Headlines News :
Home » » घनचक्कर' देखि डराइन् विद्या बालन

घनचक्कर' देखि डराइन् विद्या बालन

Written By Unknown on Wednesday, October 31, 2012 | 12:55 AM


बलिउड अभिनेत्री विद्या बालन चलचित्रमाआफूले निभाएको भूमिकाको कारण छोटो समयमा नै चर्चामा आउन सफल भइन् । 'डर्टी पिक्चर' र 'कहानी' जस्तो फिल्ममा नौलोपल दिइसकेकी विद्या बालनले हास्य फिल्ममा अभिनय गरेकी छिन् ।

उनको पहिलो हास्य फिल्म 'घनचक्कर' को हो । यस फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन् । जसमा ३४ वर्षीय विद्याको साथमा इमरान हाशमी देखिनेछन् । घनचक्कर आफ्नो पहिलो कमेडी फिल्म भएकोले आफू निकै नरवस भएको विद्याले बताएकी छिन् ।

आफ्नो दर्शकको हँसाउन सक्छु कि सक्दिन भन्ने कुराको निकै चिन्ता परेको विद्याले बताएकी छिन् । फिल्म घनचक्करको अहिले सुटिङ चलिरहेको छ । सीआईआईको मिडिया तथा मनोरञ्जन समिट, २०१२ मा सहभागि भएकी विद्याले कहानी र डर्टी पिक्चरको सफलताको अनुमानले पनि घनचक्करलाई दर्शकले रुचाउने विद्याको विश्वास छ । 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved