Headlines News :

Latest Post

Showing posts with label Sports. Show all posts
Showing posts with label Sports. Show all posts

सफल पोखरा कपमा आरसीटी र हिमालयन शेर्पा भिड्ने

Written By Unknown on Thursday, November 1, 2012 | 11:07 PM


१७ कात्तिक, पोखरा । पोखरामा जारी सफल पोखरा कप अन्र्तराष्ट्रिय फुटबल प्रतियोगिताको आजको खेलमा रानीपोखरी कर्नर टिम आरसिटि र हिमालयन शेर्पा क्बलबीच प्रतिष्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा दिउसो २ बजेपछि हुने खेलमा गत महिना राजधानीमा भएको एनसेल कप फुटबलको नतिजा दोहोर्‍याउने दाउमा आरसिटि रहनेछ भने शेर्पा उक्त पराजयको बदला लिने सोचमा मैदान उत्रने छ । एनसेल कपमा आरसिटिले शेर्पालाई ४ – १ गोल अन्र्तरले पराजित गरेको थियो ।
नक आउटका आधारमा खेलाइएको प्रतियोगितामा क्वाटर फाइनलमा प्रबेश गर्न जित्नै पर्ने बाध्यता छ । यसअघि बिहीबारको खेलमा राष्ट्रिय लिग बिजेता नेपाल पुलिस क्लबलाई २ – १ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ ।

सफल पोखरा कपमा आज आयोजक र एनआरटी भिड्ने

Written By Unknown on Wednesday, October 31, 2012 | 12:25 AM


१५ कात्तिक , पोखरा । पोखरामा जारी रहेको सफल पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आज आयोजक पोखरा ११ र न्युरोड टिम एनआरटी बीच प्रतिष्पर्धा हुँदै छ । दिउँसो दुई बजेपछि हुने आजको खेलमा ए डिभिजन खेलिरहेको एनआरटी र घरेलु समर्थकको बलियो साथ पाउने पोखारा ११ बीच निक्कै प्रतिष्पर्धा हुने खेलपे्रमीको विश्वास छ ।
प्रतियोगिता अन्र्तगत मंगलबार भएको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफले फ्रेन्डस क्लबलाई ४- ३ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

नेपालको लगातार तेस्रो हार

Written By Unknown on Tuesday, October 30, 2012 | 10:31 AM


गोन्जाउ (चीन)-, कार्तिक १४ - नेपालले एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टी एसिया कपमा सोमबार लगातार तेस्रो हार बेहोरेको छ । नेपालमाथि आयोजक चीनले ४७ रनको अप्रत्याशित जित निकाल्यो ।
समूह चरणमा टेस्ट राष्ट्र श्रीलंका र बंगलादेशसँग दुवै खेल गुमाएका नेपाल र चीन समूह चरणको अन्तिम खेलमा प्रतिष्ठाका लागि भिडेका थिए । तर चीन नेपालभन्दा बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा अघि रह्यो ।
गोन्जाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नेपालले चीनलाई ब्याटिङको निम्तो दियो । चिनियाँ खेलाडीले पहिलो ओभरदेखि नै आक्रामक ब्याटिङ गर्दै नेपाली बलरलाई निरीह तुल्याए ।
ओपनर झाङ मिले नटआउट ४४ रनको योगदान गरेपछि चीनले २ विकेट क्षतिमा ९२ रनको योगफल तयार पार्‍यो । खेलको पाँचौं ओभरमा मिको क्याच सोनु खड्काले 'ड्रप' गरेकी थिइन् । नेपाली खेलाडीको कमजोर फिल्डिङको फाइदा उठाउँदै चिनियाँ खेलाडीले सजिलै रन बटुलेका थिए ।
कमजोर शट चयन र रन लिँदा दुई ब्याट्सवुमेन्स बीचको कमजोर तालमेलका कारण नेपाल १९ ओभरमा ४५ रनमै समेटियो । शोभा आले टिमले १५ रन जोड्दा रनआउट भएपछि नेपालको लक्ष्य पूरा गर्ने अभियानमा झड्का लागेको थियो । अझ एक रन थप्दा सातौं ओभरमा सीता रानामगर र सरिता मगर पनि रनआउट भएपछि नेपाल दबाबमा देखिएको थियो । नेपाली खेलाडीले सजिलै विकेट गुमाउँदा चीनलाई सहज भयो । नेपालका पाँच खेलाडी रनआउट भए ।
'प्रतियोगितामा ब्याटिङ हाम्रो चिन्ताको विषय थियो । तर चीनविरुद्ध हामी बलिङमा पनि चुक्यौं,' कप्तान रुविना क्षेत्रीले भनिन्, 'चीन तीनवटै क्षेत्रमा बलियो देखियो ।' उनले प्रतियोगिताअघि प्रशिक्षण अवधि छोटो भएको र राम्रो गर्नका लागि अभ्यासमा जोड दिनुपर्ने धारणा राखिन् ।
सीताले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सवुमेन्सले दोहोरो अंक बटुल्न सकेनन् । सोनुले नेपालका लागि एकमात्र चौका प्रहार गरेकी थिइन् । रुविना र नीरा राजोपाध्यायले चीनका दुई ब्याट्सवुमेन्सलाई आउट गरेका थिए ।
प्रशिक्षक सामसनजंग थापाले ब्याटिङ र बलिङ दुवै पक्ष खराब रहेको बताए । 'पछिल्ला वर्ष क्रिकेटमा चीनले धेरै प्रगति गरिसकेको छ, पहिला पाँच ओभरपछि चीनले हामीमाथि दबाब सिर्जना गर्‍यो,' उनले भने । चीनसँगको हारपछि नेपाल समूह 'बी' को पुछारमा रह्यो । प्रतियोगिताको सेमिफाइनलमा श्रीलंका र भारत तथा पाकिस्तान र बंगलादेश मंगलबार भिड्दै छन् ।

एसीसी २०/२० एसिया कप क्रिकेटको आजको खेलमा नेपाल ४५ रनले पराजित

Written By Unknown on Monday, October 29, 2012 | 1:45 AM


३ कात्तिक, काठमाण्डौं । चीनको ग्वान्झाओमा जारी एसीसी २०/२० एसियाकप क्रिकेट प्रतियोगिताको आज सम्पन्न खेलमा नेपालले चीनसँग पराजय बेहोरेको छ ।
चीनले नेपाललाई ४५ रन अन्तरले पराजित गरेको छ ।
प्रतियोगितामा टस हारेर व्याटिङको निम्तो पाएको चीनले निर्धारित २० ओभरको खेल खेल्दै २ विकेटको क्षतिमा ९२ रन बनाएको छ ।
जवाफि व्याटिङमा उत्रिएको नेपालले १९ ओभर खेल्दै सवै विकेट गुमाएर ४७ रनमा समेटिएको थियो । प्रतियोगितामा यसअघि पनि दुई खेलमा पराजय भोगेको नेपाल समूह चरणबाटै बाहिरी सकेको छ ।

वर्ल्डकपको धुनमा दृष्टिविहीन क्रिकेटर

Written By Unknown on Sunday, October 28, 2012 | 1:39 AM


काठमाडौ, कार्तिक १२ - नेपालले १६ औं वरीयताबाट सुरु गर्दै वल्र्ड ट्वान्टी-ट्वान्टी क्रिकेटको छनोट सातौंमा टुंग्याएको थियो । वल्र्ड क्रिकेट लिग डिभिजन फोर च्याम्पियन हुँदै डिभिजन थ्रीमा उक्लियो । दसैंको पूर्वसन्ध्यामा नेपाल यूएईसँगै संयुक्त रूपमा एसीसी एलिट कप च्याम्पियन नै भयो ।
यी त भए, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले वर्ष नबित्दै हात पारेका सफलता । शारीरिक रूपमा सक्षम खेलाडीको राष्ट्रिय टिम एकपछि अर्को गर्दै निरन्तर खुडकिलो चढिरहेको छ । क्रिकेटको यस्तो माहोलमा दृष्टिविहीन नेपाली पनि कमजोर छैनन् । उनीहरूको जोस र सफलताले पनि उकालो बाटो पछ्याइरहेको छ । यस्तोमा दृष्टिविहीन नेपाली क्रिकेटर पहिलोपल्ट सञ्चालन हुन लागेको ट्वान्टी-ट्वान्टी वल्र्डकप खेल्ने तयारीमा छन् ।
भारतको बैंग्लोरमा मंसिर १५ देखि २९ सम्म हुने वल्र्डकपमा टेस्ट क्रिकेट नखेल्ने राष्ट्रहरूको प्रतिनिधित्व नेपालले गर्दैछ । नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेका अनुसार ३० देशका दृष्टिविहीनहरू क्रिकेट खेल्छन् । नेपाली सेनासँग आबद्ध उनले २७ साउन, २०६० मा माओवादीले कालिकोटमा थापेको धरापमा परेर दुवै आँखा गुमाएका थिए । त्यसको ३ वर्षपछि उनकै अगुवाइमा नेपालमा दृष्टिविहीन क्रिकेट सुरु भएको थियो । उनी वल्र्ड ब्लाइन्ड क्रिकेट काउन्सिलका एसियन डेभलपमेन्ट डाइरेक्टर पनि हुन् ।
घरेलु प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता, खेलाडी संख्या र क्षमताका आधारमा वल्र्ड ब्लाइन्ड क्रिकेट काउन्सिलले नेपाललाई नेत्रहीन क्रिकेटको ट्वान्टी-ट्वान्टी वल्र्डकप खेल्न दिने निर्णय गत वर्ष नै गरेको थियो । बेला-बेला आउने अवलोकनकर्ताको मूल्यांकनअनुसार काउन्सिलले नेपाललाई अवसर दिएको घिमिरेले बताए । टेस्ट खेल्ने राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अपि|mका र वेस्ट-इन्डिजले पनि दृष्टिविहीन वल्र्डकप खेल्नेछन् । नौ देशले दुई समूहमा रहेर लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
असोज २१-२५ मा राजधानीमा भएको छनोटबाट वल्र्डकप खेल्ने १६ खेलाडी चयन गरिएको थियो । उनीहरूले मंसिर ३ देखि १२ गतेसम्म बन्द प्रशिक्षणमा रहेर तयारी गर्नेछन् । दसैं/तिहारमा चाहिँ घरमा आफैं शारीरिक अभ्यास गर्नेछन् । नेपालले वल्र्डकपमा सेमिफाइनल पुग्ने लक्ष्य बनाएको छ ।
'शारीरिक रूपमा पूर्ण क्षमता भएका खेलाडीले नै वल्र्डकप खेल्न नपाएको अवस्थामा हाम्रो -नेत्रविहीन) निम्ति सहभागी हुनु नै ठूलो हो,' संघ अध्यक्ष घिमिरेले भने ।
'जीवनमा सबैभन्दा महत्त्वपूर्ण खुसी हो । जुन हामीलाई क्रिकेटले दिएको छ । दुःखमा पनि रमाउन सिक्नुपर्छ भन्ने क्रिकेटले सिकाएको छ,' दृष्टि गुमाएपछि ३ वर्ष घरभित्रै बिताएका उनले भने, 'हामीप्रति समाजले घृणाको व्यवहार त्याग्दै गर्व गर्न थालेको छ । बा-आमालाई खुसी बनाएको छ । खर्च जुटाउन गाह्रो भए पनि नेपालको प्रतिनिधित्व गरेर हामी पनि अन्य खेलाडीजस्तै राष्ट्रको गहना बन्दैछौं । त्यसैले हाम्रा लागि सहभागिता नै जितभन्दा ठूलो हुनेछ ।'
आत्मविश्वासी बन्दै दुलेगौंडा, तनहँुका १९ वषर्ीय सुजन कार्कीलाई माइनस ५ क्षमताको चस्मा लगाएर पनि मान्छे चिन्न हम्मेहम्मे नै पर्छ । ११ वर्षको छँदै दृष्टि गुमाएका उनी सानैदेखि क्रिकेटका पारखी हुन् । वल्र्डकप छनोटको अन्तिम चरणबाट बाहिरिएका उनले भने, 'आँखाले हेर्न नभ्याउँदा पनि क्रिकेट भइरहेको मैदानमा पुग्थें । दृष्टि गुमेपछि क्रिकेट खेल्न सुरु गरंे । क्रिकेट खेलेको देखेर अबचाहिँ केही गर्न सक्छौ भनेर सबैले हौसला दिन्छन् । त्यसैले निकै खुसी लागेको छ ।'
पोखराको भद्रकाली बहुमुखी क्याम्पसमा बीएड तेस्रो वर्षमा अध्ययनरत साँखर, स्याङ्जाकी २२ वषर्ीया भगवती भट्टराई भन्छिन्, 'सिक्नुअघि क्रिकेट कस्तो हुन्छ भन्ने पनि थाहा थिएन । समय उपयोग गर्न पढाइको विकल्प थिएन । क्रिकेट खेल्न थालेपछि आत्मविश्वासी अनुभव गर्न थालें । समाजमा घुलमिल हुन सिकें । र, केही गर्नसक्ने भएँ । मिहिनेत गरे फल प्राप्त हुने आस र आत्मविश्वास क्रिकेटले दिलाएको छ ।' पुरुष टिमले प्रतिस्पर्धा गर्ने भए पनि उनी अवलोकनकर्ताका रूपमा बैंग्लोर जाँदैछिन् ।
एथलेटिक्समा गोन्जाउको पारा एसियाड र लन्डनको पारा ओलम्पिक खेलेका बैतडीका विक्रमबहादुर राना पनि वल्र्डकपका लागि छनोट भएका छन् । एथलेटिक्स खेल्दाखेल्दै क्रिकेटमा किन ? 'क्रिकेट सामूहिक खेल हो । एक खेलाडीले मात्र राम्रो गरेर हँुदैन । क्रिकेटले समूहमा काम गर्ने व्यवहार सिकाउँछ । शारीरिक रूपमा स्वस्थ पनि बनाउँछ । त्यसैले क्रिकेट रोजेको हो,' ३४ वषर्ीय उनले भने ।
सेनामा आबद्ध विक्रमले गुर्जीभन्ज्याङ -नुवाकोट-काठमाडौं सीमा) मा माओवादीले थापेको विद्युतीय धरापमा परेर नौ वर्षअघि दुवै आँखा गुमाएका थिए । वल्र्डकपबारे उनले भने, 'क्रिकेटको कुम्भ हो । यसबाट थप आत्मविश्वासी बन्नेछु ।' आँखा नदेख्ने मान्छे घरबाट टाढा जानु हँुदैन भन्ने नेपाली समाजको मान्यता विस्तारै परिवर्तन भइरहेको उल्लेख गर्दै दृष्टिविहीन क्रिकेटका प्रशिक्षक गंगाप्रसाद पौडेलले भने, 'दृष्टिविहीनको गाली खाने समय अहिले क्रिकेटले लिएको छ । यो राम्रो हो ।
यसले उनीहरूमा आत्मविश्वास जगाउँछ । यो हार-जितको नतिजाभन्दा महत्त्वपूर्ण हो ।'
यसरी खेलिन्छ सामान्य क्रिकेटमा जस्तै दृष्टिविहीन क्रिकेटमा बल उफार्ने गरिंदैन । अर्थात् बल गुडाएर बलिङ गरिन्छ । बल प्लास्टिकको हुन्छ । बलभित्र फलामका स-साना गुच्चा 'ब्यारिङ' राखिन्छ । गुडाएर बलिङ गर्दा त्यही ब्यारिङको आवाज आउँछ । त्यही आवाज अनुमान लगाएर ब्याट्सम्यानले ब्याटिङ गर्छन् ।
दृष्टि शक्तिका आधारमा खेलाडीलाई ३ समूहमा वर्गीकरण गरिन्छ, बी वान, टु र थ्री । पूर्ण दृष्टिविहीन बी वानमा पर्छन् । जसले कालो चस्मा लगाउने गर्छन् । ५ मिटरसम्म छाया अनुभव गर्ने बी टुमा हुन्छन् । २० मिटरसम्मको छाया र गति अनुभव गर्नेलाई बी थ्रीमा राखिन्छ । चौध सदस्यीय एक टिममा बी वान र थ्रीका ५-५ र बी टुका ४ खेलाडी समावेश गर्न सकिन्छ ।
बी वानका खेलाडीले ब्याटिङ गर्दा रनर -रन बनाउन दौडने) लिन पाउँछन् । रनर बी टु वा थ्रीको हुनुपर्छ । बी वानका खेलाडीले लिएको प्रत्येक रन दोब्बर हुन्छ । जस्तै १ रन लियो भने २, चौका हान्यो भने ८ रन, छक्का प्रहार गर्‍यो भने १२ रन जोडिन्छ । बी टु र थ्रीका खेलाडीलाई यस्तो अवसर हुन्न । बलिङमा भने समानता हुन्छ ।
पुरानो अनुभव
ट्वान्टी-ट्वान्टी वल्र्डकप नेपाली दृष्टिविहीन क्रिकेटरले खेल्न लागेको औपचारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । विदेशी भूमिको पहिलो प्रतिस्पर्धा भने हुने छैन । नेपाली दृष्टिविहीन क्रिकेट टिमले सन् २००८ र २०१० मा पाकिस्तान गएर खेलेको थियो । पहिलोपल्ट त्यहाँको स्थानीय टिमसँग नौ खेल खेल्यो । दोस्रो भ्रमणमा पाकिस्तानी राष्ट्रिय टिमविरुद्ध ५ खेल खेल्यो ।
पाकिस्तानीले नै ६ वर्षअघि आएर नेपाली दृष्टिविहीनलाई क्रिकेट सिकाएका थिए । त्यसैले नेपाली नेत्रहीन क्रिकेट र पाकिस्तानसँगको सम्बन्ध प्रगाढ भएको हो । पाकिस्तानीले दिएको प्रशिक्षणमा २ महिलासहित ३३ नेपाली खेलाडी थिए । महिलाको ६ र पुरुषको ४ पल्ट राष्ट्रिय प्रतियोगिता भइसकेको छ । पछिल्लोपल्टको राष्ट्रिय प्रतियोगितामा ४ सय ५० सहभागी थिए । राष्ट्रिय प्रतियोगिताबाट छानिएका खेलाडीले नै वल्र्डकपमा नेपालको प्रतिनिधित्व गर्दैछन् । पाकिस्तान गएर खेलिसकेका खेलाडी पनि टिममा छन् । त्यसैले उनीहरूको अनुभव बैंग्लोरमा काम लाग्ने आस छ ।

स्पेनिश एलेना गोमेज को हात बिकिनी फोटोशुट

Written By Unknown on Monday, October 22, 2012 | 10:14 AM

१ कात्तिक, स्पेनिश आर्टिटिस्टक जिमनास्ट एलेना गोमेजले हाल मात्र म्याक्सिम म्यागेजिनका लागी फोटोशूट गराएकी छन् । यस फोटोशूटमा उनी निकै नै स्टाइलिश देखिएकी छन् ब्ल्याक लन्जरीमा एलेना निकै आकर्षक देखिएकी छन् ।


उनै एलेना जोमेजका म्याक्सिम म्यागेजिनका लागि गरिएका फोटोसुटका केही तश्विरहरू हेरौं ।

यसरी नांगिएर नायीकाले लगाइन आगो..(फोटो फिचर)

बेलायतकी चर्चित टेलिभिजन नायीका लुइस थोम्सन चर्चाको शिखरमा छिन्। उनको चर्चा भने उनले एक म्यागेजिनको लागि टपलेस तस्विर खिचाएपछि चुलिएको हो। निकै नै सुन्दर शरिरकी धनि लुइसको सेक्स अपिल यति जबरजस्त रहेको छ की हेर्नेको हरुको मुखमा पानी आउँछ ।चेल्सी सिरिजबाट हिट भएकी लुइसले लोडेड नामक म्यागेजिनको लागी यी सुपर हट तस्विरहरु खिचाएकी हुन्
हेरौ लुइसका हट तस्विरहरु..


पोर्न स्टारले सेक्स सीनका लागी कण्डोम मागिन !

फेमस पोर्न स्टार अरोरा स्नोले एडल्ट मूभी इन्डस्ट्रीलाइ आश्चर्यमा पार्ने अभिव्यक्ति दिएकी छन् । उनले यस इन्डस्ट्रीजमा युवतीहरूको कुरा नसुनिने गरेको बताएकी छन् । यसका साथै स्नोले फिल्मको सुटिङ गर्दा पोर्न स्टार्सहरूले कन्डोम प्रयोग गर्ने सल्लाह पनि दिएकी छन् ।लस एन्जलस काउन्टीले पोर्न स्टार्सका लागी कण्डोम लगाउन अनिवार्य गरेको छ । यति हुँदाहुँदै पनि अहिले यो नियमको पालना नभएको बताइएको छ ।३१ बर्षकी स्नोले भनिन, कण्डोमको प्रयोगले इन्डस्ट्रीले सुरक्षित सेक्सलाइ बढावा दिनका लागी मद्दत गर्न सक्दछ ।
 उनका अनुसार कयौं पटक यस्तो सेक्स सीन आउँदछ, जहां कण्डोमले यस मजालाइ खल्लो बनाइदिन्छ । तर यो कदम फिल्मको शूटिङको अन्तमा पोर्न स्टारलाइ कुनैपनि रोगहरूबाट सुरक्षित रख्ने काममा मद्दत गर्द्छ ।साथै उनले अहिले सम्म आफुले गरेका ६०० भन्दा धेरै सेक्स सीन बिना कण्डोम दिएको कुराको खुलासा पनि गरेकी छन्, तर पर्सनल लाइफमा बिना कण्डोम सेक्स नगर्ने उनले बताइन् ।

स्नोका अनुसार पोर्न फिल्म इन्डस्ट्रीमा एडल्ट एक्टरहरूले एड्स तथा कयौं अन्य गम्भीर प्रकारका सेक्स सम्बन्धी रोगहरूसंग जुध्नु पर्दछ । यसो हुँदा हुँदै पनि फर्मले बिना कुनै टेस्ट पोर्न एक्टरहरू सेक्स सीन गर्नका लागी बाध्य हुने गर्दछन् । पोर्न स्टारहरूले यसका लागी कडा सुरक्षा कोडका साथ काम गर्नुपर्ने उनी बताउँछिन् ।यदि कसैले यस कुराको बारेमा विरोध गर्यो भने उक्त पोर्न एक्टर वा एक्ट्रेसलाइ यस फिल्मबाटनै निकालिन्छ । स्नोका अनुसार जसरी बाइक चलाउँदा हेलमेट लगाइन्छ, तर यो भद्दा हुन्छ, तर पनि लगाउनै पर्दछ । यसको फाइदा त एक्सिडेन्टका बेला मात्र थाहा हुन्छ ।त्यसैगरि पोर्न इन्डस्ट्रीमा कण्डोमले बाइक चलाउँदा लगाउने हेलमेट जस्तै काम गर्ने गर्दछ ।

News Headlines

More Post »
Powered by Blogger.
 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved