चलचित्रको रिलिज समय नजिकिँदै गर्दा चलचित्र भित्रका कलाकारहरुले प्रोमोशनमा वास्ता नगरिदिँदा निर्माताहरु मारमा पर्ने गरेका छन् ।
यस्तै समस्याबाट पीडित छ चलचित्र 'चन्द्रावती'को युनिट । ऐतिहासिक कथावस्तुमा आधारित भनिएको चलचित्र चन्द्रावती मंसिर ८ गतेबाट देशव्यापी रिलिज हुनेछ । तर चन्द्रावतीका कलाकारहरु सम्पर्क बाहिर भइदिँदा निर्माण युनिट तनावमा परेको हो ।
चलचित्र चन्द्रावती भित्र राजेश हमाल, युना उप्रेती, कुशल थापा, शशी खड्का, आयुष रिजाल लगायतको अभिनय रहेको छ । अहिले राजेश र युना अमेरिकामा छन् भने शशी खड्का पनि नेपालमा नरहेको निर्माणपक्षले जनाएको छ ।
सिनेमा चन्द्रावतीलाई निर्माता संजय बुलुनले निर्माण गरेका हुन् भने निर्देशक राजु गिरीले निर्देशन गरेका हुन् ।



No comments:
Post a Comment