Headlines News :
Home » » पूर्व व्याइफ्रेन्डसँग मनिषा कोइराला रक्सीले मातिइन

पूर्व व्याइफ्रेन्डसँग मनिषा कोइराला रक्सीले मातिइन

Written By Unknown on Friday, November 2, 2012 | 10:51 AM


एजेन्सी। भारतीय चलचित्रमा कुनै जमानामा प्रसिद्धी कमाएकी नायिका मनीषा कोइराला हालै भारतको मुम्बइमा रक्सी खाएर मातिएको हालतमा फेला परेकी छन्। नेपाली व्याङकर सम्राट दाहालसँग बिवाह गरेकी मनीषा आफ्नो पूर्व ब्याइफ्रेन्ड प्रशान्त चौधरीको मुम्बइको वर्सोवामा खोलेको नयाँ रेस्टुरेन्टको उद्घाटन गर्न गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
रेस्टुरेन्टको उद्घाटनको केहि घण्टा पछि बाहिरिएकी मनिषा नसाको सुरमा रहेकी थिइन। बताइए अनुसार उनी ठीकसँग हिड्न पनि नसक्ने हालतमा थिइन। उनका निकटका केहि व्यक्तिले उनलाई घरसम्म छोड्न जानुपरेको थियो। भारतीय सञ्चारमाध्यमले मनीषाको उनको पतिसँग सम्वन्ध राम्रो हुन नसक्दा उनी परेशान देखिएकी बताएका छन्।
करिव दुई वर्ष अघि उनको सम्राट दाहालसँग बिवाह भएको थियो। रक्सीको नसामा धेरैपटक करियरलाई दाउमा लगाएकी उनलाई सञ्चार माध्यमले फेरि एकपटक नसाको हालतमा फेला पारेका थिए। हालै मनीषा कोइरालाले मुम्बईको आफ्नो घरमा साथीहरुलाई दिएको एक पार्टीमा पतिसँग अलग रहेको घोषणा गरेकी थिइन। विवाहको केहि समयपछि नै अलग अलग बस्दै आएका उनीहरुको सम्वन्ध विच्छेदसम्मको कुरालाई लिएर नेपाली सञ्चारमाध्यममा पनि थुप्रै कुरा सार्वजनिक भएका थिए।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved