखरामा विश्वकै एकमात्र प्याराहाईकिङ्ग गरिन्छ भनेर । स्वदेशी भन्दा विदेशी पर्यटकका लागि प्रख्यात रहेको प्याराहाईकिङ्ग बिस्तारै नेपालीका लागि प्रख्यात बन्दै गएको छ ।नेपाल साहसिक पदयात्रा, साहसिक पर्वताहोरण मात्र नभएर विश्वमा प्याराहाईकिङले पनि प्रख्यात रहेको छ । तर नेपालमा भने यस्को त्यति प्रचार प्रसार हुन सकेको छैन ।प्यारगलाईडिङका लागि नेपलको सबैभन्दा पहिलो स्थानमा पर्छ पोखराको सराङकोट । अन्यत्र भन्दा यहाँ प्यारगलाईडिङ गर्दा एकै साथ हिमाल, ताल, शहर देख्न पाईने भएका कारण पनि प्रख्यात रहेको छ
प्यारगलाईडिङ मात्र गर्नका लागि बर्षेनी हजारौं संख्यामा नेपालीहरु समेत पोखरा आउने गर्छन् । तर प्याराहाईकिड गर्नेको सख्या भने विदेशीको तुलनामा निकै कम रहेको छ ।पोखराको सारङकोट नै सबैभन्दा उपयुक्त स्थान हो प्याराहाईकिङका लागि । यसका अलवा स्याङजाको चिरकोट, तनहुँको बन्दिपुर पनि निकै प्रख्यात रहेको छ ।नेपालको सबैभन्दा बढी आन्तरीक तथा बाह्य पर्यटकहरु पोखरामा नै प्यारागलाइकिङ गर्ने गर्छन् । पोखरामा प्यारगलाईकिङ गर्दा हिमाल, ताल र घना बस्ती एकै समयमा देख्न सकिने भएका कारण पनि यो स्थान रोजाईमा पर्न गएको हो ।
 यकिन साथ कहिलेदेखि सुरु भएको भन्ने तिथि नरहे पनि करीब १५ बर्ष अघिदेखि नेपालमा प्यारगलाईडिङ सुरु भएको हो ।सराङकोटको उचाई १ हजार ५ सय मिटर रहेको छ भने प्यारगलाईकिङ गर्दा १८५० मिटर सम्म उड्ने गरिन्छ । यो सरकारले उड्यन प्राधिकरणसँग समन्वय गरी निर्धारण गरेको उचाई हो ।सामान्यतया बर्षभरी नै प्यारगलाईकिङ गरिने भएपनि भदौदेखि पुषसम्म राम्रो हुने गर्दछ । यो समयमा हिमालको मनोरम दृश्यका साथै मौसमले पनि साथ दिने गर्छ । आधा घण्टा प्यारगलाईकिङमा उडानका लागि नेपालीलाई दश हजार रुपैया लिने गरेका छन् भने विदेशीका लागि १६ हजार पाचसय रुपैया लिने गरेका छन् पोखराका प्यारगलाईडिङ ब्यबसायीहरुले ।

सैन्य कूटनीति

नेपाल भ्रमणमा रहेका जापानका जीएसओ प्रमुख मेजर मासातोषी कावासेसंग शिष्टाचार भेटवार्ता गर्दै कायममुकायम प्रधानसेनापसित बलाधिकृत रथी नेपाल भूषण चन्द । 

देउसी भनन्

हाम्रो मझेरी  साहित्यीक संस्थाले राजधानीमा सञ्चालन गर्ने सास्कृतिक देउसी भैलोको तयारी कक्षामा सहभागी कलाकारहरु ।

नभनिएका कथा


निशा के.सी
“अंकल भरे आउँदा मलाई हिजोजस्तै चकलेट अनि चुइगम ल्याइदिनु है !” सानीले फुलबुटे फ्रक हल्लाउँदै बालसुलभ भावमा भनी ।
ढोकामा ताल्चा मारिसकेपछि मोहन अंकल सानीको छेउमा पुगे । सानीको कपाल स्नेहले सुमसुम्याउँदै भने, “ल ! ल ! हुन्छ ! खोइ त अंकललाई पप्पी ?” दुबै आँखा चिम्लिएर अंकल भुईंमा टुक्रुक्क बसे । सानीले हत्तनपत्त आफ्नो ओठ मोहन अंकलको गालामा जोडेर च्वाक्क गरी । अनि टेरिवेयर च्यापेर खेल्न दौडिई ।
मोहन अंकल बिस्तारै उठे । सानीको निश्छल पप्पीलाई मनमनै अनुभूत गरे । र, लामालामा पाइला बढाउँदै लागे कलेजतर्फ ।
सानीलाई काठमाडौंको बोडिङमा पढाउने रहरले एक महिनाअघि मात्र आफ्नो पहाड घर खोटाङबाट लिएर आएका थिए, सानीका बाबाले । काठमाडौंमा कोठा खोज्दाखोज्दा वाक्कै भएपछि जे पर्लापर्ला भनी धोबीघाटमा ससानो भुईतले घर भाडामा लिई बसेका थिए ।
अग्लो पर्खालले घेरिएको सानो आंगनमा पखेटा काटिएकी चरीझैं सानी एक्लै टोलाइरहन्थी । भरखर गाउँबाट आएकी उसका गाउँमा जस्तो साथीहरु थिएनन् । खुल्ला आकास मुनि खेल्ने चौरहरु थिएनन् । आमाको त्यो मायालु काख थिएन, जुन काखको सिरानीमा ऊ भुसुक्क पिंढीमै निदाउँथी ।
नियास्रिएका सानीका अनुहार र बटारिएका परेलीलाई सुम्सुम्याउँदै सानीका बाबा द्रविभूत बन्थे ।
“गेट बाहिर ननिस्कनु है सानु ! भोक लाग्यो भने बिस्कुट खानु ल !” गेटसम्म पच्छयाइरहेकी सानीलाई लक्ष्मणरेखाको बोध गराउँदै गरुङ्गो पाइला बढाउथे कलेजतर्फ । स्विकारोक्तिमा टाउको हल्लाउँथी सानी । र, झोलुङ्गेपुलबाट ओझेल नपरुन्जेलसम्म टिठलाग्दो आँखाले हेरिरहन्थी बाबालाई । उसका मुक आँखाले प्रश्न गरिरहन्थे बाबासँग, आमा कहिले आइपुग्नु हुन्छ ?
सानीलाई सुनसान एकलासे घरमा एक्लै छोडी क्याम्पस जान उनको मनले पनि मान्दैनथ्यो । परिस्थितिले गर्दा उनी विवश थिए । स्कुल भर्ना हुनुअघि दिनुपर्ने प्रवेश परीक्षाले गर्दा सानीकी आमालाई घरको चाँजोपाँजो मिलाएर जतिसक्दो छिटो आउन भनी अपरझटमा सानीलाई लिएर आएका थिए ।
कीर्तिपुर विश्वविद्यालय नजिकैपर्ने धोबीघाटको डेरामा सानी एक्लै टोलाएर यताउती गर्थी । उसको स्कुल सुरु हुन अझै केही दिन बाँकी नै थियो । यसै बीचमा मोहन सर पनि विश्वविद्यालय पायकपर्ने कोठा खोज्दै रहेछन् । सानीका बाबालाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो । अनावश्यक कोठा राखिछाड्नुभन्दा साथीलाई भाडामा दिए आर्थिक भार पनि केही कम हुने र मान्छेको चहलपहलले सानीको न्यास्रो पनि मेटिने सोची आफूले दुइटा कोठा र एउटा भान्छा लिएर दुइटा कोठा मोहन सरलाई भाडामा दिए ।
पहिलोपटक मोहन अंकललाई देख्दा सानी निकै डराएकी थिई । मोटो, अग्लो उचाइ, कालो रङ, बल्ढेङ्ग्रे आँखा र लत्रेका भद्दा ओठ ! देख्दै भयङ्कर डरलाग्दो ! आफ्नै भान्छामा खाना खाइरहेका बेलामा बाबाको छेको परेर उसले मोहन अंकल र उनका भाइ केशव अंकललाई पालैपालो नियालेकी थिई । कम बोल्ने, बोल्दा मुसुमुसु हाँस्ने केशव अंकल उसलाई आफ्नै काकाजस्तै लागेको थियो । मोहन अंकल भने प्याकुलीको घरको कालो गोरुजस्तै ! त्यो गोरुसँग ऊ मात्र नभई गाउँका सबै केटाकेटी डराउँथे । नडराउन् पनि किन ? त्यस गोरुले एकपटक प्याकुलीको दाजुलाई नै हानेको थियो । धन्य आँखा जोगिएछ । गाला मुनिको नीलडाम देखेर गाउँलेहरु जिब्रो टोक्थे ।
“कत्ति प्यारी छोरी रहिछ दवाडीजी, तपाईँको ! चकलेट सकलेट केही लिएर आइएन । कत्ति वर्षकी भई ?” मुख चुठेर तौलियाले पुछदै मोहन अंकलले सोधे ।
“भोलिदेखि आठ पुरा भएर नांै लाग्छे ।” मिति र गते जोड्दै सानीका बाबाले भने ।
“मेरो छोरी पनि त यत्रै त छे । चालीस वर्षमा जन्मिएकी !” मुसुक्क हाँस्दै मोहन अंकलले भने ।
उनीहरु निकै अबेरसम्म कुराकानी गर्दै रहे । सानीलाई निद्रा लागेको हुँदा ऊ पलङको भित्तापट्टी फर्केर भुसुक्कै निदाई । त्यस रात सानीले सपनामा मोहन अंकललाई देखी । थुप्रै थुप्रै चुइगम, चकलेट सानीको पोल्टाभरी हालिदिएर मायाँले सानीको कपाल सुम्सुम्याउँदैं गरेको । त्यति धेरै चकलेट र चुइगम पाएर ऊ सपनामा खुशी भएकी थिई ।
भोलिपल्टको साँझ, सपनाभन्दा पनि बढी खुशी र रमाइलो लाग्यो सानीलाई । मोहन अंकल र केशव अंकलले सेतो रङको सुन्दर टेडिवेयर र डेरी मिल्क उपहार दिएका थिए । उसको जन्मदिनको खुशीयालीमा ।
त्यस साँझदेखि सानीको मोहन अंकलसँगको डर हराउन पुग्यो । मोहन अंकलले गरेको माया, आफन्तीय व्यवहार र घरमा पस्दा सानी ! सानी ! भन्दै बोलाउँदै छिर्ने बानीले गर्दा सानी मोहन अंकलसँग केशव अंकलसँगभन्दा बढी घुलमिल भएकी थिई । त्यसैले त ऊ निसंकोच मोहन अंकलसँग चुइगम, चकलेटको माग गर्न थालेकी थिई ।
त्यस दिन मोहन अंकल छिट्टै घर फर्किए । झोलुङ्गे पुलमा आउँदै गरेका अंकललाई टाढैबाट देखी सानीले । खेल्दै गरेको टेडिवेयर च्यापेर अंकलको औला समाउन पुगी । उनी पनि सानीलाई डोर्याउँदै कोठा भित्र छिरे । लुगा नै नफेरी ओच्छयानमा पल्टिए ।
भाइलाई विश्वविद्यालयमा डिग्री गर्ने र प्राइवेट कलेजमा पार्टटाइम पढाउने प्रबन्ध मिलाएर आफू इलामतिरै र्फकने मनसुवा बनाएका मोहन सर जतिसक्दो छिटो इलाम क्याम्पसमै सरुवा मिलाउने ताकमा दिनहुँजसो डिन कार्यालय पनि धाउने गर्थे । छ महिना भइसकेको थियो उनको परिवारसँग भेट नभएको । धनकुटाबाट काठमाडौं सरुवा भएपछि, श्रीमती, छोरा र सानी जत्रै छोरीलाई घर पुरयाएर भाइ केशवलाई लिएर उनी काठमाण्डौं आएका थिए । त्यस दिन पनि डिन कार्यालय पुगेर उनी निरास भएर फर्किएका थिए ।
ढोका छेउको मेचमा बसेर सानी आशाभरी नजरले अंकललाई टुलुटुलु हेरिरही । उसका आँखाले अंकलको खल्तीमा रहेको चकलेट र चुइगमको खोजी गरिरहेका थिए । सधैंसधैं त घर भित्र छिर्नेबित्तिकै सानी सानी भन्दै चकलेट र चुइगम दिने गर्थे । तर आज किन नदिएको होला ? ऊ निरास भएर फर्किनै आँटेकी थिई ।
मोहन अंकलले भने, “सानी चकलेट नखाने ?”
सानीको अनुहारमा खुशीका रङ फेरिए । उसले खुशी हुँदै सोधी, “खै त ?”
“आऊ, यहाँ नजिकै अंकलसँग आएर बस । अंकललाई मायाँ गर । खै त ? तिमीले अंकललाई मायाँ गरेकी ? तिमीलाई अंकलको माया लाग्दैन ?” अलिकति भित्तापट्टी सर्दै अंकलले भने ।
“लाग्छ ।” सानी अंकलको नजिकै गई । सधैंका झैं माया गरी । मुलायम टेडिवेयर सुम्सुयाउँदै अंकलको अनुहार टुलुटुलु हेरिरही । दुई दिनदेखि नखौरिएर छुस्सछुस्स निस्किएका तीलचामले दाह्री कालो अनुहारमा तीखा काँडा बनेर टल्किएका थिए । लत्रिएका मोटा सुष्क ओठ, सरुवा मिलाउन डिन कार्यालय धाउँदा र पिरियडैपिच्छे चर्को आवाजमा चिच्याउँदाचिच्याउँदा कलेटी परेर नीला भएका थिए ।
सानै भए पनि उसले अंकलको त्यो अवश्थाको निरीक्षण गरी । त्यसरी उदास र दुःखी भएको अंकललाई देखेर उसको मन विदिर्ण भएर आयो ।
निकैबेरसम्म अंकल केही नबोलेपछि उसले मायालु आवाजमा सोधी, “अंकललाई सन्चो छैन हो ?”
राताराता अर्धमुदित आँखाबाट सानीतिर अलिकति चिहाउँदै अंकलले भने, “हो ! एकदम टाउको दुखेको छ । अंकलको टाउको थिचिदेऊ न, हुन्छ ?”
सानीले स्वीकारोक्तिमा टाउको हल्लाई । गाउँमा आमालाई टाउको दुखेर पच्छ्यौरीले टनटनी बाधेर आमा छट्पटिएको बेला उसले धेरैपटक आमाको टाउको थिचिदिएकी थिई । यो बेला पनि उसको मन उड्दैउड्दै उही खोटाङमा पुग्यो, जहाँ ऊ चरीझैं रम्ने गर्थी । साथीहरुसँग वनका काफल र ऐंसेलु टिपेर खाने गर्थी । परालका कुन्युमा आसपास खेल्दै लुक्ने गर्थी ।
सानीले एक नजर आफूले बोकेकी टेडिवेयरतर्फ फाली । बोल्दै नबोल्ने निर्जिव टेडिवेयर मात्र अब उसको साथी थियो ।
सानीले टेडिवेयर पलङको छेउमा थपक्क राखी । र, कलिला हत्केलाले बिस्तारै थिच्न थाली अंकलको टाउको । अंकल आँखा चिम्म चिम्लिएर लामोलामो श्वास फेरिरहेका थिए ।
अलि एक्लो परेको घर । दिउँसोको समय भए पनि उतिसारो हल्लाखल्ला सुनिंदैन थियो । घामले तातेर बाग्मती नदी ढल मिसिएको गन्ध लिएर एकनाससँग बगिरहेको थियो । सानीलाई उकुसमुकुस भएर आयो । भकुन्डो जत्रो टाउको थिच्दाथिच्दा उसका कलिला हत्केला गलेर लखतरान भइसकेका थिए । थकित आवाजमा उसले सोधी, “भयो अंकल ?”
अंकल गहिरो निद्राबाट ब्युझिएजस्ता भए, “अँ ! भयो ! भयो ! कत्ति सन्चो भयो मेरी प्यारी सानी ।” भन्दै सानीलाई अँगालोमा बेरेर म्वाई खाए ।
सानीलाई अंकलको आजको म्वाइ अरु दिनको भन्दा बेग्लै लाग्यो । अंकलको अँगालोबाट फुत्किने प्रयास गर्दै भनी, “छ्या कस्तो गन्हाएको खोला ! अंकललाई गन्हाएको छैन ?”
“हो त कस्तो गन्हाएको नि !” अंकलले झयाल ढोका बन्द गरेर सारिएको पर्दालाई टम्म मिलाए । पर्दा लगाएपछिको मधुरो उज्यालोमा सानी असमन्जस्यमा परेर पलङमा बसिरही । दिउँसोको घामले तातेर खोला गन्हाउँदा उसको बाबाले पनि झयाल ढोका बन्द गर्ने गर्नुहुन्थ्यो । तर पर्दा भने लगाउनु हुन्न थियो ।
तर अंकलले किन पर्दा लगाए ! उसले बुझ्न सकिन । उसलाई कताकता त्यो अँध्यारो कोठासँग डर लाग्यो । उसले अंकलको अनुहारमा पुलुक्क हेरी । राताराता धर्सा भरिएका आँखा लोलाउँदै अंकलले भने, “चकलेट नखाने ?”
सानीले प्रश्नसूचकभावमा अंकलको अनुहारमा हेरी । सानीसँगै टाँसिएर बस्दै अंकलले सानीको हात च्याप्प समातेर पाइन्टको गोजीमा घुसारे ।
गोजीको भित्रीले ढाकिएको अनौठो वस्तुसँग सानीको हातले स्पर्श गर्यो । सानीले छामेर हेरी । तर त्यो चकलेट थिएन ।
“अंकल यहाँ त चकलेट छैन ।” सानीले रित्तो हात गोजीबाट निकाल्दै भनी ।
अंकल हाँसे । “तिमीले देखिनौ ? यो के त ?” उनको इसारा खुलेको पाइन्ट चेनतर्फ थियो । सानीले विश्मयभावले अंकलको अनुहारमा हेरी । प्याकुल्लीको कालो गोरुको भन्दा पनि मानवको भयानक दानव स्वरुप देखेर सानीको सातोपुत्लो उड्यो । डरले थरथरी काम्दै हठात् आफनो हात अंकलको हातबाट छुटाउँदै टेडिवेयर टिपेर ऊ पलङबाट र्झन खोजी ।
अंकल छुट्टै दुनियाँमा प्रवेश गरिसकेका थिए । उनको स्वास उनको नियन्त्रणमा थिएन । सही र गलत छुटयाउन सक्ने उनको विवेकशून्य भइसकेको थियो । उनले सानीलाई बाघले झम्टेझैं झम्टे ! बलिष्ट पन्जाले सानीलाई च्यापे । भोको बाघले भेट्टाएको सिकारझैं सानीलाई उफार्दै थचार्दै आफ्ना वलिष्ठ दाह्रा गाड्नै आँटेका थिए ।
त्यसैबेला कसैले ढोकामा ढक्ढक् गरेको आवाजले उनी झस्किए । हत्त न पत्त पेन्टको चेन बन्द गर्दै उनले सानीलाई चुप रहने संकेत दिए । डर र पीडाले लुगलुग काम्दै सानी रुन थाली ।
ढोकामा लगातार ढक्ढक्को आवाज आइरहेको थियो । मोहन अंकलले खुम्चिएको तन्ना तन्याक तुनुक पारे । पर्दा उघारे । आफूलाई सामान्य बनाउने कोशिस गर्दै ढोका खोले ।
“के भयो सानी ? किन रोएकी ?” कोठाभित्र छिर्दै केशव अंकलले सोधे ।
“आज चकलेट ल्याउन बिर्सिएँछु त्यसैले रोएकी । कत्ति फकाइसकेँ मान्दै मान्दिन ।” मोहन अंकलले नजर झुकाएर भने ।
“सधैं चकलेट चुइगम दिएर केटाकेटीको बानी बिगार्न हुन्न भनेर त पहिल्यै भनेको थिएँ नि ।” भताभुतुङ्ग भएको सानीको कपाल र भुईंमा लडिरहेको टेडिवेयरलाई पालैपालो नियाल्दै केशव अंकलले भने ।
सुँक्कसुँक्क गर्दै सानी पलङबाट ओर्लिई ।
“सानी लेऊ तिम्रो टेडिवेयर ।” केशवले भुईंबाट टेडिवेयर उठाएर सानीलाई दिंदै भने ।
टेडिवेयरलाई हेर्दा पनि नहेरी छिटोछिटो ऊ आफ्नो कोठातिर लागी ।
सुकेधारा, काठमाण्डौं

बिबाह बन्धनमा बाँधिदै बिद्या

Written By Unknown on Friday, November 9, 2012 | 9:18 AM


र्टी गर्ल बिद्या बालनको विबाहको खबरले बलिउडमा प्राथमिकता पाउन थालेकोछ । करिब २ वर्ष पहिले विद्या र डिज्नी यूटीबीका म्यानेजिङ डाइरेक्टर सिद्धार्थ राय कपूरको डेटिङ सुरु भएको थियो । झण्डै एक वर्षसम्म त उनीहरुले आफ्नो प्रेम सम्वधलाई गोप्य नै राखे ।
तर, यस वर्षको शुरुवातमा विद्याले आफ्नो प्रेम सम्वन्ध सार्वजनिक गर्दै उनले आफूहरु छिट्टै विवाह बन्धन बाँधिन लागेको समेत बताइन् । उनीहरुले यसै वर्षको डिसेम्बरमा विवाह गर्न लागेको खबर छ ।
डिसेम्बर दोस्रो साता वैवाहिक बन्धनमा बाँधिन उनीहरुले तयारी तिब्र पारेका छन् । विवाहको सम्पूर्ण कार्यक्रमलाई गोप्य राखिएको छ । तर, विवाहपछि विद्या र सिद्धार्थ हनिमुनका लागि क्यारिबियन आइल्याण्ड जाने बताइएको छ ।

शान्तिमायाको सहयोगार्थ इजरायलमा धमाका हुने


५ बर्षसम्म कुवेतको फर्बानिया अस्पतालामा कोमामा उपचार गर्दासमेत निको नभएपछि मृत्युसँग लडिरहेकी मकवानपुरकी शान्तिमाया तामाङको सहयोर्गा इजरायलमा भव्य सांकृतिक कार्यक्रम हुने भएको छ ।
अंग्रेजी नयाँ बर्षको अवसर पारेर आयोजना हुन लागेको कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरुको सहभागिता रहने छ । गायक हिमाल सागर, प्रमोद खरेल, जीवन लामा का साथमा हाँस्यकलाकार सुरज चापागाई-बान्द्रे) को बिशेष प्रस्तुती रहने छ ।
जवनरी ११ मा हुन लागेको यो कार्यक्रमको आयोजना अन्तरराष्ट्रिय कलाकार समाजले गर्न लागेको हो ।
मकवानपुरकी शान्तिमाया साढे ६ बर्ष अघिदेखि अर्धचेतन अवस्थामा छिन् । बैदेशिक रोजगारका लागि कुबेत पुगेकी उनी घरमालिकको यातना सहन नसकी ३ तले घरबाट फाल हालेकी थिइन् । ५ बर्षसम्म कुवेतको फर्बानिया अस्पतालमा उपचार गर्दा समेत निको नभएपछि उनलाई गत बर्ष नेपाल सरकारले उपचारको जिम्मा लिएर कुबेतबाट नेपाल झिकाई पाटन अस्पातलमा भर्ति गराएको थियो ।
तर पाटन अस्पतालमा उपचार सम्भव नभएपछि डिस्चार्ज गरिएको थियो । आर्थिक अभावका कारण मृत्युसँग लडिरहेकी शान्तिमायालाई सहयोग गर्ने उद्देश्य लिएर सांकृतिक कार्यक्रमको आयोजना हुन लागेको हो ।

किन किनमा पर्दा पछाडिका कलाकार पनि देखिने


फागुन २५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ ले एक नयाँ प्रयोगको सुरुवात गरेको छ ।
चलचित्रमा मिहिनेत गरेर काम गरेपनि पर्दा पछाडि नै सिमित रहदै आएका चलचित्रकर्मीहरु ‘किन किन’ को पर्दामो देखिने भएका छन् । चलचित्रको सुरुवातमा नाम समावेश गर्दा पर्दा पछाडिका चलचित्रकर्मीको फोटो समेत समावेश गरिने भएको छ । जसका लागि उनीहरुको फोटोसुट गरिएको छ । चलचित्रका निर्देशक उकेश दाहाल, संगीतकार महेश खड्का, नृत्य निर्देशकत्रय कविराज गहतराज, गोविन्द राई, समन अधिकारी निर्माण नियन्त्रक प्रकाश हमाल लगायतले फोटोसुट गरेका हुन् । उनीहरुको फोटोसुट कमल श्रेष्ठले गरेका हुन् ।
चलचित्रको पर्दा पछाडि रहेर काम गर्ने सबैलाई पर्दा अघि ल्याउन फोटोसुट गरिएको निर्देशक उकेश दाहालले जानकारी गराए । चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सिनाका साथमा नव नायिका अरुणिमा लामाको मुख्य भुमिका छ । सेक्स र प्रेमको बिषयलाई मुख्य रुपमा उठान गरेको यो चलचित्र अहिले प्रतिक्षाको छ ।

३ युवाले वुझेको प्रेमको अध्याय


तिन युवाले वुझेको प्रेमको परिभाषालाई मुख्य आधार बनाएर चलचित्र ‘अध्याय’ को निर्माण गरिएको छ । चलचित्रको हाल पोष्ट प्रोडक्शन कार्य भइरहेको छ ।
काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सिनेमाको बारेमा जानकारी गराइएको हो । एउटै समय र परिबेशमा बसोबास गर्ने तिन फरक फरक पृष्ठभूमिबाट आएका युवाहरुले वुझेको प्रेमलाई सिनेमाले उठान गर्न खोजेको छ ।
उमेश श्रेष्ठ, रामहरी अधिकारी र सुरेश शाहीले निर्माण गरेको यो चलचित्रलाई दिनेश स्याङ्बोले निर्देशन गरेका हुन् । चलचित्रमा महेश शाक्य कर्मा, सिम्पल खनाल लगायतका कलाकारको अभिनय छ । पत्रकार सम्मेलनमा चलचित्रका अधिकांश कलाकार उपस्थित थिएनन् ।


लाखौ कोशिश’ बोलको गीत राजु लामाको नभएको खुलासा (भिडियो सहित)


राजु लामाले आवाज भरेको ‘लाखौ कोशिश गर्दा पनि’ बोलको गीत अहिले पनि श्रोताको मुखमा झुण्डिएको छ । तर यो गीत राजु लामाले भन्दा अघि नै अर्का एक गायकले गाएको खुलासा भएको छ ।
गायक जीवन लामाले २०५९ सालमा आफ्नो पहिलो सोलो एल्बम ‘अनुभव’ मा यो गीतलाई गाएका थिए । तर २०६७ सालमा इन्दिरा पुनको कलेक्सन एल्बम ‘लाखौ कोशिश’ मा राखिएको यो गीतले चर्चा पायो । गीतको चर्चा सँगै गायक राजु लामाले यो गीत गाएको सन्देश श्रोतामा गएको थियो ।
२०५९ सालमा धौलागिरी क्यासेट सेन्टरबाट आएको ‘अनुभव’ एल्लबमको लाखौ कोशिश बोलको गीतमा दिपेन्द्रमान सिंहको संगीत समावेश थियो । तर ‘लाखौ कोशिश’ एल्बममा भने सरोज लामाको संगीत छ । इन्दिरा पुनले सरोजसँग यो गीत किनेर राजु लामालाई गाउन दिएकी थिइन् ।
गायक जीवन लामा क्यानडामा रहेकाले अन्यायमा परेर पनि केहीगर्न नसकेको बताउँछन् । उनले क्यानडाबाट भने, ‘म बिदेशमा रहेकाले कुनै कानुनी प्रक्रियामा जान सकेको छैन ।’ गायक जीवन लामा र राजु लामाले गाएको लाखौ कोशीश गर्दा पनि बोलको गीत को भिडियो यस्तो छ ः

News Headlines

More Post »
Powered by Blogger.
 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved