Headlines News :
Home » » राजदेवी मन्दिरमा महिलालाई प्रवेश निषेध

राजदेवी मन्दिरमा महिलालाई प्रवेश निषेध

Written By Unknown on Monday, October 22, 2012 | 8:09 PM

बडादशैंको सुरुबातसँगै जनकपुरमा रहेको राजदेवी मन्दिरमा महिलाहरुलाई प्रवेश गर्न निषेध गरिएको छ । देशभरका विभिन्न मठमन्त्रीर तथा शक्तिपीठमा भत्तजनको घुइचो लागेपनि राजदेवी मन्दिरमा भने घटस्थापनाकै दिनदेखि कोजाग्रत पूणिर्मासम्म महिलालाई राजदेवीको दर्शन गर्न निषेध गरिएको छ ।




परम्परागत रुपमा उक्त मन्दिरमा महिलाको प्रवेशलाई रोक लगाईएको स्थानियबासीको भनाई छ । त्रेतायुगमा राजा जनकको कुलदेवीको रूपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको राम मन्दिरका पुजारी राम गिरीले बताउनुभयो ।
रजस्वला भएका महिला पनि पूजाको लागि आउने गरेकाले मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको पुजारीको भनाइ छ । तर, मन्दिर प्रबेश निषेध गरेर महिलामाथिको विभेद गरेको भन्दै जनकपुरवासीले छुवाछूतको अन्त्य गर्नु पर्ने माग गरेका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved