घर भाडामा लिँदा घरबेटीलाई भनेर मुख्य गेटको लक -तालाचाबी) बदल्नुपर्छ । यदि पहिले बस्नेसँग गेटको साँचो भए पनि उसले त्यो गेट खोल्न सक्दैन ।
घरको ढोका बलियो र गुणस्तरीय हुनुपर्छ । किनभने भाडामा दिने धेरैजसो घरको ढोका बलियो हुँदैन । ढोकामा किहोल हुनुपर्छ, ताकि ढोका खोल्नुअघि बाहिर को छ भनेर हेर्न सकियोस् । अपरिचित र शंकास्पद व्यक्तिका लागि बिनासोधपुछ ढोका खोल्नुहँुदैन । कुनै युवतीलाई अगाडि सारेर वा त्यस्तो भेषमा पनि अपराधीहरू घरमा आउन सक्छन् ।
बहुमुल्य सामग्री भाडाको होस् वा आफ्नै घरमा नराख्नु नै राम्रो हुन्छ । ज्वेलरी, पैसा तथा अन्य बहुमुल्य वस्तु बैंकमा राख्नुपर्छ । घरमा बहुमुल्य सामग्री राख्नु निकै जोखिमपूर्ण हुन्छ ।
यदि कुनै पनि संघ-संस्थाको कार्यालय आफूले डेरा गरी बस्ने घरमा छ भने विशेष सचेत रहनुपर्छ । त्यसैको सहारामा चोर आफ्नो घरमा आउन सक्छ ।
घरबाहिर निस्कँदा बिजुली बालेर छोड्नुपर्छ, जसले घरमा मान्छे भएको संकेत दिन्छ ।
डेराको घरमा आफूअनुकूल धेरै कुरा परिवर्तन गर्न सकिँदैन, तर एउटा कुकुर पाल्न सकिन्छ, जसले आफू र आफ्नो घरको सुरक्षामा सहयोग गर्छ ।
घरमा आफ्नो सुरक्षाका लागि कुनै हतियार राख्न सकिन्छ । त्यस्तै परिस्थिति आइपरे उक्त हतियार काम लाग्न सक्छ ।
दुई-चार वा केही दिनका लागि बाहिर जाने हो भने घरको दराज वा ढोकाको लक राम्रोसँग लगाएर मात्र जानुपर्छ ।
बाहिर जानुअघि छिमेकी वा घरधनीलाई खबर गर्नुपर्छ ।
सेक्युरिटी डिभाइस
बजारमा सुरक्षासम्बन्धी विभिन्न सामग्री उपलब्ध छन् जसको प्रयोगबाट यस किसिमका चोरी-डकैती आदिबाट आफ्नो घरपरिवारलाई सुरक्षित गर्न सकिन्छ । कुनै-कुनै सामग्री धेरै मूल्यको पनि हुनसक्छ, तर डेरामा बस्नेले कम मूल्यका सामग्री खरिद गर्नुपर्छ ।
अलार्म सिस्टम
अलार्म सिस्टम घरको मुख्य ढोकामा लगाउनुपर्छ । अलार्म सिस्टममा कन्ट्रोल प्यानल, किप्याड तथा साइरन सिस्टम हुन्छ र यसमा लक तथा ब्रेक सेन्सर लगाइएको हुन्छ । मनिटरमा जसरी अलार्म बज्छ, त्यसरी नै मनिटर गर्ने कम्पनीलाई अलर्ट म्यासेज जान्छ र उसले तुरुन्तै पुलिस वा अरू सहायताका लागि फोन गर्न सक्छ । बिनामनिटरको अलार्ममा पनि अलार्म बज्छ, जसले गर्दा आसपासमा आवाज सुन्नेहरू सहायताका लागि आउन सक्छन् ।
सिसिटिभी क्यामेरा
घरको सुरक्षामा सिसिटिभी क्यामेरा निकै भरपर्दो र उपयोगी हुन्छ । सिसिटिभीको महत्वपूर्ण पक्ष के हो भने घरमा पस्ने हरेकको तस्बिर यसमा रेकर्ड हुन्छ । यो क्यामेरा अघि पर्ने व्यक्तिले गर्ने हरेक गविविधि यसमा कैद भैरहेको हुन्छ । सिसिटिभी क्यामेरा धेरैजसो सपिङ मल, कर्पोरेट विल्डिङ, मल्टिप्लेसदेखि सामान्य पसलहरूमा समेत राखिएको हुन्छ । अहिले विद्यार्थी तथा शिक्षकको गतिविधिमाथि निगरानी राख्न कलेजका कक्षाकोठामा समेत सिसिटिभी राख्ने चलन वढ्दो छ ।
डिजिटल सेफ लकर
भाडामा दिन बनाइएको घरमा अरू कुरा राम्रै भए पनि ढोका वा दराजको लकजस्ता कुरामा खासै खर्च गरिएको हँुदैन । यसमा सस्तो वा कामचलाउ सामग्री जडान गरिएको हुन्छ, जुन चोरका लागि सहज बन्छ । अहिले बजारमा विभिन्न किसिमका लक उपलब्ध छन् । यसमा डेडबोल्ट सबैभन्दा राम्रो मानिन्छ । यो मुख्य रूपमा दुई किसिमको हुन्छ, सिंगल सिलिन्डर र डबल सिलिन्डर ।
आईपी क्यामेरा
यसलाई नेटवर्क आईपी सेक्युरिटी पनि भनिन्छ । यो सानो घरमा भन्दा पनि ठूलो घर, सपिङ कम्प्लेक्स आदिमा बढी उपयोगी हुन्छ । यसलाई कम्प्युटरसँग कनेक्ट गरिन्छ । यो क्यामेरामा आफ्नो आईपी ठेगाना पनि हुन्छ जसले कम्प्युटरको अगाडि बसेर पूरै विल्डिङको निगरानी गर्न सकिन्छ ।
मोसन सेन्सर डिटेक्टर
धेरैजसोले यसलाई अलार्म सिस्टमको विकल्पका रूपमा प्रयोग गर्छन् । यसले दुई किसिमको काम गर्छ । एक त उज्यालो दिन्छ भने अर्को यसले अलार्म सिस्टमकै जस्तो काम गर्छ । बिजुलीको बचतमा समेत मोसन सेन्सर लाभदायक हुन्छ । यो आफ्नो अलग-अलग टेक्नोलोजीका कारण बजारमा भिन्न-भिन्न मूल्यमा उपलब्ध हुन्छ ।
भिडियो डुवर फोन
खासगरी यो अडियो-भिडियो डुवर इन्ट्री सिस्टम हो । यसमा अलार्म पनि जोड्न सकिन्छ । यसमा एउटा क्यामेरा र घन्टी हुन्छ । यो मुख्य गेटभन्दा बाहिर हुन्छ । यसले गेटवाट ओहोर-दोहोर गर्ने व्यक्तिको भिडियो र आवाज रेकर्ड गर्छ ।
डुवर लक
सुरक्षाका लागि डुवर लक निकै भरपर्दो साधन हो । यो दुई किसिमको हुन्छ, कार्ड सिस्टम र कोड सिस्टम । यसअन्तर्गत घरका सदस्य वा घरभित्र प्रवेश गर्ने व्यक्तिले आफ्नो कार्ड देखाएपछि मात्र ढोकाको लक खुल्छ । त्यसैगरी परिवारका सदस्यहरूले बनाएको कोर्ड नम्बर प्रयोग गरेपछि ढोका खुल्छ ।

No comments:
Post a Comment