Headlines News :
Home » » ब्रेक फेल भई ट्रक घरमा ठोक्कियो, घरधनीको मृत्यु

ब्रेक फेल भई ट्रक घरमा ठोक्कियो, घरधनीको मृत्यु

Written By Unknown on Monday, October 22, 2012 | 8:20 PM

काठमाडौँ, कात्तिक  ७- वीरेन्द्रनगर नगरपालिका-७ स्थित एक घरमा लु.१ ख ५१४६ नम्बरको ट्रक आज दिउँसो पौने २ बजे एक्कासी ब्रेक फेल भई ठोक्किँदा घरधनीको मृत्यु भएको छ।

ट्रक ठोक्किएपछि घर भत्किँदा घरधनी इत्राम-७ स्थायी ठेगाना भएका ४५ वर्षीय रामसुन्दर दाहाल घाइते भएका थिए। उनलाई क्षेत्रीय अस्पताल सुर्खेत लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा गोगनपानी-८ बस्ने १९ वर्षीय तिलकप्रसाद रिजाल र ट्रक चालक सहित ५ जना घाइते भएकोले उपचारको लागि क्षेत्रीय अस्पताल सुर्खेत लगिएको छ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved