Headlines News :
Home » » बाह्रसिंहेको रगतले सेक्स पावर बढाउने

बाह्रसिंहेको रगतले सेक्स पावर बढाउने

Written By Unknown on Tuesday, October 30, 2012 | 1:42 AM

सर्प, छेपारो, माछा, बाँदर, कुकुरको मासु खाने विषयमा बहस हुने चीनमा फेरि अर्को नयाँ जनावरको मासु र रगत खाने विषयले चर्चा पाएको छ । यतिबेला चिनियाँको निशानामा बाह्रसिंहे परेको छ ।

चीनको नानजिंग प्रान्तका एक किसानले सार्वजनिक गरेको तस्वीरमा त्यहाँका मानिसले निर्ममता पूर्वक बाह्रसिंहेलाई पक्रिएर उसको सिङ् एउटा आरीको सहायताले काटेका छन् । उक्त सिङ्बाट आएको रगत तँछाड मछाड गर्दै पिएका छन् । उनीहरुले खुन पिउँदा सेक्स पावर बढ्ने र स्वास्थ्य पनि मजबुद हुने दाबी गरेका छन् । पछिल्लो समय चीनका ग्रामिण भेगमा बाह्रसिंहेलाई पक्रेर सिङ्को रगत पिउने परम्परा जस्तै बनेको छ ।
त्यहाँका महिला, पुरुष, युवा तथा बुढाबुढीले पनि ताजा खुन पिउन हत्ते गर्ने गरेका छन् । गाउँलेले पक्रेकको बाह्रसिंहेलाई समातेर सबै मानिसको अगाडी उसको सिङ्मा काट्दै त्यहाँबाट आएको रगत एक भाँडोमा जम्मा गर्छन् । विचरा त्यो जनावर छटपटाउँदा छटपटाउँदै ज्यान गुमाउन बाध्य हुने गरेकोछ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved