Headlines News :
Home » » यात्रुलाई रोक्दै प्रहरीले नै गर्यो सडक जाम

यात्रुलाई रोक्दै प्रहरीले नै गर्यो सडक जाम

Written By Unknown on Monday, October 22, 2012 | 8:08 PM

प्रहरी आफैँले चक्काजाम गरेको सुन्नुभएको छ ? सायद सुरक्षाकर्मीले जाम गरेको घटना विरलै होला ।
दशैंमा घर जाने यात्रु प्रहरीबाट घन्टौं रोकिनुपर्दाको पीडा कस्तो होला ? चाडको बेला त्रिशुलीको किनारको मुग्लिङ सडकमा सवारीको ताँती हुन्छ । 
यो ताँती एकैछिन रोकियो भने कत्रो जाम होला ? यो सडकमा शनिबार चितवनका एक प्रहरी असईले यस्तै विचित्रको चरित्र प्रदर्शन गरे । जुगेडी चौकीका प्रहरी असई सुरेश विकले रिसको झोंकमा नारायणगढ मुग्लिङ सडक जाम गरिएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
उक्त सडकमा एक सवारीले कुखुरालाई किचेर मारेपछि उनले सवै गाडी रोकेर यात्रुलाई गाडीबाट ओरालेर एक एक गर्दै सोध्न थाले-’तपाईले देख्नुभयो, कुखुरा कसले किचेको हो ?’ व्यस्त सडकमा एकैछिन गाडी रोकिँदा भएको जामले धेरै बेर यात्रुले शास्ति वेहोर्नु परेको थियो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved