Headlines News :
Home » » टेलरलाई गीत चोरीको आरोप

टेलरलाई गीत चोरीको आरोप

Written By Unknown on Sunday, November 4, 2012 | 9:07 AM

लस एन्जल्स , कार्तिक १९ - हिजोआज गीत/संगीतमा पनि अश्लीलता बढी बिक्न थालेको उदाहरण पश्चिमा देशमा प्रशस्तै देख्न पाइन्छ । गीतका शब्ददेखि गायन अनि म्युजिक भिडियो बनाउँदासम्म कामुकता र अश्लीलता गीत हिट हुने गतिलो औजार बन्न थालेको छ । तर त्यस्तामा गायिका टेलर स्विफ्ट भने अपवाद मानिन्छिन् । सुन्दर गायिका स्टेजमा पनि शालीन देखिन्छिन् । र, पनि उनका गीत र गायकी सधैं चर्चामै रहन्छ । तर यतिबेला भने उनी गीत चोरीको आरोपमा चर्चामा छिन् । २२ वषर्ीया गायिका गीतहरू पनि आफैं लेख्ने गर्छिन् । हालै अमेरिकी लोक गायक म्याट नाथनसनले टि्वटर मार्फत् टेलरले आफ्ना गीत चोरेको आरोप लगाएका छन् । गायकले टि्वटरमा लेखेका थिए, 'मलाई थाहा छ, उनी मेरा गीतको फ्यान पनि हुन् । उनी मेरा काम असाध्यै मन पराउँछिन् त्यसैले मेरै गीतहरू लिन लोभिएकी हुन सक्छिन् ।' टि्वट गरेपछि गायकले आफ्नो स्टाटस हटाएका थिए । तर त्यसैमा उनले लेखेका थिए, 'उनी निश्चय नै मेरी फ्यान हुनुपर्छ तर के गर्ने अहिले चोर निस्किइन्, उफ् ।' गायकले आफूले सन् २००३ मै गाएको गीत 'आई स' लाई गायिका टेलरले चोरेको आरोप लगाएका हुन् । उनले टेलरले सन् २०१२ मा गाएको 'अल टु वेल' का शब्द र आशय आफ्नो गीतसँग मिल्ने दाबी पनि गरेका छन् । अनलाइन पत्रिकाहरूले यतिबेला दुवैका गीतलाई राखिदिएका छन् । जसमा केही पंक्ति मिल्ने पनि देखिएको छ । तर यस बारेमा गायिकाले भने कुनै आधिकारिक धारणा दिइसकेकी छैनन् । त्यसो त टेलर कन्सर्टका क्रममा म्याटका गीतलाई हातमा लेखेर जाने गरेको पनि समाचारहरूमा उल्लेख गरिएको छ । ६ ग्रामी अवार्ड जितिसकेकी टेलर यतिबेला 'स्पिक नाउ' वल्र्ड टुरमा छिन् । कोनर केनेडीसँग डेटिङमा रमाइरहेकी टेलरको पछिल्लो एल्बम 'रेड' ले १.२१ मिलियन डलरको ओपनिङ व्यापार गर्दै दशककै सबैभन्दा बढी कमाइ गर्ने एल्बममा दरिएको थियो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved